पर्यटकीय गन्तव्य बन्दै लमजुङको ‘घनपोखरा होमस्टे’
अच्युत रेग्मी लमजुङ, २५ फागुन । लमजुङको मर्स्याङदी गाउँपालिका–१ स्थित नायुँ र घनपोखरा होमस्टे पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । विसं २०७२ को भूकम्पबाट क्षति पुगेको घनपोखराको गुरुङबस्ती पुनर्निर्माण गरेर विसं २०७६ साल (घरबास) होमस्टे सञ्चालन भएसँगै नायुँ र घनपोखरा घुम्न आउने पर्यटकको घुइँचो...
इलाम–१ मा काङ्ग्रेसका निश्कल राई विजयी
इलाम, २५ फागुन । इलाम क्षेत्र नम्बर १ बाट नेपली काङ्ग्रेसका उम्मेदवार निश्कल राई विजयी हुनुभएको छ । उहाँ ९११ मतान्तरले विजयी हुनुभएको हो । निर्वाचन अधिकृतको कार्यालयले आज सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राईले १४ हजार ५४३ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका उम्मेदवार विनोद कुमार...
सुशासन, रोजगारी र उद्यमशील नेपाल रास्वपाको प्राथमिकता हो : पूर्वमन्त्री खनाल
काठमाडौँ, २५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवम् काठमाडौँ क्षेत्र नम्बर ६ का नवनिर्वाचित सांसद शिशिर खनालले सुशासन, रोजगारी सिर्जना र उद्यमशील नेपाल आफ्नो पार्टीको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । काठमाडौँ क्षेत्र नम्बर ६ अन्तर्गत तारकेश्वर नगरपालिका–९ मा आज आयोजित ‘टोलटोलमा सांसद कार्यक्रम’मा बोल्दै उहाँले सुशासन, रोजगारी आफूहरूको...
सरकारी सेवासुविधा सामाजिक सेवामा प्रयोग गर्ने उपाध्यक्ष डोल्माको घोषणा
ललितपुर, २५ फागुन । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महाङ्काल गाउँपालिकाकी उपाध्यक्ष डोल्मा माया गोलेले आफूले राज्यबाट पाउने तलब–भत्ता नलिने र सरकारी सवारीसाधन सामाजिक सेवामा प्रयोग गर्ने घोषणा गर्नुभएको छ । उपाध्यक्ष गोलेले महिला दिवसका अवसरमा सार्वजनिक सन्देश जारी गर्दै अबदेखि आफूले राज्यबाट पाउने मासिक तलब–भत्ता नलिने निर्णय गरेको बताउनुभयो ।...
‘म्यागासेसे’ को संसद् यात्रा…
सन्तोष गौतम म्याग्दी, २५ फागुन । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको यात्रा तय गर्नुभएको छ । हाल चितवनमा बस्दै आउनुभएका ७१ वर्षीय पुनको जन्म विसं २०११ माघ ११ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा भएको हो । अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त हुनुभएका पुनले गत माघ...
श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा
संगीता राई धरान, २५ फागुन । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान चलाउँदै आफैँ श्रममा उत्रिने नेताका रूपमा परिचित हर्कराज साम्पाङ राईको राजनीतिक यात्रा अब स्थानीय नेतृत्वदेखि राष्ट्रिय राजनीतितर्फ प्रवेश गरेको छ । धरान उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएदेखि नेपाली राजनीतिक वृत्तमा कुनै न कुनै रुपमा चर्चाको पात्र बनिरहनु...
केमिकल इन्जिनियर सुशील खड्काको संसदीय यात्रा
खेमराज गौतम गलकोट, २५ फागुन । बागलुङ नगरपालिका–३ गुठीमा जन्मनुभएका सुशील खड्का १२ वर्ष अघि अमेरिकाको बसाइ त्यागेर नेपाल फर्कनुभएको थियो । उहाँ त्यसपछि उद्यममा लाग्नुभयो । राष्ट्रिय राजनीतिमा युवाको आवश्यकता देखेर राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेको बताउनुहुने खड्का हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नम्बर १ बाट २० हजार ९२७...
ध्रुवराज राई : स्ववियु सभापतिदेखि पालिका अध्यक्ष हुँदै सांसदसम्म
भोजपुर, २४ फागुन । भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिका–४, नागीमा २०३९ सालमा सामान्य परिवारमा जन्मनुभएका ध्रुवराज राई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरबाट श्रम संस्कृति पार्टीबाट निर्वाचित हुनुभएको छ । नेकपा (एमाले)मा रहेर विद्यार्थी तहबाट नै नेता बन्नुभएका राई भोजपुर बहुमुखी क्याम्पसको दुईपटक स्ववियु सभापति हुँदै टेम्केमैयुङ...
प्रधानमन्त्रीसमक्ष छानबिन आयोगको प्रतिवेदन पेस
काठमाडौँ, २४ फागुन । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले एक हजार पृष्ठको प्रतिवेदन प्रस्तुत गरेको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगमा नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य हुनुहुन्थ्यो । प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेस गरेपछि आयोगका सदस्य शर्माले...