पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ
पर्सा, २० फागुन । पर्सा प्रहरीले शङ्कास्पद वस्तुसहित पर्साको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार मनोज कुमार चौधरीसहित चार जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त जाँच टोलीले पर्साको हरपुरबाट बडनिहारतर्फ आउँदै गरेको बा१०च १२५० नम्बरको गाडीमाथि जाँच गर्दा गाडीको पछाडि डिक्कीभित्र पहेँलो...
‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’
रुपन्देही, २० फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरीले देशव्यापी विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । प्रहरी प्रधान कार्यालयले निर्वाचन लक्षित एकीकृत सुरक्षा रणनीति तयार गरी सबै प्रदेश, जिल्ला तथा स्थानीय तहसम्म प्रभावकारी रूपमा लागू गरिएको जनाएको छ । प्रहरी महानिरीक्षक...
सत्कारले लोभिन्छन् घरबासका पाहुना
बागलुङ, २० फागुन । साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला हातमा लिएर दैलोमा उभिएका थिए । गाउँघरको खेतीपाती, घरधन्दा सकेर आराम गर्ने साँझमा पाहुनालाई स्वागत सत्कारमै व्यस्त हुन्छन् बागलुङको भकुण्डेस्थित अतिथि सत्कार घरबासका सञ्चालक । बागलुङ बजारमा जन्मिएर कर्मथलो अमेरिका बनाउँदै आउनुभएकी अनुसिया श्रेष्ठ पहिलोपटक घरबास पुग्दा स्वागत...
तनहुँका युवामा ब्याडमिन्टन खेलको आकर्षण बढ्दो
तनहुँ, २० फागुन । तनहुँका युवामा ब्याडमिन्टन खेलप्रति आकर्षण बढेको छ । तनहुँको सदरमुकाम दमौली, शुक्लागण्डकी नगरपालिकाको दुलेगौँडा, खैरेनीटार, गाछेपानी, भिमाद नगरपालिकाको भिमाद बजार, म्याग्दे गाउँपालिकाको थर्पु, धयरेमा ब्याडमिन्टन खेलका लागि कभर्डहल बनेपछि युवाहरू यसतर्फ आकर्षित भएका हुन् । नियमित रूपमा बिहानदेखि रातिसम्म फुर्सदको समयमा आफूलाई स्वस्थ र तन्दुरुस्त राख्नका...
निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने
काठमाडौँ, २० फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ । प्राधिकरणले देशभर सबै प्रकारका आन्तरिक उडानहरु आवश्यकताअनुसार सञ्चालन हुने र अन्तर्राष्ट्रिय उडानहरु मध्यपूर्वी गन्तव्यका उडानबाहेक अन्यत्र नियमित हुने स्पष्ट पारेको छ । मध्यपूर्वी गन्तव्यको उडान सञ्चालन सम्बन्धित देशको...
नेप्से परिसूचक ३८ अङ्कले बढ्यो
काठमाडौँ, १९ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२ अङ्कले बढेर दुई हजार ७१२ दशमलव ४९ को बिन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक एक दशमलव ४४ प्रतिशतले बढेको हो । आज ३२९ कम्पनीको एक करोड ५१ लाख ८४ हजार ६०७ कित्ता सेयर ६१ हजार ३२९...
‘उडान अनिश्चत भएपछि न भोट हाल्न पाइने भो, न विदेश जान’
मधु शाही काठमाडौँ, १९ फागुन । देश निर्वाचनको सम्मुखमा छ । काठमाडौँबाट मतदान गर्ने उत्साह बोकेर घर फर्किनेहरू बढ्दैछन्, तर इटहरीका सन्तोष तामाङ भने हातमा पासर्पोट र हवाई टिकट बोकेर चार दिनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चक्कर लगाइरहनुभएको छ । दिनहुँ विमानस्थल पुग्नुहुन्छ, उडान रद्ध भएको सूचना पाएसँगै निराश भएर फर्किनुहुन्छ...
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
काठमाडौँ, १९ फागुन । गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापमा सोमबार भएको सवारी दुर्घटनाका घाईतेसँग आज भेट गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । गृहमन्त्री अर्यालसहितको टोलीले छाउनीस्थित सैनिक अस्पताल पुगेर उपचाररत घाइतेसँग संवाद गरेर अवस्थाबारे जानकारी लिनुभएको हो । फागुन १८ गते रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा भएको सवारी दुर्घटना हुँदा...
अन्तरजातीय विवाहको सामाजिकीकरण कसरी गर्ने ?
राजेश विद्रोही काठमाडौँ, १९ फागुन । फागुन महिना लागेसँगै वैवाहिक लगनगाँठोको मौसम सुरू भएको छ । समाजले सहजै स्वीकार्ने अनेक प्रकारका विवाह यस अवधिमा देखिन्छ–स्वजातीय विवाह, अभिभावक र आफन्तको रोजाइमा हुने विवाह, दाइजो प्रथामा आधारित विवाह, यहाँसम्म कि बालविवाह पनि । यी सबै खालका विवाहलाई समाजले सामाजिक विवाहका रूपमा सामान्य...