निर्वाचन ५१ दिन बाँकी : बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
TNV News Update

निर्वाचन ५१ दिन बाँकी : बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

काठमाडौँ, २९ पुस । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् । आयोगले सोमबार बिहान १० बजेदेखि ४ बजेसम्म नाम फिर्ता लिने व्यवस्था गरेको थियो । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदै छ । समानुपातिकतर्फ बन्दसूची पेस गरेका...
सरल छविका थिए प्रशान्त
TNV News Update

सरल छविका थिए प्रशान्त

भेषराज कार्की काठमाडौँ, २८ पुस । प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीले चिनेको एउटा नाम हो । भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल’ को तेस्रो सिजनको विजेता बनेपछि उहाँको लोकप्रियता विश्वभर फैलियो । आइतबार ४२ वर्षको उमेरमा ‘कार्डियक अरेष्ट’ कारण उहाँले संसार छाड्नुभयो । आइतबार बिहानीकै समयमा उहाँबारे सुनिएको...
विश्व बजारमा नेपालको उत्पादनले गुणस्तरमा विश्वास जितेको छ : उद्योगमन्त्री सिन्हा
TNV News Update

विश्व बजारमा नेपालको उत्पादनले गुणस्तरमा विश्वास जितेको छ : उद्योगमन्त्री सिन्हा

काठमाडौँ, २८ पुस । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिल कुमार सिन्हाले विश्व बजारमा नेपालको उत्पादनले गुणस्तरमा विश्वास जित्दै आएको बताउनुभएको छ । नेपाल जर्मन चेम्बर अफ कमर्सको ३०औँ र ३१औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले नेपाल र जर्मनको व्यवसाय साझेदारीमा निरन्तरता दिँदै ‘पिपुल टु पिपुल कनेक्सन’मा जोड दिनुपर्ने बताउनुभयो ।...
आगामी निर्वाचनमार्फत परिवर्तनका आधार तयार गनुपर्छ : सञ्चारमन्त्री खरेल
TNV News Update

आगामी निर्वाचनमार्फत परिवर्तनका आधार तयार गनुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ, २८ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमार्फत परिवर्तनको आधार तयार गर्नुपर्ने बताउनुभएको छ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को २०औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले मुलुकले परिवर्तन खोजेको अवस्थामा परिवर्तनका लागि मतदान गर्न तयार हुनुपर्नेमा जोड दिनुभयो । मन्त्री...
खेलकुदको हब बन्दै इस्माको जैढुङ्गा बिपी पार्क
TNV News Update

खेलकुदको हब बन्दै इस्माको जैढुङ्गा बिपी पार्क

गुल्मी, २८ पुस । रेसुङ्गा नगरपालिकाको फोर्टिन स्टार युवा क्लबले प्रत्येक वर्ष सदरमुकाम तम्घासको चिदिचौर खेलमैदानमा जिल्लास्तरीय छात्र फुटबल प्रतियोगिता सञ्चालन गर्थ्यो । उक्त खेलमैदानमा विभिन्न जिल्लास्तरीय खेलकुदका प्रतियोगिता हुने गर्दथे । यसपटक भने तम्घासको चिदिचौर खेलमैदान निर्माणाधीन छ । त्यसले गर्दा कुनै पनि खेलकुदका कार्यक्रम सञ्चालन भएका छैनन् ।...
त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन
TNV News Update

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन

तनहुँ, २८ पुस । तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसको अवशेष आइतबार भेटिएपछि उत्खनन गरिएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले आइतबार दिनभर बसको उत्खनन गरेका थिए । आज पनि...
सरल छविका थिए प्रशान्त
TNV News Update

अल्पायुमै अस्ताए प्रशान्त…

काठमाडौँ, २८ पुस । प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीमाझ प्रसिद्ध हुनुहुन्थ्यो । भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि उहाँको लोकप्रियता विश्वभर फैलियो । उनै तामाङको आइतबार ४२ वर्षको उमेरमा हृदयघातका कारण निधन भयो । आइतबार बिहानै तामाङको निधनको खबरले दार्जिलिङवासीलगायत संसारभरका नेपालीभाषी समुदाय स्तब्ध...
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
TNV News Update

चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण

म्याग्दी, २८ पुस । अन्नपूर्ण गाउँपालिका–६ घारको देउरालीमा स्थानीयवासीले सरकारी निकायको सहयोगबिनै दृष्यावलोकन केन्द्र निर्माण गरेका छन् । भुवानी युवा परिवारले दुई वर्षअघि दिवङ्गत हुनुभएका संस्थापक सदस्य स्व कृष्णप्रसाद बरुवालको स्मृतिमा दृष्यावलोकनस्थल निर्माण गरेका हुन् । श्रमदान बाहेक करिब  दुई लाख रूपैयाँ सहयोग जुटाएर देउरालीडाँडा पुग्ने पदमार्ग, रेलिङ, विश्रामस्थल निर्माण...
पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा.कोइराला
TNV News Update

पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा.कोइराला

काठमाडौँ, २८ पुस । नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीलाई एकताबद्ध गरेर लैजानका लागि आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । आज आफूनिकट पार्टीका पदाधिकारी, जिल्ला समिति र कानुन विज्ञसँगको छलफलमा उहाँले पार्टीलाई विभाजनबाट जोगाउन आफू पार्टीका सबै पक्षसँग निरन्तर छलफल र संवादमा रहेको जानकारी दिनुभयो । “म पार्टी सभापति, कार्यवाहक...