निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन
काठमाडौँ, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित गरेर निर्वाचन आयोगले विगतमा जस्तै यस पटक पनि ‘कल सेन्टर’ स्थापना गरेको छ । आयोगको कार्यालय, कान्तिपथमा सञ्चालित कल सेन्टरबाट निर्वाचनसँग सम्बन्धित मतदाता, नागरिक र सरोकार भएकाको जिज्ञासा सुनुवाइ गरिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।...
प्रतिनिधि सभा निर्वाचन : कर्णालीमा १२ सिटका लागि १३८ जना प्रतिस्पर्धामा
सुर्खेत, ७ माघ । कर्णालीमा १२ सिटका लागि १३८ जना चुनामी मैदानमा होमिएका छन् । १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा १४ स्वतन्त्रसहित विभिन्न राजनितिक दलका १३८ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । कर्णालीमा सबैभन्दा धेरै सुर्खेतमा ३० र सबैभन्दा कम मुगुमा सात जनाको उम्मेदवारी परेको छ । दुई निर्वाचन क्षेत्र...
तोलामा दश हजार चार सयले बढ्यो सुनको मूल्य
काठमाडौँ, ७ माघ । स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुन १० हजार ४०० रूपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९५ हजार १०० रूपैयाँ त्यति नै चाँदीको मोल पाँच हजार...
धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो
जुनु भट्टराई विराटनगर, ७ माघ । माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’ शून्यजस्तै भएपछि विराटनगरका धुनिया चिन्तित छन् । जाडो सुरु भएसँगै व्यस्त हुने धुनियाहरू यो वर्ष काम नपाउँदा चिन्तित भएका हुन् । स्थानीय जनपथटोलमा अस्थायी बसोबास गर्दै आएका महमद इस्लाम विगत २३ वर्षदेखि धुनियाको काम गर्दै...
कर्णालीमा नौ जना पूर्वमन्त्री चुनावी मैदानमा, कसको पकड बलियो ?
सुर्खेत, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कर्णालीका चार प्रदेश मन्त्रीसहित नौ जना पूर्वमन्त्री चुनावी मैदानमा होमिएका छन् । १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा कर्णाली प्रदेश सरकारका चार जना मन्त्री र पाँच जना संघीय सरकारका मन्त्रीहरु छन् । पूर्वअर्थमन्त्री जनार्दन शर्मा, पूर्वगृहमन्त्री शक्ति बहादुर बस्नेत,...
लगातार दुई आर्थिक वर्ष बजेट ल्याउन नपाएका ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा
हेमन्त जोशी काठमाडौँ, ७ माघ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सिटका लागि मङ्गलबार मनोनयन दर्ता भइसकेको छ । ती पदका लागि देशभरबाट तीन हजार ४०० भन्दा बढी व्यक्तिले उम्मेदवारी दिएका छन् । विभिन्न राजनीतिक दलको चुनाव चिह्नमा निर्वाचन लड्नेदेखि स्वतन्त्र उम्मेदवारी दिने र...
देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने
काठमाडौँ, ७ माघ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने जनाइएको छ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ...
अध्यक्ष ओलीद्वारा मनोनयन दर्ता
झापा, ६ माघ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ । निर्वाचन अधिकृतको कार्यालय पुगेर अध्यक्ष ओलीले आज मनोनयन दर्ता गराउनुभएको हो । मनोनयन दर्तापश्चात् सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै निर्वाचनमा आफ्नो प्रतिस्पर्धी नरहेको बताउनुभयो ।...
भक्तपुर–२ मा शोभा पाठकको उम्मेदवारी
काठमाडौँ, ६ माघ । नेपाल जनादेश पार्टीकी उम्मेदवार शोभा पाठकले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराउनुभएको छ । मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर पाठकले उम्मेदवारी दर्ता गराउनुभएको हो । उम्मेदवारी दर्ता पश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारका निकायहरुले अन्यायको आवाज नसुनेपछि अब सदनमै गएर आफ्नो आवाज उठाउनका...