स्थानीय तहबाटै प्यान कार्ड जारी
TNV News Update

स्थानीय तहबाटै प्यान कार्ड जारी

गोरखा, २४ पुस । हिमालपारिको चुमनुब्री गाउँपालिकाले गण्डकी प्रदेशमै पहिलोपटक स्थायी लेखा नम्बर (प्यान) दिन सुरू गरेको छ । गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये आफूहरुले पहिलोपटक स्थायी लेखा नम्बर दिन सुरू गरेको सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताउनुभयो । सरकारले गोरखालगायत विभिन्न ३८ जिल्लाका कर सेवा कार्यालय खारेज...
नेपाल र कोरियाबीच सम्बन्धका एक वर्ष
TNV News Update

नेपाल र कोरियाबीच सम्बन्धका एक वर्ष

काठमाडौँ, २४ पुस । नेपाल र कोरियाबीच औपचारिक सम्बन्ध सन् १९७४ मे १५ मा स्थापना भएको थियो । कोरियाको राजधानी सोलमा नेपालको दूतावास सन् २००७ मा स्थापना गरिएको थियो । कोरिया र नेपालको सम्बन्ध गहिरो रहेको छ । कोरियाको लुम्बिनीसँग भावनात्मक र धार्मिक सम्बन्ध रहेको मात्र होइन, दुई देशबीच सामाजिक,...
जेनजी आन्दोलनका सहिद : माल्टा जाने तयारीमा हुनुहुन्थ्यो योगबहादुर
TNV News Update

जेनजी आन्दोलनका सहिद : माल्टा जाने तयारीमा हुनुहुन्थ्यो योगबहादुर

रुपक पुरी चौतारा, २४ पुस । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ का २२ वर्षीय योगबहादुर श्रेष्ठ गाउँमै उच्च माध्यमिक तहको अध्ययन सकेर तीन वर्षअघि आत्मनिर्भर बन्ने सिलसिलामा काठमाडौँ जानुभएको थियो । स्नातक तहमा अध्ययनरत श्रेष्ठ पछिल्लो समय माल्टा जाने तयारी गर्दै हुनुहुन्थ्यो । योगबहादुरका दाजु रामकृष्ण श्रेष्ठ अभिभावकका रुपमा प्रत्येक दिनजसो भाइलाई...
गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सुरू
TNV News Update

गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सुरू

स्याङ्जा, २४ पुस । स्याङ्जाको गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सुरू गरिएको छ । नागरिकलाई शारीरिक, मानसिक र आध्यात्मिकरुपमा स्वस्थ एवम् सबल बनाउन नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएसँगै सेवा पनि सुरू गरिएको हो । ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने नारालाई आत्मसात गर्दै आयुर्वेद चिकित्सालाई स्थानीयस्तरसम्म पुर्‍याउने लक्ष्यकासाथ सेवा...
सडक नभएको छेकम्पारमा गुड्छन् स्कुटर र ट्याक्टर
TNV News Update

सडक नभएको छेकम्पारमा गुड्छन् स्कुटर र ट्याक्टर

प्रतीक्षा आले गोरखा, २३ पुस । केही दिनका लागि चीन सरकारले छेकम्पारमा पर्ने मुलाढाज्यान नाका खुल्ला गर्‍यो । एक वर्षदेखि बन्द रहेको नाका खुल्ला हुनासाथ छेकम्पारका बासिन्दा सरसामान किन्न तिब्बती बजार स्याक पुगे । त्यही टोलीमा हुनुहुन्थ्यो छेकम गाउँका दोर्जे लामा । त्यहाँ उहाँले तिब्बती गाउँबस्तीका बासिन्दाको दिनचर्या नियाल्नुभयोे ।...
आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने
TNV News Update

आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

काठमाडौँ, २४ पुस । नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भइ राष्ट्रपतिबाटसमेत स्वीकृत भइसकेकाले सोहीअनुसार फौज परिचालन हुने जानकारी दिनुभयो ।...
आर्थिक उपार्जनको माध्यम बन्दै कफीखेती
TNV News Update

आर्थिक उपार्जनको माध्यम बन्दै कफीखेती

धुलिखेल, २४ पुस । काभ्रेपलाञ्चोक जिल्लाको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ कोलटार लामाडाँडाका सिकान शङ्खलाल थोकर विदेशबाट फर्केपछि कफीखेती गर्दै आउनुभएको छ । उहाँसँगै गाउँका अरु किसानले पनि कफीखेतीलाई आर्थिक उपाजर्नको माध्यम बनाएका छन् । अहिले कफीको दाना टिप्ने मौसममा डाँडैभरि कफीको बगैँचाका बोटभरि लटरम्म फलेका फलले बोट लर्केको देख्न पाइन्छ ।...
एक लाख ३९ हजार निर्वाचन प्रहरीको भर्ना खुला
TNV News Update

एक लाख ३९ हजार निर्वाचन प्रहरीको भर्ना खुला

काठमाडौँ, २४ पुस । नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी (म्यादी)को भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै इच्छुक योग्यता पुगेका उम्मेदवारलाई भर्ना प्रक्रियामा सहभागी हुन सूचित गरेको हो । निर्वाचन प्रहरीका लागि यही पुस २५...
निःशुल्क शिविर : २३२ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया
TNV News Update

निःशुल्क शिविर : २३२ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया

सर्लाही, २४ पुस । सर्लाहीको बागमतीमा सम्पन्न निःशुल्क शिविरमा २३२ जनाको मोतिया बिन्दुको सफल शल्यक्रिया गरिएको छ । गत सोमबारदेखि बागमती नगरपालिका–१२, स्थित तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र, बागमतीमा शिविर सुरु भएको थियो । शिविरमा सहभागी मोतिया बिन्दु भएका २३२ जनाको शल्यक्रिया गरी आँखाको ज्योति फर्काइएको हो । शिविरको पहिलो...