‘युद्धका जीवित स्मृतिहरू–शृङ्खला २’ पुस्तक सार्वजनिक
काठमाडौँ, २ वैशाख । अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जालले ‘युद्धका जीवित स्मृतिहरू–शृङ्खला २’ नामक पुस्तक सार्वजनिक गरेको छ । सञ्जालले आज आयोजना गरेको पुस्तक सार्वजनिक कार्यक्रममा पुस्तकको प्रतिनिधिसभा सदस्य प्रेम वयक, राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेल, सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव निर्मला अधिकारी भट्टराई, कानुन, न्याय तथा...
दुई सय २५ केजी गाँजासहित दुई जना पक्राउ
सुनसरी, २ वैशाख । सुनसरी बराहक्षेत्र नगरपालिका–६ बाट ठुलो परिणामा लागुऔषध गाँजासहित पक्राउ परेका दुई जनालाई आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा स्थानीय २० वर्षीय विशेष माझी र १८ वर्षीय रोशन श्रेष्ठ रहेको सुनसरीका प्रहरी उपरीक्षक केशव थेबेले जानकारी दिनुभयो । सप्तकोशी नदीमा लागुऔषध गाँजा ओसारपसार भइरहेको भनी गोप्य सूचनाका...
मन्त्रीपरिषद् बैठक : सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन
काठमाडौँ, २ वैशाख । सरकारले २०६२/६३ सालदेखि २०८२/८३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरणको सङ्कलन तथा छानबिन गर्न सम्पत्ति, जाँचबुझ/छानबिन आयोग गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा चार सदस्यीय आयोग...
पूर्वाधार थपिँदा पर्यटक आकर्षित
केदार मगर खोटाङ, २ वैशाख । नयाँ वर्ष २०८३ को अवसरमा वैशाख–१ गते खोटाङका पर्यटकीयस्थलमा दिनभर आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्यो । जिल्लामा केही वर्षयता मात्रै नयाँ वर्षको अवसर पारेर पर्यटकीयस्थल घुम्न जाने, सामूहिकरुपमा वनभोज खाँदै रमाइलो गर्ने प्रचलन ह्वात्तै बढेको छ । नयाँ वर्षको पहिलो दिन दिक्तेल रुपाकोट...
दश इन्च लामो सियोले जिब्रो छेडेर यसरी घुम्नुभयो टोलटोलमा सुजन…
रमेश गिरी भक्तपुर, २ वैशाख । आज बिहानैदेखि सर्वसाधारण मध्यपुरथिमिमा सिन्दूर खेल्दै देवीदेवताका खट जात्रा गर्दै बिस्का जात्रा मनाइरहेका थिए । तर, मध्याह्नदेखि भने बोडे क्षेत्रमा भीड बढ्न थाल्यो । केहीक्षणमै बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासमा सर्वसाधारण खचाखच हुन थाल्यो । बिस्केट जात्राका अवसरमा हरेक वर्षको वैशाख २...
महिला क्रिकेट टोली रुवान्डातर्फ
काठमाडौँ, २ वैशाख । नेपाली महिला क्रिकेट टोली रुवान्डामा आयोजना हुन लागेको आइसिसी महिला च्यालेन्ज ट्रफिमा सहभागिता जनाउन आज त्यसतर्फ प्रस्थान गरेको छ । उक्त टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले सफलताको शुभकामना दिँदै बिदाई गरेको छ । यही वैशाख ५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल,...
नेता खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
काठमाडौँ, २ वैशाख । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका नेपाली कांग्रेस नेता एवम् पूर्वमन्त्री दीपक खड्काको अनुसन्धान फाइल झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको संयुक्त इजलासले आज नेता खड्काकी श्रीमती विनिता थापाले दायर गर्नुभएको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै उक्त अनुसन्धान फाइल झिकाउने...
मत्स्यपोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै चिचिला गाउँपालिका
खाँदबारी, २ वैशाख । सङ्खुवासभा चिचिला गाउँपालिका–४ स्थित धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको मत्स्यपोखरीलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदै लगिएको छ । चिचिलाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल मत्स्यपोखरीमा पछिल्लो समय पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै गएपछि पछिल्लो समय पर्यटकको आकर्षण पनि बढ्दै गएको छ । जिल्ला सदरमुकाम खाँदबारीबाट करिब...
पोखरा महानगरमा सबै वडामा विपद् प्रतिकार्यकर्ता तयार
कास्की, २ वैशाख । पोखरा महानगरपालिकाले विपद् तथा जोखिम न्यूनीकरण केन्द्र (डिआरआरसी) सञ्चालनमा ल्याएको छ । पोखरा–९ शान्तिवनस्थित दमकल कार्यालयमा परिसरमा केन्द्र रहेको छ । महानगरले रु पाँच करोड २१ लाख लागतमा महानगर प्रहरी कार्यालय र केन्द्रको भवन निर्माण गरेको हो । केन्द्र नयाँ वर्षको दिन मङ्गलबारदेखि सञ्चालनमा ल्याइएको हो...