Category: TNV News Update

दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान
TNV News Update

दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान

काठमाडौँ, ३० चैत । राजधानीको बढ्दो सवारी चाप र सडक दुर्घटनाका चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले आज यहाँ सडक दुर्घटना न्यूनीकरणसम्बन्धी नागरिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पञ्चकुमारी समाज, सिनामङ्गल काठमाडौँको आयोजना तथा प्रहरी वृत्त गौशाला र ट्राफिक प्रहरी प्रभाग एयरपोर्टको सहकार्यमा आयोजित ‘सभ्य नागरिकको चिनारी, सडक दुर्घटना...
सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा.तिमिल्सिनाद्वारा निर्देशन
TNV News Update

सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा.तिमिल्सिनाद्वारा निर्देशन

काठमाडौँ, ३० चैत । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सङघीय सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहदवार र परिसर क्षेत्रमा ‘इन्टरनेट’ सेवालाई थप सहज, छिटो र अवरोधरहित बनाउन पहल थालेको छ । यसका लागि मन्त्रालयले सिंहदरबार क्षेत्रको इन्टरनेट पूर्वाधारसम्बन्धी निकायका रुपमा रहेको एकीकृत ‘डाटा’ व्यवस्थापन केन्द्रलाई निर्देशन समेत दिएको छ । सञ्चार...
अटिजम केयर नेपाल सोसाइटी : दुई दशकको सङ्घर्ष, अझै अपूरा चुनौती
TNV News Update

अटिजम केयर नेपाल सोसाइटी : दुई दशकको सङ्घर्ष, अझै अपूरा चुनौती

प्रमिला कार्की काठमाडौँ, ३० चैत । हरेक बिहान एउटा आमा आफ्नो बच्चालाई स्कुल जान तयार पार्छिन् । कसैका लागि त्यो सामान्य दिनको सुरुवात हो । तर, यदि त्यो बच्चा अटिजम स्पेक्ट्रममा पर्छ भने, त्यो बिहान केवल दिनको सुरुवात हुँदैन । त्यो एउटा संघर्षको निरन्तरता हुन्छ । बच्चाले जुत्ता लगाउन नमानेको,...
कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा
TNV News Update

कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा

टीकापुर, ३० चैत । कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी घाटमा पुल निर्माण अन्तिम चरणमा पुगेको छ । विक्रम सम्वत् २०८३ असोज १७ गतेसम्म पुल निर्माणको काम सक्ने गरी नेपाल सरकारसँग निर्माण कम्पनीसँग सम्झौता भएको र सम्झौता मिति अगाडि नै पुल निर्माण सक्ने गरी काम भइरहेको निर्माण कम्पनीका...
वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
TNV News Update

वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष

नारायण न्यौपाने र अशोक घिमिरे काठमाडौँ, ३० चैत । राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर, वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ जनादेशसहित स्पष्ट मार्गनिर्देश प्राप्त भयो । वर्ष २०८२ को मध्यतिर ‘जेनजी’ को विद्रोहपूर्ण आन्दोलनले एउटा मार्गबाट हिँडिरहेको राजनीतिलाई नयाँ शिराबाट अघि बढाउन हस्तक्षेपकारी...
कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने
TNV News Update

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ, ३० चैत । कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्यनयका क्रममा ६४० मेगावाट क्षमता कायम गर्दा उपयुक्त हुनेगरी निर्धारण गरिएको हो । हाल आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारी भइरहेको छ । प्रस्तावित आयोजनाको...
भरौल गोल्डकपको उपाधि आरटी एफसी मलेसियालाई
TNV News Update

भरौल गोल्डकपको उपाधि आरटी एफसी मलेसियालाई

सुनसरी, ३० चैत । नवौँ अन्तर्राष्ट्रिय भरौल गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आरटी एफसी मलेसियाले जितेको छ । आज सम्पन्न फाइनल खेलमा आरटीएफसी मलेसियाले मोरङको पथरी–११ फुटबल क्लबलाई ३–२ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै आरटीएफसीले नगद चार लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता...
नवौँ गोलबजार मेयर गोल्डकपको उपाधि ब्रदरहुड फुटबल क्लब उदयपुरलाई
TNV News Update

नवौँ गोलबजार मेयर गोल्डकपको उपाधि ब्रदरहुड फुटबल क्लब उदयपुरलाई

सिरहा, ३० चैत । नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि ब्रदरहुड फुटबल क्लब उदयपुरले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा सहलेश युवा क्लब सिरहालाई २–१ गोलअन्तरले पराजित गर्दै उदयपुरले उपाधि हात पारेको हो । उपाधि विजेता ब्रदरहुडले नगद चार लाख ४४ हजार ४४४ रुपैयाँ र ट्रफी प्राप्त गरेको...
यस्तो छ प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
TNV News Update

यस्तो छ प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण

काठमाडौँ, ३० चैत । प्रधानमन्त्री वालेन्द्र शाह र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सम्पत्ति विवरण सार्वजनिक गरेको हो । प्रधानमन्त्री शाहकी पत्नी सविना काफ्लेको नाममा रहेको १९० तोला सुन पैत्रिक रूपमा प्राप्त भएको उल्लेख छ । काठमाडौँ धनुषा र महोत्तरीमा बुबाआमाको नाममा घरजग्गा...