प्रस्तावित प्रधानन्यायाधीश शर्माको नाम अनुमोदन
काठमाडौँ, ५ जेठ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा.मनोज कुमार शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश शर्मालाई सर्वसम्मतिले अनुमोदन गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभयो । सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश शर्माले आफ्नो कार्ययोजना प्रस्तुत गर्नुभएको थियो भने त्यसमाथि छलफल भएको...
ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ
हरिप्रसाद बाँस्तोला गण्डकी, ५ जेठ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ भुर्जुङखोलास्थित मुलखेत कुनैबेला हिलो र झाडीले भरिएको थियो । धानबालीसमेत खासै फस्टाउँदैनथ्यो । तर, हिजोआज त्यही ठाउँ प्रकृतिसँग रमाउँदै ट्राउट माछाको स्वाद लिने आकर्षक पर्यटकीय गन्तव्य बनेको छ । ‘ज्ञान र सीप सिकेर स्वदेशमै फर्क साथी, त्यही सीपले देश उठाउनुछ माथि’...
राष्ट्रियसभा शून्य समय : ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’
काठमाडौँ, ५ जेठ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट, डकैतीजस्ता घटना बढ्दै गएको उल्लेख गर्दै सरकारसँग सुरक्षाको सुनिश्चितता गर्न आग्रह गर्नुभयो । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद दुर्गा गुरुङले भन्नुभयो, “१३२ केभी प्रसारण लाइनको देउराली र चिसापानीको बीचमा रहेको टावर हुरीबतासले लडाएपछि पुरानो ३३ केभी लाइनबाट...
‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’
म्याग्दी, ५ जेठ । सङ्कटापन्न जनावर रेडपाण्डा (हाब्रे)को अवस्था पहिचान गर्न म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा क्यामेरा जडान गरिएको छ । दातृ निकाय टोलेडोजुको सहयोगमा जैविक विविधता संरक्षण समाज नेपाल (वायोकस) नेपालले रेडपाण्डाको बसोबास भएको धौलागिरि गाउँपालिका २ र ३ मा पर्ने जलजला, मुना, मरेनी...
अव्यवस्थित तार हटाइँदै
चितवन, ४ जेठ । भरतपुर महानगरपालिकाभित्रका सहरी क्षेत्रमा रहेका विद्युत्का ‘पोल’हरुमा रहेका अव्यवस्थित तार हटाउन सुरु गरिएको छ । महानगरपालिका र जिल्ला प्रशासन कार्यालयसहित सेवा प्रदायक संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा छलफल भएसँगै तार हटाउन सुरू गरिएको हो । भरतपुर महानगरपालिकाका इन्जिनियर सुरेश बोटका अनुसार इन्टरनेट प्रदायक संस्थाका कर्मचारीहरुले आफ्नो तार आफैँ...
लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान
काठमाडौँ, ४ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी विश्वकप लिग–२...
असारअघि नै मल, बीउ र कृषि औजार उचित व्यवस्थापन गर्न माग
काठमाडौँ, ४ जेठ । सांसदहरुले वर्षा लागेसँगै धान रोप्ने समय नजिकिँदै गएको उल्लेख गर्दै समयमै मल, बीउ र कृषि औजारको व्यवस्था गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद अच्युतम लामिछानेले मल, बीउ, कृषि औजार उपलब्ध गराएर समस्या किसानका समाधान गर्न माग गर्नुभयो । सांसद अनुष्का श्रेष्ठले...
विधि र प्रक्रियाबमोजिम आएका रिट दर्ता गर्नु : कामु प्रधानन्यायाधीश मल्ल
काठमाडौँ, ४ जेठ । सर्वोच्च अदालतका कायममुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले विधि र प्रक्रियबमोजिम दर्ता हुन आएका रिट निवेदन दर्ता गर्न आदेश दिनुभएको छ । कामु प्रधानन्यायाधीश मल्लले गत वैशाख २३ र २५ गतेलगायतका मितिमा दर्ता हुन आएका रिट निवेदनहरु दर्ता गर्न आज आदेश दिनुभएको हो । कानुन व्यवसायीहरुले...
सगरमाथा र लोत्से आरोहण गर्ने पहिलो टोली बन्यो चिनियाँ आरोही सी जुन्जीको टोली
काठमाडौँ, ४ जेठ । चिनियाँ आरोही सी जुन्जीको टोली यस याममा विश्वको सर्वोच्च शिखर सगरमाथा र लोत्सेको सफल आरोहण गर्ने पहिलो टोली बनेको छ । गत बिहीबार (मे १४) को बिहान ८ः५६ बजे सगरमाथाको सफल आरोहण गरेको चिनियाँ आरोही सी जुन्जीको टोलीले आज बिहान ११ः२५ बजे लोत्सेको सफल आरोहण गरेसँगै...