सङ्घीय संसद् सचिवालयको सर्वदलीय बैठक बिहीबार बस्दै
काठमाडौँ, १८ चैत । संघीय संसद् सचिवालयले सर्वदलीय बैठक बिहीबार आह्वान गरिएको छ । बिहीबार दिउँसो २ बजे बस्ने गरी प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाएको संसद्का महासचिव पद्मप्रसाद पाण्डेले जनाकारी दिनुभयो । बैठक सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा बस्ने महासचिव पाण्डेले जनाकारी दिनुभयो ।
बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन
गलकोट, १८ चैत । चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा ३७ लाख रूपैयाँ भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर ३७ लाख २५ हजार ५५५ रूपैयाँ रकम सङ्कलन भएको थियो । गतवर्षको तुलनामा यस वर्षको भेटी पाँच लाख रूपैयाँले कमी आएको हो । गतवर्षको चैतेदसैँमा ४२ लाख रूपैयाँ भेटी सङ्कलन...
सङ्खुवासभामा ढुङ्गाले लागेर मजदुरको मृत्यु
खाँदबारी, १७ चैत । सङ्खुवासभा सभापोखरी गाउँपालिका–६ तामिङमा ढुङ्गाले लागेर एकजना मजदुरको मृत्यु भएको छ । सभापोखरी–६ तामिङस्थित काफल बोटेका ६१ वर्षीय मठाबहादुर तामाङको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजबंशीले जानकारी दिनुभयो । आज दिउँसो १२ः३० बजे सडक निर्माणका क्रममा मजदुर तामाङको मृत्यु...
किमाथाङ्का अरूण जलविद्युत् आयोजनाबाट प्रभावितलाई १८ करोड मुआब्जा वितरण
खाँदबारी, १७ चैत । किमाथाङ्का अरूण जलविद्युत् आयोजनाका प्रभावितलाई १८ करोड रूपैयाँ बढी मुआब्जा वितरण गरिएको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ मा निर्माणाधीन ४५४ मेगावाट क्षमताको किमाथाङ्का अरूण जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जा रकम वितरण भइरहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई चैत ९ गतेदेखि मुआब्जा वितरण सुरू गरिएको जिल्ला प्रशासन...
खेलकुदप्रति आकर्षण बढाउनुपर्नेमा मन्त्री पोखरेलको जोड
काठमाडौँ, १७ चैत । युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुदप्रति युवालाई आकर्षित गर्नुपर्नेमा जोड दिँदै त्यस निम्ति विद्यालय, स्थानीय क्लब र गाउँस्तरबाट नै उनीहरूलाई यसमा समाहित गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय खेलकुद परिषद्ले उहाँको सम्मान आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री पोखरेलले खेलकुदका माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउने खेलाडी उत्पादन गर्न...
बालबालिकालाई विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गरिने
काठमाडौँ, १७ चैत । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरीका प्रमुख आइजीपी राजु अर्यालसँग छलफल गर्नुभएको छ । सो क्रममा बालबालिकालाई सानै उमेरदेखि नै जीवन उपयोगी सीप विकास गराउने उद्देश्यले विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गर्ने पहल सुरू गरिएको छ । यसका लागि सशस्त्र प्रहरी बल (एपिएफ) लाई आवश्यक तयारी...
यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ
काठमाडौँ, १७ चैत । काठमाडौँ महानगरपालिका–१५ सानो भर्याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना बिचौलिया पक्राउ परेका छन् । उक्त कार्यालयबाट सेवाग्राहीको सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिन्छु भनी सार्वजनिक सेवा प्रवाहमा अवरोध गरेको अभियोगमा प्रहरी वृत्त स्वयम्भूबाट परिचालन भएको प्रहरी टोलीले आज अपराह्न उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले रौतहटका...
औलो र कालाजार नियन्त्रणका लागि विषादी छिट्न सुरू
टीकापुर, १७ चैत । कैलालीमा औलो र कालाजार तथा अन्य कीटजन्य रोग नियन्त्रणका लागि विषादी छिट्न थालिएको छ । विषादी छिट्काउ अभियानअन्तर्गत कैलालीका सयौँ घरमा विषादी छिट्ने जनाइएको छ । धनगढीबाट सुरू भएको सो अभियानअन्तर्गत टीकापुरका औलो तथा कालाजारका बिरामी भएका घर र छिमेकमा विषादी छिट्ने काम सम्पन्न भइसकेको छ...
ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु
जुम्ला, १७ चैत । तिला गाउँपालिका–५ खोलीगाउँको बिराली ढुस्कामा आज बिहान भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्देश बरालका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका तिला गाउँपालिका–५ का ५१ वर्षीय तिल रावतको कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिानमा उपचारका क्रममा मृत्यु भएको हो ।