Category: TNV News Update

पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
TNV News Update

पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस

काठमाडौँ, ८ फागुन । नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठकमा भाग लिने सिलसिलामा लिस्बनमा रहनुभएका परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र पोर्चुगलका परराष्ट्र तथा सहयोग मामिलासम्बन्धी सचिव डा.अना इसाबेल जेभियरले बिहीबार विशेष समारोहका बिच लिस्बनस्थित नेपाली दूतावासको चान्सरीको संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ । त्यस अवसरमा परराष्ट्र सचिव राईले दूतावासको स्थापनामा...
खोटाङमै सुरू भयो पाठेघर खस्ने समस्यासम्बन्धी शल्यक्रिया सेवा
TNV News Update

खोटाङमै सुरू भयो पाठेघर खस्ने समस्यासम्बन्धी शल्यक्रिया सेवा

खोटाङ, ७ फागुन । खोटाङस्थित जिल्ला अस्पतालमै पाठेघर खस्ने समस्यासम्बन्धी निःशुल्क शल्यक्रियासहितको उपचार सेवा सुरू गरिएको छ । अबदेखि सो समस्याका लागि राजधानी पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । सेवा सुरू भएलगत्तै दुई महिलाको सफल उपचार गरिएको अस्पताल प्रमुख एवम् डा.अमिताब ठाकुरले जानकारी दिनुभयो । “म यहाँ आएपछि धेरै महिलाको...
सर्लाहीमा गोली लागेर एक बालक घाइते
TNV News Update

सर्लाहीमा गोली लागेर एक बालक घाइते

सर्लाही, ७ फागुन । सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एक बालक घाइते हुनुभएको छ । मलङ्गवा नगरपालिका–४ निवासी रामविश्वास रामका १५ वर्षीय छोरा आकाश राम गोली लागेर घाइते हुनुभएको हो । मलङ्गवा–४ स्थित ‘ढाकाबोर्डर’ भन्ने स्थानमा फेला परेको बेवारिसे पेस्तोल खेलाउने क्रममा बालकलाई गोली लागेको हो । उक्त घटनामा...
देश बनाउन युवाको ऊर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिन्छ : ओली
TNV News Update

देश बनाउन युवाको ऊर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिन्छ : ओली

काठमाडौ ७ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उहाँले देश बनाउन युवाको ऊर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिने बताउनुभएको छ । पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा आज उहाँले आगामी निर्वाचन राष्ट्रघात र स्वाभिमानबीचको संघर्ष भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आगो र उज्यालो दुवै मिलेर मात्र यो देशको...
काङ्ग्रेसले भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन : सभापति थापा
TNV News Update

काङ्ग्रेसले भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन : सभापति थापा

काठमाडौँ, ७ फागुन । नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन चाहेको बताउनुभएको छ । काठमाडौँको राष्ट्रिय सभागृहमा आज ‘हाम्रो प्रतिज्ञा तपाईंको प्रश्न’ नामक काङ्ग्रेसको प्रतिज्ञापत्र विस्तृत सार्वजनिक एवम् सवाल जवाफ कार्यक्रममा सभापति थापाले भन्नुभयो, “काङ्ग्रेसले यी कुरा गर्दै गर्दा भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र...
राससको यात्रा पत्रकारिताको आधारस्तम्भ हो : उपराष्ट्रपति यादव
TNV News Update

राससको यात्रा पत्रकारिताको आधारस्तम्भ हो : उपराष्ट्रपति यादव

काठमाडौँ, ७ फागुन । उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय समाचार समिति (रासस)को यात्रा समाचार सम्प्रेषणको इतिहास मात्र नभइ नेपालको आधुनिक पत्रकारिताको आधारस्तम्भ भएको बताउनुभएको छ । राससको ६५औँ वार्षिकोत्सवको अवसरमा आज राससमा आयोजित विशेष समारोहमा उहाँले विगत ६५ वर्षमा यो संस्थाले सत्य, निष्पक्षता र तटस्थताको सिद्धान्तलाई आत्मसात गर्दै आमनागरिकलाई निरन्तर सूचित...
प्रजातन्त्रको मूल आधार भनेको जनताको सर्वोच्चता हो : पूर्वराष्ट्रपति यादव
TNV News Update

प्रजातन्त्रको मूल आधार भनेको जनताको सर्वोच्चता हो : पूर्वराष्ट्रपति यादव

काठमाडौँ, ७ फागुन । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादव २०६५ साउनमा निर्वाचित हुनुभएको थियो । यसअघि उहाँ लामो समय नेपाली कांग्रेस पार्टीमा विभिन्न जिम्मेवारीमा रही अग्रणी भूमिका निर्वाह गर्नुका साथै स्वास्थ्यमन्त्री हुनुभएको थियो । विसं २०६५ साउन ८ गतेदेखि २०७२ कात्तिक ११ सम्म मुलुकको राष्ट्रपति रहनुभएका उहाँले...
सबल लोकतन्त्रले असन्तोषलाई दमन गर्दैन : प्रधानमन्त्री कार्की [पूर्णपाठ]
TNV News Update

सबल लोकतन्त्रले असन्तोषलाई दमन गर्दैन : प्रधानमन्त्री कार्की [पूर्णपाठ]

काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले प्रजातन्त्रको वास्तविक झल्को आमनागरिकको मुहारमा झल्कनुपर्ने बताउनुभएको छ । ७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले प्रजातन्त्रलाई अब शासकीय स्वरूपमा आएको प्राविधिक परिवर्तनका रूपमा मात्र कदापि हेरिन नहुने बताउनुभयो । प्रधानमन्त्री कार्कीले सबल लोकतन्त्रले असन्तोषलाई...
प्रजातन्त्र दिवसले नयाँ उत्साह र प्रेरणा प्रदान गरोस् : पूर्वराष्ट्रपति भण्डारी
TNV News Update

प्रजातन्त्र दिवसले नयाँ उत्साह र प्रेरणा प्रदान गरोस् : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, ७ फागुन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसले सबैलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धितर्फ अघि बढ्न नयाँ उत्साह र प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उहाँले आज निरंकुश शासनविरुद्धको सङ्घर्षले विजय हासिल गरेको ऐतिहासिक दिन रहेको...