जथाभावी पार्किङ गरिएका बस नियन्त्रणमा
काठमाडौँ, २१ माघ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले जथाभावी पार्किङ गरिएका १५ वटा रात्री बसलाई नियन्त्रणमा लिइएको छ । आज उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष चेकिङ अभियानमा ती बस नियन्त्रणमा लिइएको हो । लामो दूरीका रात्रिकालीन सेवा सञ्चालन गर्दै आएका ती बसले बाटो इजाजतपत्र (रुट परमिट) अनुसार तोकिएको गन्तव्यसम्म...
निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकप्रतिनिधिबिच समझदारी
काठमाडौँ, २१ माघ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न योजनाबद्ध काम भइरहेको बताउनुभएको छ । निर्वाचन आयोगले सामाजिक सञ्जाल टिकटकका प्रतिनिधिसँग आज गरेको समझदारीपत्र आदानप्रदान समारोहलाई सम्बोधन गर्दै उहाँले निर्वाचनका पक्षमा सङ्लिएको वातावरण धमिलिन नदिन ऐतिहासिक...
स्वास्थ्य बिमामा देखिएका समस्या समाधान हुन्छ : प्रधानमन्त्री कार्की
काठमाडौँ, २१ माघ । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमाका सम्बन्धमा देखिएको समस्या सरकारले स्रोत जुटाएर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज प्रधानमन्त्री कार्यालयमा स्वास्थ्य बिमासम्बन्धी छलफलमा उहाँले आर्थिक अभावको अवस्थामा सेवा कायम राख्ने, एकद्वार प्रणाली लागु गर्ने, बलियो नियमन र तत्काल स्रोत व्यवस्थापनका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख...
मोरङ–६ मा चुनावी सरगर्मी : शेखरको पुनरागमन र ढकालको दाबीमा रास्वपाले लगाउला ब्रेक ?
खेमराज सापकोटा विराटनगर, २१ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मोरङ क्षेत्र नम्बर ६ को राजनीतिक तापक्रम दिनप्रतिदिन बढ्दै गएको छ । परम्परागत रूपमा ठुला दलको प्रभाव रहेको यो क्षेत्रमा यसपटक नयाँ शक्ति र पुराना अनुहारबिच रोचक प्रतिस्पर्धा देखिने सङ्केत देखिएका छन् । २०७९ सालको...
चुनावमा मिथ्या सूचनाको बाढी र यसको व्यवस्थापन
एकराज पाठक काठमाडौँ, २१ माघ । यतिखेर झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा ‘कन्टेन्ट क्रियटर’, एवम् सामाजिक सञ्जालमा सक्रिय व्यक्ति र युट्युबहरूको ओइरो लागेको देखिन्छ । सो क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन्द्र साह उम्मेदवार हुनुहुन्छ । उक्त क्षेत्रमा अड्डा जमाएर बसेका...
काठमाडौँ–८ का उम्मेदवारको सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन मुख्य मुद्दा
नारायण न्यौपाने/अशोक घिमिरे काठमाडौँ, २१ माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ मा सहरी व्यवस्थापनका साथै यहाँ रहेका विश्व सम्पदाहरूको संरक्षण र प्रवर्द्धन गर्ने विषयलाई उम्मेदवारले प्रमुख प्राथमिकतामा राखेका छन् । काठमाडौँको केन्द्रमा रहेका यस निर्वाचन क्षेत्रमा विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार स्क्वायरसहित विभिन्न...
अब बेनीदेखि दिल्लीसम्म बसमा सरर
म्याग्दी, २१ माघ । म्याग्दीको सदरमुकाम बेनीदेखि भारतको दिल्ली बस सेवा सुरुआत भएको छ । मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र सृष्टि यातायात प्रालिले आजदेखि बेनी कालिपुल बासपार्कबाट स्याङ्जा, वालिङ, भैरहवा, अयोध्या, आग्रा हुँदै नयाँ दिल्लीसम्मको यात्रा गर्न सकिने बस सेवा सञ्चालनमा ल्याएको हो । बस सेवाको बेनी नगरपालिकाका प्रमुख...
सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलियो
खाँदबारी, २१ माघ । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलिएको छ । सभाखोलाको पानीलाई प्रयोग गरी निर्माणाधीन २१ दशमलव पाँच मेगावाट क्षमताको सभाखोला आयोजनाको मुख्य सुरुङ सोमबार छिचोलिएको हो । यहाँ एक कार्यक्रमका बिच अर्बिट इनर्जी लिमिटेडका प्रबन्ध सञ्चालक गणेश कार्कीले सुरुङ ‘ब्रेक थ्रु’ गर्नुभएको हो...
हराएको ५५ वर्षपछि घरपरिवारसँग पुनर्मिलन
बेनी, २१ माघ । म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङका धनबहादुर तुलाचन हराएको ५५ वर्षपछि परिवारसँग पुनर्मिलन भएको छ । एक्काइस वर्षको उमेरमा लाहुरे हुने भन्दै घर छोडेर बेपत्ता हुनुभएका तुलाचन अहिले परिवारको सम्पर्कमा आउनुभएको छ । भारतको हिमाञ्चल प्रदेशको कुल्ली मुनाली भन्ने ठाउँमा स्याउ बगैँचामा काम गर्ने तुलाचन एकसाता अगाडि विभिन्न...