राससकर्मी जिएमलाई हरिजमुना पत्रकारिता पुरस्कार
बाँके, १० माघ । बाँकेबाट राष्ट्रिय समाचार समिति (रासस)का निम्ति स्थानीय समाचारदाताका रूपमा क्रियाशील रुपनी जिएमलाई यस वर्षको हरिजमुना पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । आज यहाँ आयोजित एक कार्यक्रमा स्वतन्त्र पत्रकार सङ्घले पाँच हजार १५१ रूपैयाँ राशिको उक्त पुरस्कार उहाँलाई प्रदान गरेको हो । पत्रकार जिएमसँगै त्यति नै राशिको...
हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित
बैतडी, १० माघ । भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएका छन् । बैतडीको नारखोली, खोडपे, श्रीभावर, सतबाँझ, देहिमाडौँ क्षेत्रमा हिमपात हुँदा दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग गए राति देखिनै अवरुद्ध रहेका हुन् । रातिदेखि नै राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा ठप्प रहेको बैतडीका प्रहरी...
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
रुकुम पूर्व, १० माघ । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । लोकमार्ग अवरुद्ध हुँदा सवारीसाधन वारपार गर्न सकिरहेका छैनन् । यस खण्डमा काठमाडौँबाट छुटेका बसहरू फसेको भन्ने खबर आएसँगै इलाका...
विद्यालय शिक्षा ऐन नआएसम्म शिक्षकका माग सम्बोधन हुँदैन : लक्ष्मी किशोर सुवेदी [भिडिओ]
आकाङ्क्षा धामी काठमाडौँ, १० । हरेक वर्ष जनवरी २४ मा मनाइने अन्तर्राष्ट्रिय शिक्षा दिवसले विश्वभर शिक्षाको महत्त्व, पहुँच र गुणस्तरमाथि बहस चलाउँछ । नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै गर्दा शिक्षा क्षेत्रका पुराना घाउहरू फेरि एकपटक सतहमा आएका छन् । ती घाउहरूमा सबैभन्दा गहिरो पीडा शिक्षक र शिक्षा...
सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल
काठमाडौँ, ९ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा कायम गरी मुलुक र जनताको सर्वोत्तम हितका लागि काम गर्नु रहेको बताउनुभएको छ । २५औँ सशस्त्र प्रहरी दिवसका अवसरमा आज सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय कार्यालय हलचोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले उच्च व्यावसयिक सीप, क्षमता...
‘भगवान् बेचेरै परिवार पालेँ, पाप हो या पुण्य थाहा छैन’
जुनु भट्टराई विराटनगर, ९ माघ । चाउरी परेका गाला, निधारभरि उमेरका रेखा तर अनुहारमा कहिल्यै नओइलाउने मीठो मुस्कान । उमेरले आठ दशक नाघ्नै लागे पनि जोस र आत्मविश्वास भने अझै जवान छ । विराटनगर–बरगाछीस्थित जय माँ काली मूर्तिकला केन्द्रभित्र पस्ने जो–कोहीलाई पहिलो नजरमै लाग्छ- यो कुनै थाकेको वृद्धको संसार होइन,...
काङ्ग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले आफूहरूले समयानुसार कांग्रेस बदलेको र अब देश बदल्ने प्रतिबद्धता गर्नुभएको छ । केन्द्रीय कार्यालयमा आज पद बहाल गरेपछि उहाँले ‘बदल्यौँ काङ्ग्रेस, बदल्छौँ देश’ प्रतिबद्धता जनाउनुभएको हो । “यही सङ्कल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दै छौँ, हामी । हाम्रो केवल एक ध्येय छ– देशको समुन्नति,”...
एक तोला सुनको मूल्य तीन लाख एक हजारमाथि
काठमाडौँ, ९ माघ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुन रु नौ हजार २०० रूपैयाँ र चाँदी ३२० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख एक हजार ४०० रूपैयाँ त्यति नै...
कालानमक धानको स्वाद र सुगन्ध जोगाउने कसरत
भेषराज बस्नेत बाँके, ९ माघ । कुनै समय बाँके र बर्दियाका खेतका फाँटहरूमा मगमग बास्ना चल्थ्यो । जब कालानमक धान पाक्ने बेला हुन्थ्यो, बाटो हिँड्ने बटुवा पनि त्यसको सुगन्धले लोभिन्थे । तर, समय फेरिएसँगै बजारमा भित्रिएका बढी फल्ने र छिटो पाक्ने उन्नत (हाइब्रिड) जातका धानको भीडमा ती रैथाने बास्नाहरू हराउन...