आँखारोग विशेषज्ञ डा.सविना श्रेष्ठको एकल कला प्रदर्शन
TNV News Update

आँखारोग विशेषज्ञ डा.सविना श्रेष्ठको एकल कला प्रदर्शन

काठमाडौँ, २६ पुस । वरिष्ठ आँखारोग विशेषज्ञ डा.सविना श्रेष्ठ ‘विजुच्छे’ को एकल कला प्रदर्शन सुरू भएको छ । डा श्रेष्ठले आफ्नो प्राध्यापन र चिकित्सा पेसाका अलावा विगत एक दशकदेखि सिर्जना गरेका १२५ कलालाई आज नेपाल कला परिषद् बबरमहलमा प्रदर्शनी गरिएको हो । उक्त प्रदर्शनीको वरिष्ठ चित्रकार हरिप्रसाद शर्माले शुभारम्भ गर्नुभयो...
कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छ : प्रहरी महानिरीक्षक कार्की
TNV News Update

कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ, २६ पुस । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दान बहादुर कार्कीले कठिन परिस्थिति र ठुलो क्षतिका बाबजुद पनि नेपाल प्रहरी नागरिकको सुरक्षाका लागि निरन्तर खटिएको बताउनुभएको छ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयद्वारा आज यहाँ आयोजित सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह, २०८२ को शुभारम्भ गर्दै आइजिपी कार्कीले...
मृत भेटिएका तीनमध्ये एक जनाको सनाखत
TNV News Update

मृत भेटिएका तीनमध्ये एक जनाको सनाखत

तनहुँ, २६ पुस । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित विभिन्न ठाउँमा आज तीन वटा शव फेला परेका छन् । आज बिहान शुक्लागण्डकी–५ कसेरीघाटमा निर्माणाधीन फोहोरमैला प्रशोधन केन्द्र नजिक दुई पुरुष र एक महिलाको शव फेला परेको हो । मृतकमध्ये एक जनाको पहिचान खुलेको छ भने दुईको अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको...
रेशमखेतीको बिस्तारबाट अर्थतन्त्रमा सुधार ल्याउन सकिन्छ : मन्त्री परियार
TNV News Update

रेशमखेतीको बिस्तारबाट अर्थतन्त्रमा सुधार ल्याउन सकिन्छ : मन्त्री परियार

काठमाडौँ, २६ पुस । कृषि तथा पशुपन्छीमन्त्री डा.मदनप्रसाद परियारले रेशम उद्योगले ग्रामीण आयआर्जन तथा रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान दिने बताउनुभएको छ । ह्याण्डलुम फ्याब्रिक्स मेकर्स अफ नेपाल र रेशम विकास केन्द्रको संयुक्त आयोजनामा आज यहाँ आयोजित राष्ट्रिय रेशम सम्मेलनमा उहाँले सीप तथा उद्यम विकासमा युवाको संलग्नता, आयत प्रतिस्थापन, निर्यात प्रवर्द्धन...
दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला
TNV News Update

दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला

स्याङ्जा, २६ पुस । स्याङ्जाको भीरकोट–७ बाट यस वर्षमात्रै रु दश करोड बढीको सुन्तला बिक्री भएको छ । वडाका विभिन्न टोलमा रहेका सुन्तला बगैँचाबाट गाउँमा दश करोड रूपैयाँ बढी भित्रिएको हो । वडाभित्रका सुन्तला उत्पादक कृषकहरूसँग लिइएको तथ्याङ्कका आधारमा यस वर्षमात्रै ७ नम्बर वडाबाट दश करोड रूपैयाँ बढीको सुन्तला बिक्री...
निर्वाचन : धोका कि परिवर्तन ?
TNV News Update

निर्वाचन : धोका कि परिवर्तन ?

प्रमिला कार्की काठमाडौँ, २६ पुस । देश फेरि निर्वाचन अर्थात चुनावको माहोलमा होमिएको छ । जनताको मन भने उत्साहभन्दा बढी प्रश्नले भरिएको छ । यसपटक पनि उही अनुहार, उही कथा त दोहोरिने होइन भन्ने प्रश्न नेपालीहरुको मन मस्तिष्कमा छ । यस्तो प्रश्नको उत्तर खोज्दै अहिले राजनीतिमा केही नयाँ दलहरू पनि...
भयरहित वातावरण नभएसम्म निर्वाचन सम्भव छैन : ओली
TNV News Update

भयरहित वातावरण नभएसम्म निर्वाचन सम्भव छैन : ओली

काठमाडौँ, २६ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा लोकतन्त्र अझै सङ्कटमा रहेको बताउँदै प्रतिनिधिसभा पुनःस्थापना, सर्वपक्षीय सरकार र त्यसपछि निर्वाचन नै वर्तमान राजनीतिक सङ्क्रमणको सुरक्षित निकास भएको स्पष्ट पार्नुभएको छ । शनिबार बसेको नेकपा (एमाले) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भदौ २३–२४ मा...
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस् : सशस्त्र प्रहरी प्रवक्ता थापा
TNV News Update

निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस् : सशस्त्र प्रहरी प्रवक्ता थापा

काठमाडौँ, २६ पुस । यतिबेला मुलुक प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएको छ । नेपाल सरकार, निर्वाचन आयोग, सबै सुरक्षा निकाय, राजनीतिक दल र सरोकार भएका पक्षले निर्वाचनका लागि आफ्नातर्फबाट तयारी गरिरहेका छन् । एकीकृत सुरक्षा रणनीतिअनुसार सुरक्षाको दोस्रो घेरामा रहने सशस्त्र प्रहरी बल नेपालले पनि आफ्नो तयारीलाई तीव्रता दिएको छ ।...
काठमाडौँमा ट्राफिक सप्ताहको उद्घाटन, सडक पूर्वाधारहरु पुनःनिर्माण नभएकोप्रति चिन्ता
TNV News Update

काठमाडौँमा ट्राफिक सप्ताहको उद्घाटन, सडक पूर्वाधारहरु पुनःनिर्माण नभएकोप्रति चिन्ता

काठमाडौँ, २६ पुस । ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी आन्दोलनले क्षतिग्रस्त भएका सडक पूर्वाधारहरू अझै पूर्णरुपमा निर्माण नहुँदा पनि ट्राफिक प्रहरी उच्च मनोबलसाथ अहोरात्र सडक व्यवस्थापनमा खटिरहेको बताउनुभएको छ । दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ को समुद्घाटन कार्यक्रममा बोल्दै उहाँले आन्दोलनको क्रममा क्षतिग्रस्त...