दक्षिणकालीका मतदाताको माग : ‘सम्पदा संरक्षण, सुशासन र रोजगारी’
प्रकाश सिलवाल र मधु शाही काठमाडौँ, १६ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएकाहरूसँग दक्षिणकाली नगरपालिकाका मतदाताले ‘सम्पदा संरक्षण, सुशासन र रोजगारी’ प्रवर्द्धन गर्नेलाई मतदान गर्ने बताएका छन् । फर्पिङको ‘कोतघर’ पहिला तलेजु भवनीको दरबारले चिनिथ्यो । अहिले यहाँ दरबारको अवशेष पनि देखिँदैन । दरबार भत्किएर यहाँ घाँसेचौर भएको...
सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउनेले नै जलाए : रवि लामिछाने
चितवन, १५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका क्रममा भएका आगजनीको आरोप पुराना दलहरूलाई लगाउनुभएको छ । उहाँले आज यहाँ आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै भन्नुभयो, “सिंहदरबार त्यसैले जलाए, जसले त्यसलाई भ्रष्टाचारको अखडा बनाए ।” आफूहरू जनतालाई सुशासनको प्रत्याभूति गराउन आएको उहाँको भनाइ थियो...
आयोगका सचिव राउत भन्नुहुन्छ, ‘निर्वाचनको तयारी अन्तिम चरणमा पुगिसकेको छ’
काठमाडौँ, १५ फागुन । निर्वाचन आयोगका सचिव कृष्ण बहादुर राउतले विषम परिस्थितिमा घोषणा भएको निर्वाचन अन्तिम चरणमा पुगेको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)को पाक्षिक श्रृङ्खला ‘रासस पडकास्ट’मा उहाँले यस पटकको निर्वाचन हरेक नेपाली नागरिकले आफ्नो प्रतिनिधि चयन गर्ने महत्त्वपूर्ण अवसरका रुपमा रहेको बताउनुभयो । सचिव राउतले भन्नुभयो, “मुलुकमा...
स्वाधिनताभन्दा ठुलो विकास होइन : अध्यक्ष राई
धरान, १५ फागुन । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले राष्ट्रिय स्वाधिनता कुनै पनि विकासभन्दा महत्त्वपूर्ण विषय भएको बताउनुभएको छ । आज धरानमा आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै उहाँले देश निर्माणको आधार स्वाधिनता, श्रम र जनसहभागिता भएको उल्लेख गर्नुभयो । यही २१ गते हुने निर्वाचनलाई सही नेतृत्व चयन गर्ने...
इन्जिनियर हत्या प्रकरण : स्थायी जागिरको लोभमा योजनाबद्ध हत्या, तीन जना पक्राउ
सर्लाही, १५ फागुन । जिल्ला पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत ३६ वर्षीय सबइन्जिनियर प्रमोद कुमार यादवको गोली हानी हत्या गरिएको घटनामा नियुक्तिको अवसर हात पार्ने उद्देश्यले योजनाबद्ध हत्या गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले वैकल्पिक उम्मेदवार गणेश कुमार महतोसहित तीन जनालाई पक्राउ गरी कर्तव्य ज्यान तथा हातहतियारसम्बन्धी कसुरमा अनुसन्धान अघि...
पुराना प्रतिबद्धताको हिसाब माग्दै सिरहाका मतदाता
सिरहा, १५ फागुन । आगामी प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा सिरहाका गाउँबस्तीमा चुनावी रौनक त बढेको छ, तर उम्मेदवारहरूका लागि यसपटकको घरदैलो विगतको जस्तो सहज छैन । हिजोका दिनमा आश्वासनका पोका सुन्ने र ताली बजाउने मतदाता अहिले ‘अडिटर’का रूपमा उम्मेदवारको प्रतीक्षा गरिरहेका छन् । पुराना दलका नेताहरूलाई विगतको ‘रिपोर्ट कार्ड’ देखाउन...
गुर्जावासीको दिनभरको यात्रा अवधि साढे दुई घण्टामा छोटियो
गुर्जा, १५ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा गाउँ जोड्ने सडक निर्माण अन्तिम चरणमा पुगेको छ । लुलाङ–गुर्जा सडक योजनामार्फत चालु आर्थिक वर्षमा थप करिब चार किलोमिटर ट्रयाक (मार्ग) बनाएर गुर्जालाई यातायात सञ्चालसँग जोड्न लागिएको हो । यसअघिका तीन वर्षमा गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको लगानीमा लुलाङदेखि भैसीमानेसम्म करिब १८...
निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल
काठमाडौँ, १५ फागुन । गृहमन्त्री ओमप्रकाश अर्यालले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताउनुभएको छ । दोलखाको बैतेश्वर गाउँपालिकास्थित मतदान केन्द्रको आज निरीक्षण तथा अनुगमनका क्रममा उहाँले विगतमा भएका कमजोरीलाई सच्याइ यसपटको निर्वाचन स्वच्छ, निष्पक्ष धाँधलिरहित बनाइने बताउनुभयो । मन्त्री अर्यालले...
मतदानमा दुई लाख २१ हजार कर्मचारी खटाइने
काठमाडौँ, १५ फागुन । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटिने भएका छन् । ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ केन्द्र र समानुपातिकमा मात्र मत हाल्ने १४३ अस्थायी केन्द्रमा गरी उक्त सङ्ख्यामा कर्मचारी खटाउने भएको हो...