Category: TNV News Update

राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी
TNV News Update

राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी

काठमाडौँ, १८ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रीपरिषद्को सिफारिसमा उक्त अध्यादेश बिहीबार जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
TNV News Update

अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना

प्रकाश सिलवाल काठमाडौँ, १७ वैशाख । नयाँ शैक्षिकसत्र सुरू भएसँगै अभिभावकको रोजाइमा परेका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन अभिभावक, शिक्षक–कर्मचारीलाई भ्याइनभ्याइ छ । अधिकांश निजी लगानीका विद्यालयमा वैशाख १५ गतेदेखि पढाइ सुरु भइसकेको छ भने सामुदायिक विद्यालयमा भर्ना जारी छ । सामुदायिक विद्यालयले नयाँ विद्यार्थी भर्ना फाराम वितरण, सङ्कलन...
‘पञ्चकन्या जाल्पादेवी’ मन्दिर प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै
TNV News Update

‘पञ्चकन्या जाल्पादेवी’ मन्दिर प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै

भोजपुर, १७ वैशाख । भोजपुरको हतुवागढी गाउँपालिका–४ कटहरे लुङथुङमा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको पञ्चकन्या जाल्पादेवी मन्दिर प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण डाँडाकाँडाबिच रहेको यो देवस्थल स्थानीयवासीको गहिरो आस्था र विश्वासको केन्द्र भए पनि यसको प्रभावकारी प्रचारप्रसार नहुँदा पहिचान अझै विस्तार हुन सकेको छैन ।...
रोल्पामा जिप दुर्घटना हुँदा १८ जनाको मृत्यु
TNV News Update

रोल्पामा जिप दुर्घटना हुँदा १८ जनाको मृत्यु

दाङ, १७ वैशाख । रोल्पामा आज जिप दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुनिल थापा नेपालका अनुसार रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिकाको जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको जीप आज दिउँसो रोल्पाको थवाङ गाउँपालिका–१ सल्याप भन्ने ठाउँमा दुर्घटनामा...
अटो चलाएर आत्मनिर्भर बन्दै महिला
TNV News Update

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

हरि परियार ललितपुर, १७ वैशाख । ललितपुरको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि कसरी जीविका चलाउने भन्ने सोच्नै सकिरहनुभएको थिएन । एकमात्र विकल्प वैदेशिक रोजगारीमा जाने योजना बनाउँदै उहाँले राहदानीसमेत बनाइसक्नुभएको थियो । त्यसैबिचमा गाउँपालिकाले आयोजना गरेको अटो चालक तालिममा सहभागी हुने अवसर प्राप्त गर्नुभयो । “तालिम लिएपछि गाउँमै...
कर्मचारीको बढुवा अब कार्य मूल्याङ्कन सूचकका आधारमा हुने
TNV News Update

कर्मचारीको बढुवा अब कार्य मूल्याङ्कन सूचकका आधारमा हुने

नारायण न्यौपाने काठमाडौँ, १७ वैशाख । सरकारले निजामती कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन तथा नेतृत्व विकासलाई वस्तुगत र व्यावहारिक बनाउन लागेको छ । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा निजामती सेवालाई बढी कार्यमूलक, नतिजामुखी र सेवाग्राहीमैत्री बनाउन कार्य सम्पादन मूल्याङ्कन प्रणाली सुधारमा जोड दिइएको छ...
परम्परागत सीप र हस्तकला आम्दानीको मुख्य स्रोत
TNV News Update

परम्परागत सीप र हस्तकला आम्दानीको मुख्य स्रोत

तनहुँ, १७ वैशाख । हाम्रो समाजमा प्रविधिको विकाससँगै परम्परागत पुर्ख्यौली सीप छाडेर वैकल्पिक रोजगारीको खोजीमा युवा भौतारिने गरेका छन् । उनीहरु प्रविधिको विकाससँगै आफूमा भएको सीपको उपयोग छाडेर रोजगारीका निम्ति विदेश जान आतुर हुन्छन् । तर, तनहुँका भुजेल समुदायले परम्परागत पुर्ख्यौली सीपलाई आज पनि जीविकोपार्जनको आधार बनाइरहेका छन् । भुजेल...
विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
TNV News Update

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

झापा, १७ वैशाख । कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । विद्यार्थी ओसारिरहेको विद्यापानी माध्यमिक विद्यालयको प्र१–०१–००१ ख४४८२ नम्बरको बस दुर्घटना भएको हो । दुर्गाभिट्टाबाट आमबारीतर्फको भित्री सडकमा जाँदै गर्दा प्र१–०१–०१३ प३४८२ नम्बरको मोटरसाइलकलाई ठक्कर दिँदा अनियन्त्रित भइ बस पल्टिएको जिल्ला प्रहरी कार्यालयका...
सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ
TNV News Update

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर, १७ वैशाख । सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा यहाँ एक हजार ४६० जना फरार कैदीबन्दीलाई पक्राउ गरेको छ । विभिन्न आपराधिक घटनामा संलग्न हुनुका साथै अदालत र जिल्ला प्रशासन कार्यालयबाट कैद सजाय र जरिवाना गरी फरार रहेका प्रतिवादीलाई पक्राउ गरी कारबाही भइरहेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय...