Category: TNV News Update

‘निर्विघ्न रूपमा निर्वाचन सम्पन्न गराउन सबैको सहयोग अपरिहार्य छ’
TNV News Update

‘निर्विघ्न रूपमा निर्वाचन सम्पन्न गराउन सबैको सहयोग अपरिहार्य छ’

काठमाडौँ, १७ फागुन । निर्वाचन आयुक्त डा.जानकी कुमारी तुलाधरले निर्विघ्न रूपमा निर्वाचन सम्पन्न गराउन सङ्घ, प्रदेश, स्थानीय सरकार, राजनीतिक दल, उम्मेदवार र सरोकार भएका सबैलाई सहयोगका निम्ति अनुरोध गर्नुभएको छ । आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगको सामाजिक सञ्जालबाट सन्देश दिँदै आयुक्त तुलाधरले सबै तहका सरकार र...
नयाँपुस्ताका मतदाता भन्दछन्- ‘जनताको समस्या बुझ्ने नेतृत्व आवश्यक’
TNV News Update

नयाँपुस्ताका मतदाता भन्दछन्- ‘जनताको समस्या बुझ्ने नेतृत्व आवश्यक’

मध्यबिन्दु, १७ फागुन । आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा युवा मतदातामा उत्साह र जिज्ञासा एकैसाथ देखिएको छ । नयाँ पुस्ता यसपटक आफ्नो मताधिकार प्रयोग गर्दै लोकतान्त्रिक प्रक्रियामा प्रत्यक्ष सहभागी हुने तयारीमा जुटेका हुन् । यसअघि निर्वाचनलाई परिवारका अग्रजले गर्ने कार्यका रूपमा हेर्दै आएका यी युवाहरू अहिले भने...
सङ्खुवासभामा डा.अर्जुन कार्कीलाई जिताउन भन्दै एमाले प्रवेश
TNV News Update

सङ्खुवासभामा डा.अर्जुन कार्कीलाई जिताउन भन्दै एमाले प्रवेश

खाँदबारी, १७ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन मिति नजिकिँदै जाँदा सङ्खुवासभामा दल परिवर्तनको क्रम तीव्र बन्दै गएको छ । पछिल्ला दिनहरूमा नेपाली काङ्ग्रेसलगायत अन्य दल परित्याग गरी दर्जनौँ कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् । मादी नगरपालिका र पाँचखपन क्षेत्रका ३० भन्दा बढी व्यक्तिहरूले एमाले रोजेका छन् । एमालेका उम्मेदवार...
हरेक निर्वाचनमा लालपुर्जाको आश्वासन
TNV News Update

हरेक निर्वाचनमा लालपुर्जाको आश्वासन

झलनाथ खनाल कैलाली, १७ फागुन । दुई दशकदेखि कैलालीको टीकापुरको एकतानगर सुकुम्बासी शिविरमा बस्दै आउनुभएका राजु विकको चाहना एउटै छ लालपुर्जासहितको जग्गा प्राप्ति । जग्गाजमिन नभएर वर्षौँदेखि घरबासको आशामा बस्नुभएका उहाँको त्यो आशा अझै पूरा हुनसकेको छैन । पटकपटक लालपुर्जाको आश्वासन पाउँदै आउनुभएका उहाँको सपना पूरा गर्न कसैले सकेका छैनन्...
चुनावैपिच्छे वाचा, शुक्लाफाँटा आरक्ष विस्थापित २४ वर्षदेखि पुनःस्थापनाको पर्खाइमा
TNV News Update

चुनावैपिच्छे वाचा, शुक्लाफाँटा आरक्ष विस्थापित २४ वर्षदेखि पुनःस्थापनाको पर्खाइमा

महादेव अवस्थी दोधारा चाँदानी, १७ फागुन । हरेक निर्वाचनमा दलहरूको चुनावी एजेन्डा बन्ने गरेको शुक्लाफाँटा आरक्ष विस्थापितको विषय यसपटकको निर्वाचनमा पनि सबै दलका उम्मेदवारको चुनावी एजेन्डामा छ । स्थानीय तह निर्वाचनदेखि सङ्घीय निर्वाचनमा आरक्ष विस्थापितको पुनःस्थापनाको एजेन्डा बन्दै आएको दुई दशक भइसकेको छ । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हालको शुक्लाफाँटा...
‘मेचीपारिको नेपाल’ का नागरिकको ३४ वर्षदेखि एउटा पुल बनाउने माग
TNV News Update

‘मेचीपारिको नेपाल’ का नागरिकको ३४ वर्षदेखि एउटा पुल बनाउने माग

चन्द्रकला भण्डारी झापा, १७ फागुन । नेपालको पूर्वी सीमाना ‘मेची नदी’ले कोरेको छ । तर, नक्सामा कोरिएको त्यो रेखा र नदीको पानीको बहावले मेचीनगर नगरपमलिका–१५ ज्यामिरगढीको भूगोलमा पर्ने ग्वालाबस्ती, होपना बस्ती र शिशौ डाँगीलाई यहाँका स्थानीय ‘मेचीपारिको नेपाल’ भन्न रुचाउँछन् । मेची नदीमा पुल नहुँदा आवागमनमा सास्ती हुनुका साथै एउटा...
उत्तरगङ्गा नदीमा छानोसहितको साँघु निर्माण
TNV News Update

उत्तरगङ्गा नदीमा छानोसहितको साँघु निर्माण

बागलुङ, १७ फागुन । ढोरपाटन नगरपालिकाले उत्तरगङ्गा नदीमा छानोसहितको साँघु निर्माण गरेको छ । पर्यटक र स्थानीयलाई वारपार गर्न सहज होस् भन्दै नगरपालिकाले साँघु निर्माण गरेको हो । हरेक वर्षात‍्को समयमा उत्तरगङ्गामा पानीको बहाव बढ्ने हुँदा ढोरपाटन बराह मन्दिर क्षेत्रदेखि पारिपट्टिको सेलपाखे, सिकार आरक्ष कार्यालय क्षेत्रलगायत ठाउँमा पुग्न पैदलयात्रा गर्नुपर्ने...
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानी अपनाउन सरकारको अनुरोध
TNV News Update

इजरायल र इरानमा रहेका नेपालीलाई सावधानी अपनाउन सरकारको अनुरोध

काठमाडौँ । नेपाल सरकारले मध्यपूर्व क्षेत्रमा विकसित भइरहेको पछिल्लो अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको उल्लेख गर्दै इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई सावधानीका उपाय अपनाउन अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालयले आज ‘एडभाइजरी’ जारी गर्दै इजरायल र इरानका सम्बन्धित निकायहरूले जारी गरेका सुरक्षासम्बन्धी निर्देशन तथा सूचना कडाइका साथ पालना गर्न आग्रह...
मध्यपूर्वको तनावपूर्ण परिस्थितिप्रति गगन थापाको चिन्ता, सुरक्षित रहन आग्रह
TNV News Update

मध्यपूर्वको तनावपूर्ण परिस्थितिप्रति गगन थापाको चिन्ता, सुरक्षित रहन आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मध्यपूर्वमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिप्रति चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले विभिन्न देशहरूमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुरक्षा झनै संवेदनशील बनेको उल्लेख गर्दै सुसूचित रहन र सुरक्षा सतर्कता अपनाउन आग्रह गरेका हुन् । अत्यावश्यक कामबाहेक सुरक्षित स्थानमै बस्न, सुरक्षा नियमहरूको...