‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै
काठमाडौँ, २५ वैशाख । ‘मानवतामा एकताबद्ध’ भन्ने नाराका साथ आज विश्व रेडक्रस तथा रेड क्रिसेन्ट दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदै छ । यस अवसरमा जारी सन्देशमा जटिल र विभाजित बन्दै गएको विश्वमा रेडक्रस तथा रेड क्रिसेन्टका स्वयंसेवक र कर्मचारीले बाहिरी व्यक्तिका रूपमा नभइ समुदायकै सदस्यका रूपमा सहानुभूति,...
सर्लाहीमा सुनचाँदीका गरगहना चोरेको आरोपमा बालकसहित पाँच जना पक्राउ
राजेन्द्र विश्वकर्मा सर्लाही, २५ वैशाख । सर्लाही प्रहरीले मलङ्गवा नगरपालिका–८ हनुमान टोलस्थित एक घरबाट सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा तीन बालकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गत सोमबार राति करिब २ः५२ बजे राजीव शर्माको घरबाट विभिन्न सुनचाँदीका गरगहना तथा अन्य सामान चोरी भएको सूचना...
पोखरेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीको बाढी
हरिप्रसाद बास्तोला गण्डकी, २४ वैशाख । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख २३ गत शनिबार बिहान आएको विनाशकारी बाढी सम्झेर स्थानीय जनता अहिले पनि त्रसित देखिन्छन् । माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृङ्खलाबाट खसेको हिमपहिरो र साना हिमताल फुट्दा उत्पन्न भएको विपद्लाई मार्मिक र दर्दनाक घटनाका रुपमा पोखरेली जनताले लिने...
सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना
काठमाडौँ, २४ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनाले सूचना प्रविधिको तीव्र विकास र ‘डिजिटल मिडिया’को बढ्दो प्रभावसँगै सञ्चारमाध्यमले नागरिकको आवाज र सामाजिक हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ । गोरखापत्र प्रकाशनको १२६औँ वर्ष प्रवेशका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सञ्चारमाध्यमप्रति नागरिकको अपेक्षा र विश्वासलाई केन्द्रमा राखेर...
समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ : राष्ट्रपति पौडेल
काठमाडौँ, २४ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो बनाउँदै विभिन्न समयमा भएका जनआन्दोलनहरू तथा संघर्षहरूमा नेपाली जनताले प्रकट गरेको सुशासन, विकास, प्रगति र आर्थिक समृद्धिको युगानुकुल चाहनालाई पूरा गर्ने अभियानमा नेपाली प्रेसले अझै प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ । सूचना तथा...
धारापानीवासी कुटानीपिसानी गर्न पानीघट्टकै भर
कञ्चनपुर, २४ वैशाख । शुक्लाफाँटा नगरपालिकाअन्तर्गत चुरे क्षेत्रको धारापानी गाउँका बासिन्दा अझै पनि परम्परागत पानी घट्टमा निर्भर छन् । यहाँ अन्न पिस्ने एकमात्र माध्यम यही घट्ट हो । यस वर्ष गाउँमा विद्युत्का तार टाँगिए पनि सेवा सञ्चालनमा आएको छैन । दैनिक आवश्यक पिठो जुटाउन स्थानीयहरू घट्टमै भर पर्न बाध्य छन्...
ढुङ्गा खसेर गाडीमा आगलागी
चितवन, २४ वैशाख । मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोलामा ढुङ्गा खसेर गाडीमा आगलागी भएको छ । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बिएडी ४०१४ नम्बरको गाडीमा आगलागी भएको हो । माथिबाट खसेको ढुङ्गा गाडीको इन्धन ट्याङ्कीमा लाग्दा ठोक्किएर आगलागी भएको र गाडी पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...
पूर्वअर्थमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ, २४ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा मूल सम्झौताको प्रावधानविपरीत ठेकेदार कम्पनीलाई कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनामाथि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । नेपाल सरकारले ऋण स्वरूप प्राप्त गरेको सार्वजनिक सम्पत्तिमध्येबाट जम्मा तीन अर्ब ६२ करोड पाँच लाख...
विश्व सम्पदामा सूचीकृतोन्मुख पनौती
राजकुमार पराजुली काभ्रेपलाञ्चोक, २४ वैशाख । काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीलाई ‘विश्व सम्पदा’मा सूचीकृत गराउन वर्षौँदेखि प्रयास भइरहेको छ । विश्व सम्पदामा सूचीकृत गर्न संयुक्त राष्ट्रसङ्घीय अङ्ग (युनेस्को)का प्रतिनिधिदेखि नगरका जनप्रतिनिधिसम्म लागिपरेका छन् । विशेषगरी पनौती नगरपालिका–७ स्थित सम्पदा क्षेत्रलाई लक्षित गरी भएका विभिन्न प्रयासस्वरुप प्रक्रिया अन्तिम...