‘यमच्छो’ अर्थात् ‘वीरेन्द्र ताल’
गोरखा, २९ वैशाख । पचास वर्षअघिसम्म सामागाउँका बासिन्दाले गाउँमाथिको पवित्र ताललाई ‘यमच्छो’ भन्थे । विसं २०३४ मा जब तत्कालीन राजा वीरेन्द्र यहाँ भ्रमणमा आउनुभयो, उहाँ यमच्छो देखेर गदगद् हुनुभएको थियो । मनास्लु बगेर जमेको यो ताल राजालाई धेरै नै मन परेछ भन्ने स्थानीयले महसुस गरेछन् । राजा बिदा हुने बेला...
कानुन, सुशासन र प्रशासनिक सुधारमा उल्लेख्य प्रयास भएको छ : अर्थमन्त्री डा.वाग्ले
काठमाडौँ, २९ वैशाख । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयमार्फत ३० दिनमा भएका महत्त्वपूर्ण कार्यबारे संसदीय समितिलाई जानकारी दिनुभएको छ । प्रतिनिधिसभाको अर्थ समितिको आजको बैठकमा उहाँले आर्थिक नीति तथा कानुन, सुशासन र प्रशासनिक सुधार, बजेट तथा सरकारी वित्त व्यवस्थापनलगायत विषयमा यसबीचमा महत्त्वपूर्ण काम भएको उल्लेख गर्नुभयो । उहाँले पदबहालीपछिका ३०...
‘सांसदले उठाएका प्रश्नको जवाफ दिनुपर्छ’
काठमाडौँ, २९ वैशाख । श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राईले संसद्मा सांसदले उठाएका प्रश्नहरूका जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नेता राईले जनताले निर्वाचित गरेको प्रधानमन्त्रीले जनताको आवाज सुन्नुपर्नेमा जोड दिनुभयो । संविधानमा स्थापित अधिकारलाई सरकारले सम्मान गरेमात्र लोकतन्त्रलाई सही बाटोमा लैजान सकिने उहाँको...
अर्घाखाँचीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो, २७ जना घाइते
अर्घाखाँची, २९ वैशाख । अर्घाखाँचीको पाणिनी गाउँपालिकाको दुर्गाफाँट कुरुलेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ भने २७ जना घाइते भएका छन् । सन्धिखर्क घुम्ती तानसेन पाल्पा सडकखण्डअन्तर्गत पाणिनी ८ को कुरुलेफाट नजिक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै, एक जनाको उपचारका क्रममा अर्घाखाँची अस्पताल र चालकको लुम्बिनी मेडिकल...
रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद थापाको कडा टिप्पणी
काठमाडौँ, २९ वैशाख । नेकपा (एमाले)का सांसद राम बहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नीति, शासन शैली र राजनीतिक उद्देश्यबारे गम्भीर प्रश्न उठाउनुभएको छ । बैठकमा बोल्दै उहाँले सरकारले सत्ता सम्हालेपछि संसद् अधिवेशन स्थगन गरी एकै पटक ८ वटा अध्यादेश जारी गर्नु गम्भीर...
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री पोखरेल
काठमाडौँ, २९ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजकोे बैठकमा मन्त्री पोखरेलले सरकारले एक महिनाभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने सरकारको प्रतिबद्धता कार्यान्वयन भएको उल्लेख...
विपन्न बालबालिकालाई कपडा वितरण
बागलुङ, २९ वैशाख । बागलुङको निसीखोला गाउँपालिकाका दुई हजार ९१३ विपन्न बालबालिकालाई कपडा वितरण गरिएको छ । ‘स्लिपिङ चिल्ड्रेन अराउन्ड द वल्र्ड क्यानडियन’ संस्थाको सहयोगमा रोटरी क्लब अफ हिमालयन ग्लोफोर्स काठमाडौँले दुई करोड ३४ लाख रुपैयाँबराबरको लत्ताकपडा वितरण गरेको हो । गाउँपालिकाभित्रका ४५ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ६ देखि १२...
एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनित
काठमाडौँ, २९ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलको उपनेतामा पार्टीका सचिव तथा पूर्वमन्त्री पद्मा अर्याललाई मनोनित गरेको छ । एमाले संसदीय दलका नेता राम बहादुर थापा (बादल)ले उपनेतामा पूर्वमन्त्री अर्याललाई मनोनित गर्नुभएको प्रमुख सचेतक ऐन महरले बताउनुभयो । एमाले सचिव अर्याल समानुपातिकबाट सांसद हुनुहुन्छ । पार्टीले यसअघि दलको...
मेची पुलबाट ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरू
झापा, २९ वैशाख । मानव सेवा आश्रमले सडकपेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न नपरोस् भनेर ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८३’ सुरू गरेको छ । पूर्वीनाका काँकरभिट्टास्थित मेची पुलमा सोमबार साँझ दीप प्रज्ज्वलन गरी सुरू भएको उद्धार यात्रा जेठ २२ गतेसम्म देशव्यापी रूपमा सञ्चालन हुने जनाइएको छ । आनी छोइङ डोल्मा फाउन्डेसनकी...