बाँकेमा चिसोले मर्न थाले मौरी
नेपालगञ्ज, २६ पुस । मह उत्पादनका लागि पालिएका मौरी चिसोका कारण मर्न थालेका छन् । तराईमा चलेको शीतलहरका कारण बाँकेका किसानले पालेका मौरी मर्न थालेका हुन् । नेपाल मौरीपालक महासङ्घ, बाँकेका अध्यक्ष एवम् मौरी पालक किसान पुरमल बस्नेतको घारमा रहेका मौरीमध्ये करिब दुई प्रतिशत मरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,...
खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्वारा नेपालमै पहिलो पटक ‘अन्न एटिएम’ सञ्चालन
काठमाडौँ, २६ पुस । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले नेपालमै पहिलो पटक ‘अन्न एटिएम’ भित्र्याएको छ । भारत सरकारको सहयोगमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) मार्फत प्राप्त उक्त प्रविधि हाल परीक्षण चरणमा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । खाद्य कम्पनीकी प्रादेशिक प्रमुख धर्म कुमारी राजवंशीका अनुसार उपभोक्तालाई सहज, पारदर्शी र...
थारु बस्तीमा बढ्यो माघीको चहलपल
कञ्चनपुर, २६ पुस । थारु समुदायको नयाँ वर्ष तथा सबैभन्दा ठुलो सांस्कृतिक पर्व माघी नजिकिँदै गर्दा कञ्चनपुरका बस्तीहरूमा चहलपहल निकै बढेको छ । माघीको आगमनसँगै थारु गाउँहरूमा बिहानदेखि साँझसम्म पुरुष र महिला दुवैको व्यस्तता बढेको छ । कसैले दाउरा जोहो गरिरहेका छन् भने कसैले वनबाट साल र मालुका पात सङ्कलन...
आज तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने
काठमाडौँ, २६ पुस । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । हाल मौसमको कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
महाकालीको बगरमा बालुवा छानेर जीविका चलाउने दम्पतीहरू
महेन्द्रनगर, २६ पुस । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ जाइँका ५६ वर्षीय भजौरा चौधरी महाकाली नदीको बगरमा श्रीमतीसहित बालुवा छानिरहेको अवस्थामा भेटिनुभयो । गत मङ्सिर दोस्रो साता कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ महाकाली नदीको बगरमै झोपडी बनाएर आश्रय लिइरहेका चौधरी दम्पतीको काम दिनभर बालुवा र गिट्टी छान्ने हो । हरेक वर्ष हिउँदका बेला छ...
बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट
काठमाडौँ, २५ पुस । विश्व प्रतिष्ठित फिल्म महोत्सव बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलअन्तर्गतको ‘बर्लिनाले ट्यालेन्ट’मा यो वर्ष नेपालबाट चार फिल्मकर्मी छनोट भएका छन् । एक सय २० देशबाट आवेदन परेका तीन हजार ४३८ बाट छानिएका दुई सय ट्यालेन्ट्मा नेपालबाट जानकी कडायत, रामकृष्ण पोख्रेल, निमागेलु शेर्पा र रीना मोक्तान छनोट हुनुभएको छ...
निर्वाचन ५४ दिन बाँकी : माघ ३ गतेदेखि आचारसंहिता लागु हुँदै
काठमाडौँ २६ पुस । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका साथ आचारसंहिता लागु गर्ने अन्तिम तयारी गरेको छ । आयोगले आगामी माघ ३ गतेदेखि आचारसंहिता लागु गर्ने तयारी गरिएको जनाएको छ । आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको हालसम्म भएको प्रगतिका बारेमा प्रधानमन्त्री सुशीला...
प्रहारका बिच पनि रोकिएको छैन न्याय सम्पादन
कालिका खड्का काठमाडौँ, २५ पुस । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते राज्यका महत्त्वपूर्ण संरचनासँगै आगजनीमा परेको न्यायको सर्वोच्च निकाय सर्वोच्च अदालतका इजलासहरु अहिले पनि पालका भरमा सञ्चालित छन् । त्यस दिन रामशाहपथस्थितको ऐतिहासिक सर्वोच्च अदालत भवन मात्रै जलेन करिब २४ हजार मुद्दामध्ये २० हजार मुद्दाका मिसिल जलेर खरानी...
देश बनाउन श्रमदान आवश्यक पर्छ : अध्यक्ष राई
धरान, २५ पुस । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ)ले नीति निर्माणका साथै देश समृद्ध बनाउन श्रमदान अनिवार्य रहेको बताउनुभएको छ । आज इटहरी उपमहानगरपालिका–५ मा आयोजित पार्टीको सङ्गठन विस्तार कार्यक्रममा अध्यक्ष राई लोकतन्त्र, राष्ट्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सबै नागरिक सचेत र एकजुट...