४० लाख मूल्य बराबरको अवैध समानसहित दुई जना पक्राउ
सिरहा, ३ जेठ । सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रमा ठुलो परिमाणमा अवैध सामानसहित एक मालवाहक गाडी र दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा क्षेत्रमा विशेष गस्तीका क्रममा नेपालबाट भारततर्फ अवैध रूपमा लैजान लागिएको सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी...
पटक–पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै
धरान, ३ जेठ । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्ष बित्दासमेत पूरा हुन सकेको छैन । सम्झौता भए अनुसार पाँच वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने भए पनि हालसम्म काम अलपत्र रहँदा स्थानीयवासी र विद्यार्थीले बर्खायाममा जोखिम मोलेर खोला तर्न बाध्य भएका छन् । पुल निर्माणका...
राजनीतिक दलबिच परस्पर संवाद भइरहनुपर्छ : महासचिव पोखरेल
काठमाडौँ, ३ जेठ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले संसदीय प्रणालीमा राजनीतिक दलहरूबिच परस्पर संवाद भइरहनुपर्ने बताउनुभएको छ । तेत्तीसौँ मदन–आश्रित दिवसका अवसरमा ‘मदन–आश्रित प्रतिष्ठान’द्वारा आज यहाँ आयोजित ‘जनताको बहुदलीय जनवाद (जबज) र युवा’ विषयक विचार गोष्ठीमा महासचिव पोखरेलले अहिले यस प्रणालीको राजनीतिक चरित्रअनुसार दलहरुबिच जनताका समस्या समाधानमा उचित संवाद...
मुस्ताङबाट झन्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद
मुस्ताङ, ३ जेठ । नेपाल–चीन उत्तर कोरलानास्थित लोमान्थाङ–१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले शनिबार ५९२ कार्टुन विद्युतीय चुरोट (भेप) बराबद गरेको छ । कोरलानाकाबाट शङ्कास्पद रूपमा लुकाइछिपाइकन भन्सार छलेर ल्याइँदै गरेका दुई वटा ‘कन्टेनर’को खानतलासी गर्दा उक्त परिमाणमा विद्युतीय चुरोट (भेप) फेला परेको हो । कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका...
‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’
काठमाडौँ, ३ जेठ । परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताउनुभएको छ । टोखा नगरपालिकाले आज आयोजना गरेको आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि सल्लाह, सुझाव सङ्कलन कार्यक्रममा उहाँले दीर्घकालीन योजना निर्माणमा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताउनुभएको हो । उहाँले अबको...
उच्च रक्तचाप भनेको ‘साइलेन्ट किलर’ हो, जोगिनुपर्छ : डा.अनिल भट्टराई
पार्वती भण्डारी काठमाडौँ, ३ जेठ । पछिल्लो समय मानिसहरूमा उच्च रक्तचापको समस्या बढिरहेको तथ्याङ्कहरू आइरहेका छन् । अस्वस्थ खानपान, व्यायामको कमी, तनावपूर्ण जीवनशैली, धूम्रपान तथा मद्यपान जस्ता कारणहरूले उच्च रक्तचापको समस्या बढ्न थालेको चिकित्सकहरु बताउने गर्छन् । बदलिँदो जीवनशैली र सहरीकरणसँगै युवापुस्तादेखि नै उच्च रक्तचाप देखिन छ । मुटु रोग...
नीतिगत अस्पष्टताका कारण मोबाइल व्यवसायीले दुःख पाइरहेका छन् : रमेशकुमार घिमिरे
काठमाडौँ, ३ जेठ । नेपाल मोबाइल व्यवसायी महासङ्घका नवनिर्वाचित अध्यक्ष रमेश कुमार घिमिरेले सेकेण्डह्याण्ड मोबाइलको वैध कारोबार नहुँदा र अनलाइन पेमेन्ट सिस्टमका कारण व्यवसायीहरुले दुःख पाइरहेको बताउनुभएको छ । चोरीका मोबाइल सेटबाट अनलाइन पेमेन्ट गर्दा समेत व्यवसायीहरुले अनावश्यक दुःख पाएको र साइबर ब्युरोसम्म धाउनुपर्ने अवस्था आएको पनि बताउनुभयो । हालै...
अध्यक्ष ओलीद्वारा मदन–आश्रितप्रति श्रद्धाञ्जली
काठमाडौँ, ३ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । तेत्तिसौँ मदन–आश्रित स्मृति दिवसमा उहाँले दिवङ्गत नेताद्वयले पार्टी सुदृढीकरण एवम् विकासमा गर्नुभएको योगदानको उच्च सम्मान र स्मरणका साथ श्रद्धाञ्जली प्रकट गर्नुभएको हो ।...
बीउ बैङ्कमार्फत रैथाने बाली संरक्षणमा जुट्दै ‘षडानन्द’
भोजपुर, ३ जेठ । षडानन्द नगरपालिकाले रैथाने बालीको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले बीउ बैङ्क स्थापना गरी प्रभावकारी अभियान सुरू गरेको छ । परम्परागत रूपमा खेती हुँदै आएका स्थानीय बाली हराउँदै जाने जोखिम बढ्दै गएपछि नगरपालिकाले दीर्घकालीन सोचसहित संरक्षण अभियान अघि बढाएको हो । किसानलाई गुणस्तरीय रैथाने बीउ उपलब्ध गराउने,...