Category: TNV News Update

‘यमच्छो’ अर्थात् ‘वीरेन्द्र ताल’
TNV News Update

‘यमच्छो’ अर्थात् ‘वीरेन्द्र ताल’

गोरखा, २९ वैशाख । पचास वर्षअघिसम्म सामागाउँका बासिन्दाले गाउँमाथिको पवित्र ताललाई ‘यमच्छो’ भन्थे । विसं २०३४ मा जब तत्कालीन राजा वीरेन्द्र यहाँ भ्रमणमा आउनुभयो, उहाँ यमच्छो देखेर गदगद् हुनुभएको थियो । मनास्लु बगेर जमेको यो ताल राजालाई धेरै नै मन परेछ भन्ने स्थानीयले महसुस गरेछन् । राजा बिदा हुने बेला...
कानुन, सुशासन र प्रशासनिक सुधारमा उल्लेख्य प्रयास भएको छ : अर्थमन्त्री डा.वाग्ले
TNV News Update

कानुन, सुशासन र प्रशासनिक सुधारमा उल्लेख्य प्रयास भएको छ : अर्थमन्त्री डा.वाग्ले

काठमाडौँ, २९ वैशाख । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयमार्फत ३० दिनमा भएका महत्त्वपूर्ण कार्यबारे संसदीय समितिलाई जानकारी दिनुभएको छ । प्रतिनिधिसभाको अर्थ समितिको आजको बैठकमा उहाँले आर्थिक नीति तथा कानुन, सुशासन र प्रशासनिक सुधार, बजेट तथा सरकारी वित्त व्यवस्थापनलगायत विषयमा यसबीचमा महत्त्वपूर्ण काम भएको उल्लेख गर्नुभयो । उहाँले पदबहालीपछिका ३०...
‘सांसदले उठाएका प्रश्नको जवाफ दिनुपर्छ’
TNV News Update

‘सांसदले उठाएका प्रश्नको जवाफ दिनुपर्छ’

काठमाडौँ, २९ वैशाख । श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राईले संसद्‌मा सांसदले उठाएका प्रश्नहरूका जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नेता राईले जनताले निर्वाचित गरेको प्रधानमन्त्रीले जनताको आवाज सुन्नुपर्नेमा जोड दिनुभयो । संविधानमा स्थापित अधिकारलाई सरकारले सम्मान गरेमात्र लोकतन्त्रलाई सही बाटोमा लैजान सकिने उहाँको...
अर्घाखाँचीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो, २७ जना घाइते
TNV News Update

अर्घाखाँचीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो, २७ जना घाइते

अर्घाखाँची, २९ वैशाख । अर्घाखाँचीको पाणिनी गाउँपालिकाको दुर्गाफाँट कुरुलेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ भने २७ जना घाइते भएका छन् । सन्धिखर्क घुम्ती तानसेन पाल्पा सडकखण्डअन्तर्गत पाणिनी ८ को कुरुलेफाट नजिक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै, एक जनाको उपचारका क्रममा अर्घाखाँची अस्पताल र चालकको लुम्बिनी मेडिकल...
रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद थापाको कडा टिप्पणी
TNV News Update

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद थापाको कडा टिप्पणी

काठमाडौँ, २९ वैशाख । नेकपा (एमाले)का सांसद राम बहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नीति, शासन शैली र राजनीतिक उद्देश्यबारे गम्भीर प्रश्न उठाउनुभएको छ । बैठकमा बोल्दै उहाँले सरकारले सत्ता सम्हालेपछि संसद् अधिवेशन स्थगन गरी एकै पटक ८ वटा अध्यादेश जारी गर्नु गम्भीर...
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री पोखरेल
TNV News Update

‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री पोखरेल

काठमाडौँ, २९ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजकोे बैठकमा मन्त्री पोखरेलले सरकारले एक महिनाभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने सरकारको प्रतिबद्धता कार्यान्वयन भएको उल्लेख...
विपन्न बालबालिकालाई कपडा वितरण
TNV News Update

विपन्न बालबालिकालाई कपडा वितरण

बागलुङ, २९ वैशाख । बागलुङको निसीखोला गाउँपालिकाका दुई हजार ९१३ विपन्न बालबालिकालाई कपडा वितरण गरिएको छ । ‘स्लिपिङ चिल्ड्रेन अराउन्ड द वल्र्ड क्यानडियन’ संस्थाको सहयोगमा रोटरी क्लब अफ हिमालयन ग्लोफोर्स काठमाडौँले दुई करोड ३४ लाख रुपैयाँबराबरको लत्ताकपडा वितरण गरेको हो । गाउँपालिकाभित्रका ४५ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ६ देखि १२...
एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनित
TNV News Update

एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनित

काठमाडौँ, २९ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलको उपनेतामा पार्टीका सचिव तथा पूर्वमन्त्री पद्‌मा अर्याललाई मनोनित गरेको छ । एमाले संसदीय दलका नेता राम बहादुर थापा (बादल)ले उपनेतामा पूर्वमन्त्री अर्याललाई मनोनित गर्नुभएको प्रमुख सचेतक ऐन महरले बताउनुभयो । एमाले सचिव अर्याल समानुपातिकबाट सांसद हुनुहुन्छ । पार्टीले यसअघि दलको...
मेची पुलबाट ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरू
TNV News Update

मेची पुलबाट ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरू

झापा, २९ वैशाख । मानव सेवा आश्रमले सडकपेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न नपरोस् भनेर ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८३’ सुरू गरेको छ । पूर्वीनाका काँकरभिट्टास्थित मेची पुलमा सोमबार साँझ दीप प्रज्ज्वलन गरी सुरू भएको उद्धार यात्रा जेठ २२ गतेसम्म देशव्यापी रूपमा सञ्चालन हुने जनाइएको छ । आनी छोइङ डोल्मा फाउन्डेसनकी...