सुशासन, समृद्धि र जनताको प्रगतिको विषयमा काङ्ग्रेस प्रतिबद्ध छ : प्रवक्ता चालिसे
ललितपुर, १२ चैत । नेपाली काङ्ग्रेसका प्रवक्ता देवराज चालिसेले सुशासन, समृद्धि र जनताको प्रगतिको विषयमा कांग्रेस प्रतिबद्ध रहेको बताउनुभएको छ । पार्टीद्वारा केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुलाई जानकारी दिनुहुँदै प्रवक्ता चालिसेले काङ्ग्रेस सत्तामा मात्रै हैन प्रतिपक्षमा बसेर पनि रचनात्मक भूमिका निर्वाह गर्छ भन्दै जनताले अभिव्यक्त गरेको मतलाई...
पहिचानको महत्त्व बुझाउन परम्परागत भेषभूषामा सांसद्
काडमाडौँ, १२ चैत । आमाले सिलाइदिएको लहङ्गा र चोलियासहित पुर्ख्यौली थारू वेषभूषामा सजिएकी सांसद गीता चौधरीले संसद्मा आफ्नै थारू मातृभाषामा सपथ लिनुभयो । उहाँले शपथ लिन आउँदा सानी छोरीलाई परम्परागत भेषभूषामा सजाएर ल्याउनुभयो । “मेरो समुदायका लागि आज गौरवको दिन हो”, सांसद चौधरीले प्रतिनिधिसभामा शपथ लिएपछि प्रतिक्रिया दिँदै भन्नुभयो, “सङ्घीयताको...
प्रतिनिधिसभा सदस्यको शपथमा जे देखियो…
काठमाडौँ, १२ चैत । पछिल्ला दिनमा प्रायः सुनसान रहेको सिंहदरबारमा आज प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले शपथ लिने समयभन्दा दुई घन्टा अगाडि नै चर्को भिडभाड देखियो । जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्त्वपूर्ण संस्था सङ्घीय संसद्मा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरु एकै साथ प्रवेश गर्दा स्वभाविकरुपमा सबैमा चासो र आकर्षण देखियो । गत फागुन २१...
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
काठमाडौँ, १२ चैत । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ८८ हजार...
कोभिडपछि बन्द रहेको ‘वाटर पार्क’ पुनः सञ्चालन
झापा, १२ चैत । कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि उत्पन्न आर्थिक सङ्कटका कारण बन्द रहेको शिवसताक्षी नगरपालिका–११ झिलझिलेस्थित पर्यटकीयस्थल ‘वाटर किङ्डम पार्क’ पुनः सञ्चालन भएको छ । स्थानीय उद्यमी राजकुमार सङ्ग्रौलाको ५० करोड रूपैयाँभन्दा बढीको लगानीमा सात वर्षअघि पार्क स्थापना गरिएको थियो । पार्कमा मनोरञ्जनका लागि जिपलाइन, ‘वेभ’पुल, पौडी खेल्न...
सरकारको प्रतिपक्षमा रहेर प्रश्न गर्ने र सरकारलाई समर्थन गर्ने छौँ : हर्क साम्पाङ
काठमाडौँ, १२ चैत । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सरकारलाई सघाउने पक्षमा रहेको बताउनुभएको छ । शपथ ग्रहणका लागि सिंहदरबारस्थित संसद् भवन परिसर पुग्नुभएका साम्पाङले सञ्चारकर्मीसँग कुरा गर्दै सरकारको प्रतिपक्षमा रहेर प्रश्न गर्ने र सरकारलाई समर्थन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारको प्रतिपक्षमा रहेर प्रश्न गर्ने छौँ...
गुडिरहेको एम्बुलेन्सभित्रै चिकित्सकले उपचार गरेपछि…
दैलेख, १२ चैत । दुर्गम भेगका सरकारी अस्पतालमा चिकित्सक नै जान नमान्ने र गएपनि राम्रो उपचार सेवा प्रदान नगर्ने गुनासो पटकपटक सुनिँदै आएको हो । तर, यहाँस्थित दैलेख अस्पतालका एक चिकित्सकले भने विशेष सक्रियता देखाउँदा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते हुनुभएका आठबीस नगरपालिका–७ गैराखेतका एक युवकको ज्यान जोगिएको छ ।...
काङ्ग्रेस प्रतिपक्षमा रहेर रचनात्मक भूमिका खेल्छ : जनकराज गिरी
सन्तोषी रावल काठमाडौँ, १२ चैत । बाजुरा जिल्लाबाट नेपाली काङ्ग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित जनकराज गिरीले वर्तमान राजनीतिक परिस्थितिमा प्रतिपक्षको भूमिका प्रभावकारी र जिम्मेवार ढंगले निर्वाह गर्ने बताउनुभएको छ । नेपाल न्युज बैङ्कसँगको विशेष कुराकानीमा उहाँले संसद्मा आफ्नो भूमिका, काङ्ग्रेसभित्रका चुनौती र समसामयिक राजनीतिक अवस्थाबारे आफ्नो धारणा राख्नुभएको...
वसन्तको आगमनसँगै काठमाडौँमा छायो हरियाली
अच्युत रेग्मी काठमाडौँ, १२ चैत । हुनत: यो चैत वैशाखको याम जताततै रूखबिरुवामा पालुवा पलाउने र हरियाली हुने सयम हो । तर, यसपटक भने काठमाडौँ उपत्यकामा अघिल्ला वसन्तहरूभन्दा केही बढी हरियाली छाएको देखिएको छ । वसन्त ऋतुको आगमनसँगै यतिखेर काठमाडौँका कतिपय सडक दायाँबायाँ र बस्तीछेउ सफा र हराभरा भएका छन्...