यौनजन्य हिंसाका पीडितलाई छिटो न्याय दिन सरकारले नीतिगत सुधार गर्दै छ : मन्त्री गौतम
TNV News Update

यौनजन्य हिंसाका पीडितलाई छिटो न्याय दिन सरकारले नीतिगत सुधार गर्दै छ : मन्त्री गौतम

काठमाडौँ, ११ जेठ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले यौनजन्य हिंसाका पीडितलाई छिटो न्याय सुनिश्चित गर्न सरकार नीतिगत सुधारमा लागेको बताउनुभएको छ । प्रतिनिधिसभाअन्तर्गत कानुन न्याय तथा मानवअधिकार समितिले सिंहदरबारमा ‘कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजना’ विषयक छलफलमा मन्त्री...
केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो
TNV News Update

केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

दुर्गा देवकोटा कैलाली, ११ जेठ । कैलालीका किसान बहुबाली खेतीतर्फ आकर्षित भएका छन् । केराखेती गर्ने किसानले केराखेतीसँगै मकै, खुर्सानी, तोरी खेतीलगायत गर्न थालेका छन् । टीकापुर नगरपालिका–४ बाघमाराका किसान टेकेन्द्र धामीले केरा खेतीभित्र मकैखेती गर्नुभएको छ । उहाँ यसवर्ष मकैको दुई बाली लिने तयारीमा हुनुहुन्छ । केराखेतीभित्र एकपटक उत्पादन...
सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार
TNV News Update

सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

खाँदबारी, ११ जेठ । सङ्खुवासभामा अत्यधिक रक्तस्राव भएकी एक सुत्केरीको हवाई उद्धार गरिएको छ । प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जिल्ला अस्पताल सङ्खुवासभामा उपचार सम्भव नभएपछि खाँदबारी नगरपालिका–७ की ३० वर्षीया सविता मगरको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको जानकारी दिनुभयो । आइतबार सुत्केरी ब्यथाले च्यापेर जिल्ला अस्पताल भर्ना हुनुभएकी मगरको...
पोखरा महानगरको योजना : फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने
TNV News Update

पोखरा महानगरको योजना : फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

कृष्ण दवाडी कास्की, ११ जेठ । पोखरा महानगरपालिका विगत लामो समयदेखिको प्रयासपछि फिर्केको अतिक्रमण हटाउन सफल भएको छ । बजारको मध्यभाग भएर बग्ने यस खोलाको अतिक्रमण हटाउने योजना अघिल्लो कार्यकालकै जनप्रतिनिधिको थियो । तत्कालीन प्रमुख मानबहादुर जिसीले डोजर चलाएर सुरुआतसमेत गर्नुभएको थियो । तर, त्यो काम एक दिनपछि अघि बढ्न...
नेवारी पहिचान जोगाउन खोकनामा तीन महिने ‘धिमे नाच’ प्रशिक्षण सम्पन्न
TNV News Update

नेवारी पहिचान जोगाउन खोकनामा तीन महिने ‘धिमे नाच’ प्रशिक्षण सम्पन्न

सन्तोषी रावल ललितपुर, ११ जेठ । ललितपुर महानगरपालिका वडा नम्बर २१ स्थित ऐतिहासिक तथा सांस्कृतिक बस्ती खोकनामा नेवार समुदायको परम्परागत ‘धिमे नाच’ संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले तीन महिने विस्तृत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । समावेशी बाजागाजा प्रशिक्षण समितिको आयोजना तथा वडा कार्यालयको विशेष सहयोगमा सञ्चालित यस कार्यक्रमको मुख्य...
प्राङ्गारिक मल तथा बायोग्याँस उद्योग : उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन
TNV News Update

प्राङ्गारिक मल तथा बायोग्याँस उद्योग : उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन

केदार मगर खोटाङ, ११ जेठ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा आसपासका फोहर सङ्कलन गरेर प्रशोधनगरी मोहर कमाउने लक्ष्यसहित दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित ओखरबोटेमा प्राङ्गारिक मल तथा बायोग्याँस उद्योग स्थापना गरेको पाँच वर्ष भयो । करिब पाँच करोड रूपैयाँ लगानीमा स्थापना गरिएको उद्योग तत्कालीन १ नम्बर प्रदेश...
तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य
TNV News Update

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ, ११ जेठ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक हजार ९०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला दुई लाख ९० हजार ९०० रूपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने दुई लाख ९२ हजार ८०० रूपैयाँ तय भएको छ । यसैगरी, चाँदीको...
दाइजो प्रथा र बालविवाहविरुद्ध निरन्तर लडिरहन्छु : उपसभामुख ठाकुर
TNV News Update

दाइजो प्रथा र बालविवाहविरुद्ध निरन्तर लडिरहन्छु : उपसभामुख ठाकुर

सर्लाही, १० जेठ । उपसभामुख रुवी कुमारी ठाकुरले मधेसमा व्याप्त दाइजो प्रथा र बालविवाहविरुद्ध निरन्तर लडिरहने बताउनुभएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले यहाँ आज आयोजना गरेको बालविवाह एवम् दाइजो प्रथा उन्मूलन कार्यक्रममा उपसभामुख ठाकुरले बालविवाह र दाइजो प्रथा मधेसबाट मात्र नभइ देशबाट उन्मूलन हुनुपर्ने बताउनुभयो । छोरीलाई बोझ मान्ने लैङ्गिक...
नागरिकका समस्यालाई सरकारले क्रमशः सम्बोधन गर्छ : शिक्षामन्त्री पोखरेल
TNV News Update

नागरिकका समस्यालाई सरकारले क्रमशः सम्बोधन गर्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौँ, १० जेठ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमशः सम्बोधन गर्दै जाने विश्वास व्यक्त गर्नुभएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ मा आज आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उहाँले स्थानीय जनताले उठाएको सडक, ढल, बिजुली, खानेपानीलगायत समस्या समाधानका लागि आफूले अधिकतम पहल गर्ने प्रतिबद्धता...