Category: TNV News Update

आफ्नै पखेरामा ‘सुन’ फलाउँदैछन् किसान
TNV News Update

आफ्नै पखेरामा ‘सुन’ फलाउँदैछन् किसान

नवीन रिजाल दैलेख, २५ वैशाख । सपनाको खेती गर्न सात समुद्र पार गरेर परदेशको तातो बालुवामा पसिना बगाउन जाने युवाहरूको लर्को लागिरहेका बेला दैलेखको गुराँस गाउँपालिकाका कृषकहरूले भने आफ्नै पाखा–पखेरामा ‘सुन’ फलाएर मुलुकलाई नै नयाँ सन्देश दिएका छन् । कुनै समय बाँझो रहेका, काँडाघारीले भरिएका र केबल घाँस–दाउरामा मात्रै सीमित...
चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको हो : शिक्षामन्त्री पोखरेल
TNV News Update

चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको हो : शिक्षामन्त्री पोखरेल

काठमाडौँ, २५ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरुको चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको बताउनुभएको छ । सिंहदरबार आज सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल सरकारका प्रवक्ता पोखरेलले आफूहरुको वाचापत्रलाई निर्वाचनका समयमा छलफल भएको र वाचापत्रलाई जनताले अनुमोदन गरिसकेकोले विद्यार्थी सङ्गठन नराख्ने विषयमा थप बहस आवश्यक नभएको...
नेपाल ‘ए’ द्वारा अमेरिका पराजित
TNV News Update

नेपाल ‘ए’ द्वारा अमेरिका पराजित

काठमाडौँ, २५ वैशाख । एक दिवसीय खेलमा नेपाल ‘ए’ ले संयुक्त राज्य अमेरिकालाई पराजित गरेको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ ले अमेरिकामाथि तीन विकेटको जित हासिल गरेको हो । अमेरिकाले जितको लागि दिएको २६३ रनको लक्ष्य नेपाल ‘ए’ ले पाँच बल बाँकी रहँदा पूरा...
साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल
TNV News Update

साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौँ, २५ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउने बताउनुभएको छ । राष्ट्रपति भवनमा आज आयोजित नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोहमा उहाँले साहित्य, कला र सङ्गीतले सबै नेपालीलाई एकताको सूत्रमा बाँधेको बताउनुभयो । राष्ट्रपति पौडेलले साहित्य, कला र सङ्गीत राष्ट्रिय सम्पत्ति...
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
TNV News Update

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

भीष्मराज ओझा काठमाडौँ, २५ वैशाख । नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’मा यस वर्षको दोस्रो याम (चैत–वैशाख)मा १३ नाउर र छ झारलको सिकार गरिएको छ । यस आरक्षमा लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा नाउर, झारल, रतुवा र बँदेलको सिकार गर्न पाइन्छ । आरक्षमा दुई याममा सिकार खेलाइन्छ । पहिलो...
हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह
TNV News Update

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

अच्युत रेग्मी काठमाडौँ, २५ वैशाख । वसन्त ऋतु हिमाल आरोहणको मौसम अर्थात स्वदेशी तथा विदेशी आरोहीहरुका लागि हिमाल आरोहण गर्ने समय । कतिपय नयाँ आरोहीहरु आरोहणका लागि तयारी गर्दैछन् भने कोही विगतमा आफूले राखेका वा अन्य आरोहीका रेकर्डहरु तोड्दै नयाँ कीर्तिमानहरु राख्न आतुर देखिन्छन् । नेपाल पर्यटन बोर्डले छ हजार...
यी हुन् मन्त्रीपरिषद् बैठकका निर्णय
TNV News Update

यी हुन् मन्त्रीपरिषद् बैठकका निर्णय

काठमाडौँ, २५ वैशाख । सरकारले विदेशस्थित १५ जना नेपाली अवैतानिक वाणिज्यदूत तथा ‘कन्सल’लाई पदमुक्त गरेको छ । मन्त्रीपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ता शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलका अनुसार बैठकले यही वैशाख २८ गते सोमबार अपराह्न ४ बजे बस्ने सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई...
एमालेका मेचे राष्ट्रियसभा सचेतक
TNV News Update

एमालेका मेचे राष्ट्रियसभा सचेतक

काठमाडौँ, २५ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्रियसभा सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ । एमाले संसदीय दलका नेता रामबहादुर थापाले उहाँलाई सचेतकमा आज नियुक्त गर्नुभएको हो ।
चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछ : अभिनेत्री खड्का
TNV News Update

चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछ : अभिनेत्री खड्का

काठमाडौँ, २५ वैशाख । अभिनेत्री स्वस्तिमा खड्का पछिल्लो समय चरित्र बाच्ने अभिनेत्रीको रुपमा परिचित हुनुहुन्छ । ‘होस्टेल रिटन्स’ नामक चलचित्रमार्फत अभिनय यात्राको सुरुवात गर्नुभएकी अभिनेत्री खड्कालाई चर्चित गीत ‘कुटुमा कुटु’ ले आम दर्शकमाझ परिचित गरायो । उहाँलाई ‘कुटुमा कुटु गर्ल’ भनेर उपनाम समेत दिइयो । सुन्दरीका रूपमा मात्र नभई गम्भीर...