मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमुना मतदान’ अभ्यास
खोटाङ, १ फागुन । जिल्ला निर्वाचन कार्यालय खोटाङले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमुना मतदान’ अभ्यास कार्यक्रम सुरू गरेको छ । मतदातालाई मतदान गर्ने सही तरिका सिकाउन, मतपत्र बदर हुन नदिन र मतदान गर्ने समय निर्धारण गर्न निर्वाचन कार्यालयले नमुना मतदान अभ्यास...
वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने छ जना पक्राउ
वीरगञ्ज, १ फागुन । गत सोमबार वीरगञ्जको अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने छ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले सोमबार वीरगञ्जको आर्दशनगरस्थित मदन गुप्ताको अवैध गोदाममा छापा मार्ने क्रममा स्थानीय व्यापारी समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते...
‘भड्किएको अनुशासन’लाई सीमाभित्र ल्याउन निर्वाचन अपरिहार्य : कावा प्रमुख आयुक्त भण्डारी
काठमाडौँ, १ फागुन । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन मुलुकको निकासका लागि विकल्पविहीन भएकाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने कार्यमा सहयोग पुर्याउन समाजका सबै तह र तप्कालाई आह्वान गर्नुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)को ६५औँ वार्षिकोत्सव एवम् विश्व रेडियो दिवसका अवसरमा...
भौतिक मन्त्रीद्वारा बुटवल–नारायणघाट खण्डअन्तर्गत दाउन्ने क्षेत्रको निरीक्षण
काठमाडौँ, १ फागुन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाईंले स्तरोन्नतिको चरणमा रहेको बुटवल–नारायणघाट सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ । मन्त्रालयका सचिव केशवकुमार शर्मा र यातायात व्यवस्था विभागका महानिर्देशक डा विजय जैसीसहितको टोलीले आज उक्त खण्डको स्थलगत निरीक्षण गरेको हो । मन्त्री चौलागाईंले वर्षा सुरु हुनुअघि निर्माणलाई तीव्रता...
सेलेघाट–रामेछाप–साँघुटार सडकको काम अलपत्र छाड्दा यात्रुदेखि स्थानीयसम्म असुरक्षित
रामेछाप, १ फागुन । रामेछापबाट ओखलढुङ्गाको सिमानासम्म जोड्ने सेलेघाट–रामेछाप–साँघुटार सडकको काम निर्माण व्यवसायीले अलपत्र पार्दा सो सडकमा गुड्ने यातायात साधन र यात्री र स्थानीयले हैरानी खेपिरहेका छन् । सडकको पुरानो संरचना भत्काएर लथालिङ्ग पारेर छाडेपछि रामेछाप र ओखलढुङ्गाको लिखु किनारबाट काठमाडौँ आउजाउ गर्ने सवारी साधन सञ्चालनमा कठिनाइ भएको छ भने...
दलहरुको घोषणापत्रमा निःशुल्क शिक्षा होइन, रोजगार र स्रोतको स्पष्ट खाका चाहिन्छ : डा.विष्णु कार्की
काठमाडौँ, १ फागुन । नेपालको शिक्षा प्रणाली समयअनुसार रूपान्तरण हुन नसक्दा अलमलको अवस्थामा पुगेको शिक्षाविद् डा.विष्णु कार्कीले बताउनुभएको छ । नेपाल न्युज बैङ्कसँगको विशेष संवादमा कुरागर्दै उहाँले विगतमा शिक्षाको पहुँच विस्तारमा उल्लेखनीय उपलब्धि हासिल भए पनि गुणस्तर, सिप र संरचनागत सुधारमा अपेक्षित फड्को मार्न नसकिएको उहाँले टिप्पणी गर्नुभयो । विगत...
विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु : सभापति थापा
सर्लाही, १ फागुन । नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले विज्ञहरूको सुझावका आधारमा सर्लाही निर्वाचन क्षेत्र नं ४ को विकासका काम गर्ने बताउनुभएको छ । घरदैलो अभियानअन्तर्गत आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा मतदातासँग भेटघाटका क्रममा उहाँले स्थानीय जनताको आवश्यकता सम्बोधनका लागि विज्ञहरूको सुझावका आधारमा काम गर्ने बताउनुभएको हो । प्रतिनिधिसभा...
सङ्खुवासभामा निर्वाचन तयारी तीव्र : आठ मतदानस्थल अति संवेदनशील
खाँदबारी, १ फागुन । आसन्न निर्वाचनअन्तर्गत सङ्खुवासभाका आठ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । सुरक्षा संवेदनशीलताको हिसाबले आठ मतदानस्थललाई अति संवेदनशील वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका १०९ मतदानस्थलमध्ये सुरक्षा संवेदनशीलताको दृष्टिकोणले आठ वटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको हो । जिल्लामा...
सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन
काठमाडौँ, १ फागुन । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले आसन्न निर्वाचनको समयमा देखापर्नसक्ने चुनौतीको समयमै सूचना संकलन र सुरक्षा संवेदनशीलतालाई विश्लेषण गर्दै परिचालित हुन निर्देशन दिनुभएको छ । ‘आसन्न निर्वाचनको सन्दर्भमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयवस्तुमा’ आज भर्चुअल माध्यमबाट प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उहाँले आसन्न निर्वाचनलाई राष्ट्रिय सङ्कल्पका रूपमा...