जातीय विभेद् उन्मूलनका लागि आयोग सक्रिय छ : अध्यक्ष मगर
काठमाडौँ, ७ चैत । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले नेपालमा विद्यमान जातीय विभेद उन्मूलन गर्न आयोग दृढतापूर्वक सक्रिय रहेको बताउनुभएको छ । आज ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा अध्यक्ष मगरले जातीय विभेद् अन्त्यका लागि केवल कानुन निर्माण मात्र पर्याप्त नभई त्यसको प्रभावकारी...
भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
काठमाडौँ, ७ चैत । काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ आउँदै गरेको ओमजनता यातायातको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिशकुमार कुसवाहको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो...
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
काठमाडौँ, ७ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा मधेसी समुदायको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । मधेसी आयोग स्थापना दिवसका अवसरमा आज राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा उहाँले आन्दोलनका उद्देश्य स्वतन्त्रता, समभाव, सामाजिक न्याय, सुशासन, विकास र समृद्धिसहित राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्नु रहेका बताउनुभयो ।...
दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी
भीष्मराज ओझा काठमाडौँ, ७ चैत । जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन् । पछिल्लो अध्ययनले यस क्षेत्रमा सन् २००० यता हिउँ पग्लने दर दोब्बर भएको देखाएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वत विकास केन्द्र (इसिमोड)ले गरेको पछिल्लो अध्ययन प्रतिवेदनअनुसार सन् १९७५ यता...
एनआरएनएमा पैसा, शक्ति र राजनीति हावी हुनु हुँदैन : डा.हेमराज शर्मा
काठमाडौँ, ७ चैत । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लामो समयदेखिको विवाद र विभाजनपछि अन्ततः एकतामा आइपुगेको छ । सङ्घको १२औँ महाधिवेशनबाट डा हेमराज शर्माको नेतृत्वमा सर्वसम्मत कार्यसमिति बनेको छ । एनआरएनएभित्र प्राज्ञिक व्यक्तित्वको पहिचान बनाउनुभएका उहाँ विश्वविद्यालयमा प्राध्यापन गर्नुहुन्छ । उहाँले अब सङ्गठनलाई नयाँ ऊर्जा र दृष्टिकोणसहित अगाडि बढाउने प्रतिबद्धता...
‘सहर’ मा आधुनिक जीवनले संवेदनशीलता हराएको देखिन्छ भने ‘तिमी गए पनि हुनेछ प्रेम’
सन्तोषी रावल काठमाडौँ, ७ चैत । देव व्रतका कविताहरूमा प्रेम सरल र रमाइलो अनुभूति होइन, बरु समय, समाज र जीवनका संघर्षसँग गाँसिएको जटिल यथार्थका रूपमा देखिन्छ । “सहर” मा आधुनिक जीवनले संवेदनशीलता हराएको देखिन्छ भने “तिमी गए पनि हुनेछ प्रेम” मा प्रेम निरन्तर रहने भावनाका रूपमा प्रस्तुत हुन्छ । “पृथ्वी”...
भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
रुकुम पूर्व, ७ चैत्र । रुकुम पूर्वमा भारी हिमपातको कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि निरन्तर भइरहेको हिमपातका कारण रुकुम पूर्वको भुमे गाउँपालिका १ मा पर्ने लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको हो । लोकमार्ग अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधनसहित यात्रुहरू अलपत्र परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ...
‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा.पन्तलाई
वीरगञ्ज, ७ चैत । विसं २०८२ को ‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा.विद्याप्रसाद पन्तलाई अर्पण गरिएको छ । नेपालको आँखा उपचार सेवाको विकास र अन्धोपन निवारणमा अतुलनीय योगदान पु¥याए वापत प्रदान गरिएको सो पुरस्कारको राशि रु दुईलाख ५१ हजार १११ सहित सम्मानपत्र रहेको छ । नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालित...
चट्याङ लागेर गुल्मीका छ जना घाइते
गुल्मी, ७ चैत । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ जना घाइते भएका छन् । जिल्लाको मालिका गाउँपालिका–२ दर्लिङमा शुक्रबार दिउँसो करिब २ः३० बजे परेको चट्याङबाट स्थानीय ३२ वर्षीया गोमा खड्का, २८ वर्षीया निरु खड्का र २९ वर्षीया विष्णु खड्का घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम्...