Category: TNV News Update

देशलाई विकास र सुशासन चाहिएको छ : सभापति लामिछाने
TNV News Update

देशलाई विकास र सुशासन चाहिएको छ : सभापति लामिछाने

गण्डकी, २८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा विकास र सुशासन चाहिएकाले त्यसका लागि आफू नेतृत्वको पार्टी जनतामाझ आएको दाबी गर्नुभएको छ । पोखरामा आज आयोजित रास्वपाको चुनावी कार्यक्रममा उहाँले आगामी निर्वाचनबाट मुलुकले सक्षम नेतृत्व पाउने विश्वास व्यक्त गर्नुभयो । सुशासनको अजेण्डासहित निर्वाचनमा होमिएको भन्दै अघिल्लो निर्वाचनको...
वातावरण संरक्षणसँगै पूर्वाधार विकास आवश्यक : वनमन्त्री चौलागाईं
TNV News Update

वातावरण संरक्षणसँगै पूर्वाधार विकास आवश्यक : वनमन्त्री चौलागाईं

काठमाडौँ, २८ माघ । वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले देशको समृद्धिका लागि वातावरण संरक्षणसँगै दिगो पूर्वाधार विकास आवश्यक रहेकामा जोड दिनुभएको छ । नेपाल वातावरण पत्रकार समूह र अर्थ जर्नालिजम नेटवर्कको संयुक्त आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा उहाँले दुवै विषयसँग सम्बन्धित मन्त्रालयको जिम्मेवारी हाल आफूले सम्हालेको र सोहीअनुसार समन्वय गरिरहेको...
चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
TNV News Update

चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

काठमाडौंँ, २८ माघ । पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान ५६ जिल्लाका ४९३ स्थानीय तहमा सञ्चालन गरिएको छ । हिमाली र पहाडी भेगका २१ जिल्लाबाहेकका ५६ जिल्लामा ४९३ स्थानीय तहमा खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो...
सङ्खुवासभामा निर्वाचन चहलपहल बढ्दो : प्रजिअ थपलियाद्वारा मतदानस्थल र मतदान केन्द्रको अनुगमन जारी
TNV News Update

सङ्खुवासभामा निर्वाचन चहलपहल बढ्दो : प्रजिअ थपलियाद्वारा मतदानस्थल र मतदान केन्द्रको अनुगमन जारी

खाँदबारी, २८ माघ । सङ्खुवासभामा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्रको अनुगमनलाई तीव्र बनाइएको छ । यसक्रममा प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियासहित मुख्य निर्वाचन अधिकृत तथा जिल्ला सुरक्षा समितिका अन्य पदाधिकारीले मतदानस्थल र मतदान केन्द्रको अनुगमनलाई जारी राखेका छन् । यसक्रमा टोलीले मतदान केन्द्रको भौतिक अवस्था, सुरक्षा...
आर्थिक लाभ नदिने ‘खुद्रे तथा टुक्रे’ आयोजनामात्र रोकिएको हो : अर्थमन्त्री खनाल
TNV News Update

आर्थिक लाभ नदिने ‘खुद्रे तथा टुक्रे’ आयोजनामात्र रोकिएको हो : अर्थमन्त्री खनाल

काठमाडौँ, २८ माघ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले विकास निर्माण आयोजना स्थगन गरिएको विषयमा स्पष्ट पार्दै तयारी नै नभएका तथा समष्टिगत रूपमा तत्काल आर्थिक लाभ नदिने ‘खुद्रे तथा टुक्रे’ आयोजनामात्र रोकिएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिस्ट पार्टीका सांसद भुवनबहादुर सुनुवारको प्रश्नको जवाफ दिँदै उहाँले बजेटीय दबाब र प्राथमिकता...
भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी सरकारको हो : प्रधानमन्त्री कार्की
TNV News Update

भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी सरकारको हो : प्रधानमन्त्री कार्की

काठमाडौँ, २८ माघ । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी सरकारको हुने भएकाले सोहीअनुसार कामकाज भइरहेको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचार न्यूनीकरण तथा नियन्त्रण गरी सुशासन कायम गर्ने सन्दर्भमा सरकार अहोरात्र खटिरहेको बताउनुभयो...
गण्डकी प्रदेश : जलवायु परिवर्तनसँगै पूर्वाधार विकास, कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा
TNV News Update

गण्डकी प्रदेश : जलवायु परिवर्तनसँगै पूर्वाधार विकास, कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा

वासुदेव पौडेल गण्डकी, २८ माघ । फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दल तथा उम्मेदवारहरू बस्तीबस्तीमा मतदाता रिझाउन पुगिसकेका छन् । हिमाल पहाड र तराईमा समेटिएको गण्डकी प्रदेश देशको मध्यभागमा भएको प्रदेश पनि हो । गण्डकीमा हुने गरेको गतिविधिले समग्र देशलाई प्रतिनिधित्व गर्छ । हिमाल पारिका जिल्ला मनाङ, मुस्ताङदेखि...
भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि आयोगले काम गरिरहेका छ : अख्तियार प्रमुख आयुक्त राई
TNV News Update

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि आयोगले काम गरिरहेका छ : अख्तियार प्रमुख आयुक्त राई

काठमाडौँ, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले मुलुकको शासन–प्रशासनमा विचौलियाको प्रभाव बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभएको छ । आयोगको ३५औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले विगत केही वर्षयता साना प्रशासनिक कामदेखि बजेट निर्माण, योजना छनोट, उच्चस्तरीय नियुक्ति, मन्त्री चयन र सरकार...
सुनचाँदीको मूल्य आज पनि बढ्यो
TNV News Update

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ, २८ माघ । स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार वृद्धि भएको छ । मङ्गलबारको तुलनामा दुवै धातुको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख छ हजार ६०० रूपैयाँ र एक तोला चाँदीको मोल पाँच हजार २९० रूपैयाँ कायम भएको छ ।...