रुकुमपूर्वको विकासका लागि प्रचण्ड र अन्य उम्मेदवारहरूका सङ्कल्पहरू
सर्जना कार्की रुकुमपूर्व, १८ फागुन । रुकुमपूर्वका प्रतिनिधिसभा सदस्य उम्मेदवार एवम् नेपाली कम्युनिस्ट पार्टीका (नेकपा)का संयोजक पुष्प कमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको विकासदेखि लिएर अहिलेको परिस्थितिमा देशलाई निकास दिनेसम्मको सङ्कल्प गर्नुभएको छ । देशलाई अप्ठ्यारो परिस्थितिमा पुर्याउने र देशलाई जलाउनेहरू चुनावी मैदानमा दौडिरहँदा नेपाली कम्युनिस्ट पार्टी देशलाई सही दिशा दिने सङ्कल्पका...
थकाली समुदायमा ‘तोरन ल्ह’ पर्व को रौनक
म्याग्दी, १८ फागुन । म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायमा तोरन ल्ह (फागु पूर्णिमा) पर्वको रौनक छाएको छ । नेपालका विभिन्न क्षेत्रमा ११ हजार जनाको सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले हरेक वर्ष फागु पूर्णिमाको अवसरमा परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् । फागु पूर्णिमाको अघिल्लो दिन सुरु हुने...
फागुपूर्णिमा (होली)ले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल
काठमाडौँ, १८ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ । होली पर्वको सुखद अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि...
उम्मेदवारसँग माग राख्न नपाउँदा निराश छन् बादी समुदाय
कञ्चनपुर, १८ फागुन । मुलुकभर चुनावी रौनक छाइरहेका बेला कञ्चनपुरको दोधारा चाँदनी–३ स्थित बादी बस्ती सुनसान छ । निर्वाचनको मिति नजिकिँदा दल तथा उम्मेदवार मतदाता रिझाउन व्यस्त छन् । तर गरिबी, अशिक्षा, बेरोजगारी जस्ता समस्याले आक्रान्त बडुवाल टोलस्थित सीमान्तकृत समुदायमा न राज्यको प्राथमिकतामा पर्यो, न त दल र उमेदवारका ।...
प्रधान सेनापतिद्वारा मध्यपृतना मुख्यालयको निरीक्षण
काठमाडौँ, १७ फागुन । प्रधान सेनापति अशोकराज सिग्देलले आज हेटौँडास्थित मध्यपृतना मुख्यालयको निरीक्षण भ्रमण गर्नुभएको छ । त्यस क्रममा उहाँले पृतनाको जिम्मेवारी क्षेत्रमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा एवम् समग्र वस्तुस्थितिबारे जानकारी लिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रधानसेनापति सिग्देलले त्यस अवसरमा सकलदर्जालाई प्राप्त जिम्मेवारीहरू उत्कृष्ट ढङ्गले...
प्रतिनिधिसभा निर्वाचन : दुई दिनमा काठमाडौँबाट ८० हजार यात्रु बाहिरिए
काठमाडौँ, १७ फागुन । प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट आ–आफ्नो जिल्लातार्फ मतदाता जानेक्रम जारी छ । निजी क्षेत्रको यातायातसेवा प्रदायक लोत्से बहुउद्देश्यीय संस्थाका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार शुक्रबार ३७४ र शनिबार ३१७ सार्वजनिक यात्रीबाहक बसबाट दुई दिनमा ८० हजार यात्रु बाहिरिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी...
मुलुकलाई समृद्ध बनाउन सबै दलसँग सहकार्य आवश्यक छ : सभापति थापा
नुवाकोट, १७ फागुन । नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले सम्पूर्ण राजनीतिक दलहरुसँगको सहकार्यले पाँच वर्षमा मुलुकलाई समृद्ध बनाउन सकिन बताउनुभएको छ । नुवाकोटको विदुर नगरपालिका–४ बट्टारमा आज आयोजित ‘चुनावी सभा’लाई सम्बोधन गर्दै सभापति थापाले काङ्ग्रेसले मुलुकमा भइरहेका बेथिती अन्त्य गर्न सम्पूर्ण पक्षलाई साथमा लिन आवश्यक भएको बताउनुभयो । “पाँच...
उडान खुल्ने प्रतीक्षामा विमानस्थलमा अलपत्र यात्री
मधु शाही काठमाडौँ, १७ फागुन । बर्दियाका किशोर पुन शनिबार रोजगारीका लागि कतार जाँदै हुनुहुन्थ्यो । त्यसैले हातमा पासपोर्ट र नेपाल एयरलाइन्सको टिकट बोकेर उहाँ समयमै विमानस्थल पुग्नुभएको थियो । तर, उहाँ कतार जाने भने पाउनुभएन । विमानस्थलमा आएपछि उहाँलाई नेपाल वायुसेवा निगमले हवाई उडान स्थगित भएको सूचना दियो ।...
म्याग्दीको भिरकाटे–दोवा सडक स्तरोन्नति : लक्ष्यअघि नै सम्पन्न
म्याग्दी, १७ फागुन । अन्नपूर्ण गाउँपालिका–१ भिरकाटेदेखि दोवा जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्यअघि नै सम्पन्न भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा एक करोड रूपैयाँ बजेट विनियोजन गरेको भिरकाटे–दोवा सडक स्तरोन्नति योजनाका लागि गत पुस महिनामा भण्डारी निर्माण सेवाले ६५ लाख रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो । आगामी...