ठुला सिँचाइ आयोजना अलपत्र अवस्थामा छाड्दैनौँ : ऊर्जामन्त्री श्रेष्ठ
काठमाडौँ, २५ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ठुला सिँचाइ आयोजना अलपत्र अवस्थामा नछाड्ने बताउनुभएको छ । ७३औँ सिँचाइ दिवसका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले सिक्टा, भेरी–बबई, रानी जमरा कुलरिया र सुनकोशी–मरिनजस्ता सिँचाइ आयोजनालाई अब अलपत्र नछाड्ने बताउनुभएको हो । मन्त्री श्रेष्ठले सुनकोशी–मरिन आयोजनाको पुनःखरिद प्रक्रिया...
इटहरी गोल्डकप : विजेतालाई १० लाखसहित सुन–चाँदीको ट्रफी
विराटनगर, २५ चैत । आगामी चैत्र ३० गतेदेखि सुनसरीको इटहरीमा आयोजना हुन लागेको १६औँ अन्तर्राष्ट्रिय आमन्त्रण ‘रेडबुल इटहरी गोल्डकप’ फुटबल प्रतियोगिताका विजेताले १० लाख रुपैयाँ नगदसँगै ६० तोला चाँदी र ६ आना सुन जडित विशेष ट्रफी प्राप्त गर्ने भएका छन् । राष्ट्रिय जागृति क्लबको आयोजनामा हुने प्रतियोगताका बारेमा बुधबार पत्रकार...
हुम्लामा हिमपातले जनजीवन कष्टकर
हुम्ला, २५ चैत । आज बिहानदेखि जिल्लाको माथिल्लो भेगमा हिमपात सुरू भएको छ । उत्तरी नाम्खा गाउँपालिकाको यारी, हिल्सा, लिमी, न्यालु, चालालगायत क्षेत्रमा हिमपात भइरहेको नाम्खा–६ लिमीका वडाध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । वडाध्यक्ष तामाङका अनुसार उच्च भेगमा हिमपात भइरहेको छ भने होचो भेगमा पानी परिरहेको छ । जिल्लाको दक्षिणी भेगमा...
राष्ट्रियसभाको पौने २ घन्टा : सरकारका कामको प्रशंसादेखि खबरदारीसम्म
नारायण न्यौपाने काठमाडौँ, २५ चैत । सङ्घीय संसद् राष्ट्रियसभाअन्तर्गतका चारवटै विषयगत समितिले आ–आफ्नो नेतृत्व पाएको छ । उक्त सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सहमतिमा मङ्गलबार चारवटै संसदीय समितिका सभापति निर्विरोध हुनुभएको थियो । निर्विरोध निर्वाचित हुनेमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार...
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
काठमाडौँ, २५ चैत । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख एवम् राजदूतहरूलाई उहाँहरूले प्रतिनिधित्व गर्ने मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाल सरकार उत्सुक रहेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज शिष्टाचार भेट गर्न पुग्नुभएका नियोग प्रमुखहरूलाई प्रधानमन्त्री शाहले सरकार सबै देशहरूसँगको सम्बन्धलाई उच्च महत्त्व दिनुका...
साविककै मूल्यमा २८ दिनको ‘एनटिसी प्याकेज’ अब ३० दिन
काठमाडौँ, २५ चैत । नेपाल टेलिकम (एनटिसी)ले आफ्नो प्रिपेड सेवाको २८ दिनको प्याकेजको समय बढाएर ३० दिन बनाएको छ । टेलिकमका अनुसार ‘कम्बो–२९९ प्याक’को समयावधि मङ्गलबार रातिदेखि बढाएर ३० दिनको बनाइएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनाले मङ्गलबार नेपाल टेलिकमसँग छलफल गर्नु भएपश्चात यो व्यवस्था लागु गरिएको हो...
प्रतिनिधिसभा : ‘अब आश्वासन होइन, डेलिभरी चाहिन्छ’
काठमाडौँ, २५ चैत । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले विशेष अवस्थामा भएको निर्वाचनबाट विजयी भएको दल र सरकारले जनतालाई सुशासन दिनुपर्नेमा दिनुभएको छ । सभाको आजको विशेष समयमा दलीय आधारमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका लीमा अधिकारीले नयाँ सरकारले चालेका सुधारात्मक कामको प्रशंसा गर्दै समग्र आर्थिक विकासको नयाँ आयाम दिन सरकार सफल...
सागर लम्साललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
काठमाडौँ, २५ चैत । हास्य कलाकार तथा मोडल सागर लम्साल (बले)लाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अमेरिकामा बस्ने एक किशोरीले बलात्कार आरोप लगाएपछि पक्राउ परेका बलेलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।...
बाजुराको हिमालीमा कृषकलाई आधुनिक मिल वितरण
बाजुरा, २५ चैत । बाजुराको दुर्गम हिमाली गाउँपालिकामा कृषकलाई आधुनिक मिल वितरण गरिएको छ । रिरास परियोजनामार्फत उक्त मिल वितरण गरिएका हुन् । हिमाली गाउँपालिका वडा नम्बर ४, ५, ६ र ७ अगुवा कृषकहरूलाई विद्युतीय पल्टिक्रस प्रेसर, कम्बाइन राइस मिल र विद्युतीय घट्ट मेसिन कृषकलाई हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ...