Category: TNV News Update

गुरुङ समुदायमा ट्होटेँको उल्लास
TNV News Update

गुरुङ समुदायमा ट्होटेँको उल्लास

गण्डकी, २४ चैत । गण्डक क्षेत्रका गुरुङ समुदायले आफ्नो पुस्तैनी पर्व ट्होटेँलाई आज उल्लासपूर्वक मनाइरहेका छन् । बर्सेनि चैत र साउनको अन्तिम मङ्गलबार गुरुङ बाहुल्य बस्तीमा ट्होटेँ पर्वको रौनक छाउने गर्छ । परापूर्व कालमा तमु राज्य जोगाउन बैरीलाई सीमा कटाएको सम्झनास्वरूप यस पर्वको सुरुवात भएको मानिन्छ । गुरुङ सभ्यता, संस्कृति...
अनुगमनपछि मन्त्री रावलको निर्देशन- ’मन्त्रीलाई होइन सेवाग्राहीलाई खुसी पार्नुहोस्’
TNV News Update

अनुगमनपछि मन्त्री रावलको निर्देशन- ’मन्त्रीलाई होइन सेवाग्राहीलाई खुसी पार्नुहोस्’

काठमाडौँ, २४ चैत । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले नागरिक सर्वोच्चतालाई ख्याल राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । मंगलबार भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागको अनुगमनपछि मन्त्री रावलले सेवाग्राहीलाई सहज, छिटो र झन्झटमुक्त सेवा दिन निर्देशन दिनुभएको हो । सेवा प्रवाहमा कुनै प्रकारको...
मन्त्रीहरुको मर्यादाक्रम हेरफेर
TNV News Update

मन्त्रीहरुको मर्यादाक्रम हेरफेर

काठमाडौँ, २४ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रीपरिषद्को मर्यादाक्रममा हेरफेर गर्नुभएको छ । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा यही चैत १३ गते गठित मन्त्रिपरिषद्‌मा मर्यादाक्रममा हेरफेर गरिएको हो । मन्त्रीहरुको कार्यविभाजन यथावत रहे पनि मर्यादाक्रममा हेरफेर गरिएको जनाइएको छ । हेरफेर भएको...
मोटरसाइकल दुर्घटनाको थप विवरण : मृतक र घाइतेको विवरणसहित
TNV News Update

मोटरसाइकल दुर्घटनाको थप विवरण : मृतक र घाइतेको विवरणसहित

महोत्तरी, २४ चैत । जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज बिहान दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु भएको घटनाको थप विवरण सार्वजनिक गरिएको छ । मृत्यु हुनेमा जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–६ बस्ने सुरेन्द्र दासका छोरा अन्दाजी २० वर्षीय शुभाष दास, रामदयाल दासका छोरा अन्दाजी २०...
साइबर बुलिङसम्बन्धी छुट्टै कानुन निर्माण गर्न आवश्यक छ : उपाध्यक्ष भण्डारी
TNV News Update

साइबर बुलिङसम्बन्धी छुट्टै कानुन निर्माण गर्न आवश्यक छ : उपाध्यक्ष भण्डारी

काठमाडौँ, २४ चैत । राष्ट्रिय सभाको नवनियुक्त उपाध्यक्ष लिला कुमारी भण्डारीले पदभार ग्रहण गर्नुभएको छ । मङ्गलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहबिच अध्यक्ष नारायणप्रसाद दाहालबाट शपथग्रहण गरेलगत्तै उनले सिंहदरबार पुगेर पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँको कुराकानी उहाँले साइबर बुलिङसम्बन्धी छुट्टै कानुन निर्माण गर्न आवश्यक रहेको...
एसइई दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ
TNV News Update

एसइई दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ

सुनसरी, २४ चैत । जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेकी हरिनगर–६ का २० वर्षीया नुसरत खातुनलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक...
हाल देखिएको ऊर्जा सङ्कट खनिज इन्धनको परनिर्भरता त्याग्ने ऐतिहासिक अवसर हो : कुशल गरुङ [भिडिओ]
TNV News Update

हाल देखिएको ऊर्जा सङ्कट खनिज इन्धनको परनिर्भरता त्याग्ने ऐतिहासिक अवसर हो : कुशल गरुङ [भिडिओ]

काठमाडौँ, २४ चैत । करिब एक महिनादेखि पश्चिम एसियामा चर्किएको इरान र इजरायलबिचको युद्धले यतिबेला विश्वबजारमा खनिज इन्धनको मूल्य र आपुर्तिमा ठुलो उतारचढाव ल्याएको छ । नेपालपनि यसबाट अछुतो रहन सकेको छैन । जसका कारण नेपालमा पनि ऊर्जा संकटको जोखिम उत्तिकै बढेको छ । यसलाई एउटा चुनौतीका रुपमा मात्रै नहेरेर...
फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ : मन्त्री पोखरेल
TNV News Update

फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ : मन्त्री पोखरेल

महेन्द्रनगर, २४ चैत । शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदान निर्माणमा सरकारले सहयोग गर्ने बताउनुभएको छ । आज बिहान धनगढी आइपुग्नुभएका मन्त्री पोखरेलले फाप्ला क्रिकेट मैदानको निरीक्षणका क्रममा सङ्क्षिप्त प्रतिक्रिया दिँदै सुदूरपश्चिममा क्रिकेटको क्रेज रहेको धारणा राख्नुभयो । “विगतका सरकारले पनि फाप्लालाई...
गोली चलाएर पिङ्गलास्थानबाट दुई जना भारतीय नागरिक पक्राउ
TNV News Update

गोली चलाएर पिङ्गलास्थानबाट दुई जना भारतीय नागरिक पक्राउ

काठमाडौँ, २४ चैत । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले गएराति काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानबाट गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ । करिब एक किलो बढी लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विशेष सूचनाका आधारमा...