Category: TNV News Update

सर्लाहीमा निर्वाचन तयारी तीव्र : मतपत्रबाहेक सबै सामग्री जिल्ला आइपुग्यो
TNV News Update

सर्लाहीमा निर्वाचन तयारी तीव्र : मतपत्रबाहेक सबै सामग्री जिल्ला आइपुग्यो

सर्लाही, ४ फागुन । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीमा तयारी तीव्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालय मलङ्गवामा मतपत्रबाहेकका सम्पूर्ण निर्वाचन सामग्री आइपुगेको जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलले जानकारी दिनुभयो । आयोगबाट प्राप्त हुने र जिटुजी प्रक्रियामार्फत खरिद गरिएका सबै सामग्री सुरक्षाकर्मीको उपस्थितिमा प्याकिङ भइरहेको...
‘लाफा दाइ’को २८ वर्षे आर्ट यात्रा : आर्ट व्यवसायबाटै नाम र दाम दुवै कमाउन सफल
TNV News Update

‘लाफा दाइ’को २८ वर्षे आर्ट यात्रा : आर्ट व्यवसायबाटै नाम र दाम दुवै कमाउन सफल

खोटाङ, ४ फागुन । रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका भोज बहादुर थापा मगर ‘लाफा दाइ’ले आर्ट (चित्रकला) व्यवसाय सुरू गर्नुभएको २८ वर्ष पूरा भयो । कलाकार भोजबहादुर आफ्नो नामले भन्दा कामले परिचित हुनुभएको छ । उहाँको आर्ट फर्मको नाम हो ‘लाफा आर्ट’ । उहाँ आफ्नो वास्तविक नाम (भोज बहादुर)ले भन्दा पनि लाफा...
मनाङ मर्स्याङ्दी क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा
TNV News Update

मनाङ मर्स्याङ्दी क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

कास्की, ४ फागुन । मनाङ मर्स्याङदी क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज सम्पन्न क्वाटरफाइनलको तेस्रो खेलमा पाहुना टोली भारत सिक्मिमको थण्डरबोल्ड नर्थ युनाइटेडमाथि १–० को कठिन जित निकाल्दै मनाङले अन्तिम चारमा स्थान बनाउन...
ढुङ्गाले लागेर स्काभेटर चालकको मृत्यु
TNV News Update

ढुङ्गाले लागेर स्काभेटर चालकको मृत्यु

खाँदबारी, ४ फागुन । सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ स्थित सानो यार्क्खकमा निर्माणाधीन छुजुङ खोला जलविद्युत् आयोजनाको बाटो खन्ने क्रममा आज ढुङ्गाले लागेर स्काभेटर चालकको मृत्यु भएको छ । स्काभेटर चालक चिचिला गाउँपालिका–३ दिदिङका ३८ वर्षीय देवराज राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो ।...
बैङ्किङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुन्छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
TNV News Update

बैङ्किङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुन्छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ, ४ फागुन । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बैङ्किङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुने बताउनुभएको छ । आयोगमा आज आयोजित बैङ्करहरुसँगको छलफलमा उहाँले हात, हातमा पैसा लिएर चुनावमा खर्च गर्न नपाइने व्यवस्था गरिएको बताउनुभयो । यसकै लागि आयोगले छुट्टै निर्देशिका बनाएको जानकारी उहाँले दिनुभयो । जसअनुसार राजनीतिक दल...
प्रतिनिधि सभा निर्वाचन : खोटाङमा अनुभव, सङ्गठन र वैकल्पिक शक्तिबिच सङ्घर्ष
TNV News Update

प्रतिनिधि सभा निर्वाचन : खोटाङमा अनुभव, सङ्गठन र वैकल्पिक शक्तिबिच सङ्घर्ष

खेमराज सापकोटा विराटनगर, ४ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन खोटाङलाई बहुपक्षीय प्रतिस्पर्धाको केन्द्र बनाएको छ । कोशी प्रदेशको पहाडी जिल्ला त्यसमाथि एकमात्र निर्वाचन क्षेत्र रहेको खोटाङलामो समयदेखि नेपाली काङ्ग्रेस र नेकपा (एमाले)को मुख्य प्रतिस्पर्धी बनेको जिल्ला हो । २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा भने...
दश दिनपछि खुल्यो तुम्लिङटार विमानस्थल
TNV News Update

दश दिनपछि खुल्यो तुम्लिङटार विमानस्थल

खाँदबारी, ४ फागुन । प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल आजदेखि खुलेको छ । मौसम अनुकूल भएपछि काठमाडौँ उडान भएको छ । आजदेखि काठमाडौँ–तुम्लिङटार उडान पुनः सञ्चालन भएको नागरिक उड्ययन कार्यालयका प्रमुख नवराज दाहालले बताउनुभयो । तुवाँलोका कारण ‘भिजिबिलिटी’ नहुँदा हवाई सेवा अवरुद्ध भएको हो । यो...
सिन्धुलीमा जेनजी युवा दिपेशको कृषि क्रान्ति : ‘छहारी फार्म’बाट फूड फरेस्ट र अर्गानिक सख्खर
TNV News Update

सिन्धुलीमा जेनजी युवा दिपेशको कृषि क्रान्ति : ‘छहारी फार्म’बाट फूड फरेस्ट र अर्गानिक सख्खर

काठमाडौँ, ४ फागुन । कृषि विषयमा स्नातक अध्ययन पूरा गरेका जेनजी पुस्ताका युवा किसान दिपेश नेपालले पूर्णकालीन रूपमा कृषिमा लागेर सिन्धुलीमा ‘छहारी फार्म’ स्थापना गर्नुभएको छ । करिब तीन वर्षदेखि कृषिमा सक्रिय उहाँ पछिल्ला दुई वर्षदेखि पूर्णकालीन किसानका रूपमा काम गरिरहनुभएको छ । प्रारम्भमा ४–५ लाख रुपैयाँ पारिवारिक सहयोगमा कृषिपेशा...
मतपत्र छपाइ अन्तिम चरणमा : जनक शिक्षा सामग्री केन्द्र
TNV News Update

मतपत्र छपाइ अन्तिम चरणमा : जनक शिक्षा सामग्री केन्द्र

भक्तपुर, ४ फागुन । प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र आज छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छपाइ बाँकी रहेका पाँच लाख मतपत्र आज दिनभरमा छपाइ सम्पन्न हुने जनाएको छ । केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले मतपत्र छपाइ आज सम्पन्न हुने जानकारी दिँदै बागमती प्रदेशका लागि...