Category: TNV News Update

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु
TNV News Update

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी, २१ माघ । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका–४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो । निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ गइरहेका बेला खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर...
भक्तपुर–२ का श्रमिक, किसान र मजदुरका समस्या नजिकबाट बुझेको छु : जन्मदेव जैसी [भिडिओ]
TNV News Update

भक्तपुर–२ का श्रमिक, किसान र मजदुरका समस्या नजिकबाट बुझेको छु : जन्मदेव जैसी [भिडिओ]

आकाङ्क्षा धामी काठमाडौँ, २१ माघ । लामो समयदेखि श्रमजीवी पत्रकारको हक–अधिकार, पेशागत सुरक्षा र श्रम शोषणविरुद्ध आवाज उठाउँदै आउनुभएका पत्रकार तथा श्रम अभियन्ता जन्मदेव जैसी प्रत्यक्ष राजनीतिमा होमिनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले भक्तपुर क्षेत्र नम्बर २ बाट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को तर्फबाट उम्मेदवारी...
सपनाको लड्डु बाँड्न कैलाली–४ आएको होइन, काम गरेर देखाउँछु : गोरख बहादुर बिष्ट
TNV News Update

सपनाको लड्डु बाँड्न कैलाली–४ आएको होइन, काम गरेर देखाउँछु : गोरख बहादुर बिष्ट

गोरख बहादुर बिष्ट ‘आनन्द’ नेपाली काङ्ग्रेसका प्रभावशाली नेता हुनुहुन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छवी बनाउनुभएका बिष्ट चार दशक लामो समयदेखि काङ्ग्रेसमा आवद्ध हुनुहुन्छ । उहाँले काङ्ग्रेसको पूर्वआमन्त्रित केन्द्रीय सदस्य रहनुका साथै नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति भएर काम गरिसक्नुभएको छ । डोटीमा जन्मिनुभएका बिष्ट अध्ययनको सिलसिलामा कैलाली पुग्नुभएको थियो ।...
भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु
TNV News Update

ट्याक्टरबाट खसेर युवकको मृत्यु

तनहुँ, २१ माघ । ऋषिङ गाउँपालिका–३ दाङश्रीको भित्री सडकमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ऋषिङ गाउँपालिका–४ का २३ वर्षीय पूर्णबहादुर थापाको गएराति मृत्यु भएको हो । बालुवा बोकेको ग१त ६२९४ नम्बरको ट्याक्टरबाट खसेर गम्भीर घाइते थापाको रत्नहरि अस्पतालमा...
निर्वाचन सुरक्षाका लागि भोलिदेखि सेना परिचालन
TNV News Update

निर्वाचन सुरक्षाका लागि भोलिदेखि सेना परिचालन

काठमाडौँ, २० माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना २०८२ अनुरूप बुधबारदेखि नेपाली सेनाका संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित हुँदै छन् । निर्वाचनको समयमा शान्ति सुरक्षालाई सुदृढ तुल्याउन सरकार यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरी कार्यान्वयनमा...
पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती
TNV News Update

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी, २० माघ । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको छैन । सडकछेउ र चोकमा फोहर थुप्रिएको छ । फोहर व्यवस्थापन नहुँदा सहर कुरूप मात्र बनेको छैन मानव स्वास्थ्यमा असर पर्ने जोखिम बढेको छ । फोहर नउठ्दा पोखरा महानगरपालिकाप्रति सर्वसाधारण असन्तुष्ट बनेका छन् । पोखरामा फोहर व्यवस्थापनको समस्या...
निर्वाचनमा कतिपय स्थानमा तालमेल हुन पनि सक्छ : उपाध्यक्ष गुरुङ
TNV News Update

निर्वाचनमा कतिपय स्थानमा तालमेल हुन पनि सक्छ : उपाध्यक्ष गुरुङ

काठमाडौँ, २० माघ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दलहरु आम रुपमा एक्लाएक्लै प्रतिस्पर्धामा रहेका तर कतिपय स्थानमा तालमेल हुन पनि सक्ने बताउनुभएको छ । उहाँले देश बनाउने नीति र विचारका आधारमा एमाले पहिलो पार्टी हुने जिकिर गर्नुभयो । प्रेस चौतारी नेपालद्वारा...
समानुपातिक बन्दसूचीका ७६ जना उम्मेदवार अयोग्य ठहर
TNV News Update

समानुपातिक बन्दसूचीका ७६ जना उम्मेदवार अयोग्य ठहर

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत दलहरूले पेस गरेका बन्दसूचीबाट ७६ जना उम्मेदवारलाई अयोग्य ठहर गरेको छ । आयोगले कानुनी मापदण्ड पूरा नगरेका, दोहोरो नाम समावेश भएका तथा आर्थिक तथा प्रशासनिक कारणले अयोग्य ठहरिएका उम्मेदवारहरूको नाम सूचीबाट हटाएको हो ।...
मौसम पूर्वानुमानः पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
TNV News Update

मौसम पूर्वानुमानः पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। यसका कारण तराईका केही स्थानमा तुवाँलो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बादल लागेको छ। ती क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ।...