सपनाको लड्डु बाँड्न कैलाली–४ आएको होइन, काम गरेर देखाउँछु : गोरख बहादुर बिष्ट
गोरख बहादुर बिष्ट ‘आनन्द’ नेपाली काङ्ग्रेसका प्रभावशाली नेता हुनुहुन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छवी बनाउनुभएका बिष्ट चार दशक लामो समयदेखि काङ्ग्रेसमा आवद्ध हुनुहुन्छ । उहाँले काङ्ग्रेसको पूर्वआमन्त्रित केन्द्रीय सदस्य रहनुका साथै नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति भएर काम गरिसक्नुभएको छ । डोटीमा जन्मिनुभएका बिष्ट अध्ययनको सिलसिलामा कैलाली पुग्नुभएको थियो ।...
ट्याक्टरबाट खसेर युवकको मृत्यु
तनहुँ, २१ माघ । ऋषिङ गाउँपालिका–३ दाङश्रीको भित्री सडकमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ऋषिङ गाउँपालिका–४ का २३ वर्षीय पूर्णबहादुर थापाको गएराति मृत्यु भएको हो । बालुवा बोकेको ग१त ६२९४ नम्बरको ट्याक्टरबाट खसेर गम्भीर घाइते थापाको रत्नहरि अस्पतालमा...
निर्वाचन सुरक्षाका लागि भोलिदेखि सेना परिचालन
काठमाडौँ, २० माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना २०८२ अनुरूप बुधबारदेखि नेपाली सेनाका संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित हुँदै छन् । निर्वाचनको समयमा शान्ति सुरक्षालाई सुदृढ तुल्याउन सरकार यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरी कार्यान्वयनमा...
पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती
गण्डकी, २० माघ । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको छैन । सडकछेउ र चोकमा फोहर थुप्रिएको छ । फोहर व्यवस्थापन नहुँदा सहर कुरूप मात्र बनेको छैन मानव स्वास्थ्यमा असर पर्ने जोखिम बढेको छ । फोहर नउठ्दा पोखरा महानगरपालिकाप्रति सर्वसाधारण असन्तुष्ट बनेका छन् । पोखरामा फोहर व्यवस्थापनको समस्या...
निर्वाचनमा कतिपय स्थानमा तालमेल हुन पनि सक्छ : उपाध्यक्ष गुरुङ
काठमाडौँ, २० माघ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दलहरु आम रुपमा एक्लाएक्लै प्रतिस्पर्धामा रहेका तर कतिपय स्थानमा तालमेल हुन पनि सक्ने बताउनुभएको छ । उहाँले देश बनाउने नीति र विचारका आधारमा एमाले पहिलो पार्टी हुने जिकिर गर्नुभयो । प्रेस चौतारी नेपालद्वारा...
समानुपातिक बन्दसूचीका ७६ जना उम्मेदवार अयोग्य ठहर
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत दलहरूले पेस गरेका बन्दसूचीबाट ७६ जना उम्मेदवारलाई अयोग्य ठहर गरेको छ । आयोगले कानुनी मापदण्ड पूरा नगरेका, दोहोरो नाम समावेश भएका तथा आर्थिक तथा प्रशासनिक कारणले अयोग्य ठहरिएका उम्मेदवारहरूको नाम सूचीबाट हटाएको हो ।...
मौसम पूर्वानुमानः पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। यसका कारण तराईका केही स्थानमा तुवाँलो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बादल लागेको छ। ती क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ।...
रंगेलीमा श्रीमतीको हत्यापछि श्रीमानद्वारा आत्महत्या
मोरङ । मोरङको रंगेलीमा मुकेश कुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । ससुराली पुगेर पत्नीको हत्या गरेका मण्डलले आफूले पनि घाँटी रेटेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रंगेलीका डीएसपी लीलाराज लामिछानेका अनुसार रंगेली नगरपालिका–५ बहुवनका अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले रंगेली–५ धनपट्टीस्थित...
झापाका स्थानीय समस्याबारे जनप्रतिनिधि र व्यक्तित्वसँग बालेनको छलफल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह झापामा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै छन्। उनले कमल गाउँपालिकाका वडा सभापतिहरूसँग भेटघाट गर्दै स्थानीय समस्या र आवश्यकताहरूको बारेमा छलफल गरेका छन् । यसैगरी, नेता बालेनले झापाका विभिन्न क्षेत्रका सामाजिक, राजनीतिक र प्रतिष्ठित व्यक्तित्वहरूसँग भेटघाट गरी स्थानीय विकास, जनतालाई सशक्त...