मुस्ताङमा काङ्ग्रेसका गौचन निर्वाचित
मुस्ताङ, २२, फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुस्ताङमा नेपाली काङ्ग्रेसका उम्मेदवार योगेश गौचन थकाली तीन हजार ३०७ मत प्राप्त गरी विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार ईन्द्रधार ढाडु विष्टलाई एक हजार ५०४ मतान्तरले पछि पार्दै उहाँ निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एमाले उम्मेदवार विष्टले...
गुल्मी–१ मा रास्वपाका सागर ढकालको अग्रता
काठमाडौँ, २२ फागुन । गुल्मी १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकालले अग्रता लिनुभएको छ । ढकालले २४३ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले)का उम्मेदवार प्रदीपकुमार ज्ञवालीले ११८ मत ल्याउनुभएको छ । नेपाली काङ्ग्रेसका उम्मेदवार चन्द्रकान्त भण्डारी भने १०५ मत प्राप्त गर्नुभएको छ ।
उडान ट्याक्सीतर्फ चीनको अर्को कदम
चीनमा विकास भइरहेको ठुलो विद्युतीय विमान ‘म्याट्रिक्स’ ले भविष्यमा उडान ट्याक्सी सेवा कस्तो देखिन सक्छ भन्ने सङ्केत दिएको छ । दक्षिणपूर्वी चिनियाँ सहर कुन्सानमा परीक्षण भइरहेको यो १० यात्रु क्षमताको विद्युतीय विमानलाई चीनमा हालसम्म निर्माण गरिएको सबैभन्दा ठूलो सिधै माथि उड्न र सिधैँ अवतरण गर्न सक्ने (इभिटिओएल) विद्युतीय विमान मानिन्छ...
लमजुङमा काङ्ग्रेसको अग्रता
लमजुङ, २२ फागुन । एकमात्रै सङ्घीय निर्वाचन क्षेत्र रहेको लमजुङमा नेपाली काङ्ग्रेसले अग्रता लिएको छ । मुख्य निर्वाचन कार्यालय लमजुङका मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालका अनुसार नेपाली काङ्ग्रेसका उम्मेदवार गमप्रसाद गुरुङ १७७ मतका साथ अग्रता लिनुभएको छ । यस्तै नेकपा (एमाले)का पृथ्वी सुब्बा गुरुङले ११८, राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले...
रुकुम पश्चिममा जनार्दन शर्माको सुरुवाती अग्रता
सुर्खेत, २२ फागुन । रुकुम पश्चिम जिल्लामा पनि मतगणना सुरू भएको छ । पहिलो चरणको एक हजार मत गणना हुँदा प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले सुरुवाती अग्रता लिनुभएको छ । शर्मालेले ४१२ मत ल्याएर सुरुवाती अग्रता लिँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का गोपाल शर्माले २८७ मत ल्याउनुभएको छ । नेपाली काङ्ग्रेसका...
चितवन २ मा रवि लामिछानेको अग्रता कायमै, काङ्ग्रेस तेस्रो
काठमाडौँ, २२ फागुन । चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछानले अग्रता कायमै राख्नुभएको छ । १४ हजार २२ मतगणना हुँदा लामिछानेले ६ हजार ७०० मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले)का उम्मेदवार अस्मिन घिमिरेले २ हजार ३२९ मत पाउनुभएको छ । नेपाली काङ्ग्रेसकी उम्मेदवार मीना खरेलले २३२२...
चितवन ३ मा पनि रास्वपा अगाडि
चितवन, २२ फागुन । पछिल्लो मत परिणामअनुसार चितवन ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि छ । रास्वपाकी उम्मेदवार सोविता गौतमले तीन हजार ६३९ मत प्राप्त गर्नुभएको छ भने नेपाली कम्युनिस्ट पार्टीकी रेनु दाहालले दुई हजार २६३ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यसैगरी, नेकपा (एमाले)का शङ्कर...
मोरङ ३ मा श्रम संस्कृति अगाडि
मोरङ, २२ फागुन । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार मोरङ ३ मा श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगरले ५५४ मत प्राप्त गर्नुभएको छ । यसैगरी नेपाली काङ्ग्रेसका उम्मेदवार सुनिल शर्माले ३३६ र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश कार्कीले २९५ मत प्राप्त गर्नुभएको छ । यो निर्वाचन क्षेत्रमा एक लाख...
काठमाडौँ क्षेत्र नम्बर ४ र ८ को प्रारम्भिक मत परिणाम : रास्वपा अगाडि
काठमाडौँ, २२ फागुन । काठमाडौँ क्षेत्र नम्बर ४ प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले ८६२ मत ल्याएर अग्रता कायम गर्नुभएको छ भने दोस्रो स्थानमा एमालेका उम्मेदवार राजन भट्टराई २७३ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सिनाले २१२ मत प्राप्त गर्नुभएको...