Category: TNV News Update

बलात्कारपछि हत्या घटना : दोषीलाई कारबाही माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन
TNV News Update

बलात्कारपछि हत्या घटना : दोषीलाई कारबाही माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौँ, २७ फागुन । गत शनिबार वीरेन्द्रनगर–४ सहिदपार्क नजिकैको जनजागरण सामुदायिक वनमा १६ वर्षीया बालिका इनिषा विकको बलात्कारपछि हत्या घटनाका दोषीलाई कारबाहीको माग गर्दै दलित युवाले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीले ‘जस्टिस् फर इनिषा विक’, ‘दलितमाथि बलात्कार र हिंसा बन्द गर’, ‘महिला अधिकार सुनिश्चित गर’ ‘वि...
महिला भलिबल टोलीका कप्तान शाहीको प्रतिमा अनावरण
TNV News Update

महिला भलिबल टोलीका कप्तान शाहीको प्रतिमा अनावरण

म्याग्दी, २७ फागुन । राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको गृहजिल्ला म्याग्दीको सदरमुकाम बेनीमा आज स्तम्भ अनावरण गरिएको छ । रघुगङ्गा गाउँपालिका–३, पिप्लेमा जन्मनुभएकी शाहीले खेलकुदको माध्ययमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा जिल्लाको गरिमा बढाउन भूमिका निर्वाह गरेकामा जिल्ला खेलकुद विकास समिति म्याग्दीले उहाँको प्रतिमा निर्माण गरेको हो । दुई हातमा...
रुखबाट लडेर एक जनाको मृत्यु
TNV News Update

रुखबाट लडेर एक जनाको मृत्यु

खाँदबारी, २७ फागुन । सङ्खुवासभाको चैनपुर नगरपालिका–७ मा रुखबाट लडेर आज एक जनाको मृत्यु भएको छ । चैनपुर–७ फलाटेमा घाँस काट्ने क्रममा लडेर ४० वर्षीय राम बहादुर बर्देवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीषक तथा सूचना अधिकारी धनबहादुर राजवंशीले बताउनुभयो । आज दिउँसो रुखबाट लडेर गम्भीर घाइते भएका बर्देवाको...
नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ
TNV News Update

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौँ, २७ फागुन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला तथा बालिकाका लागि न्यायमा पहुँच स्थापित गर्नु मात्रै मौलिक अधिकार नभई लैङ्गिक समानताको आधारस्तम्भ भएको बताउनुभएको छ । अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको महिलाको स्थितिसम्बन्धी आयोगको ७०औँ सभामा सम्बोधन गर्दै उहाँले उक्त सिद्धान्तमा नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको...
दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा ८ जना घाइते
TNV News Update

दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा ८ जना घाइते

मध्यबिन्दु, २७ फागुन । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते भएका छन् । विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिक गएराति सुनौलीबाट पूर्वतर्फ आइरहेको भारतमा दर्ता भएको ‘कन्टेनर’ले एकतर्फी सडकमा ‘ओभरटेक’ गर्ने क्रममा ती सवारीसाधन एकापसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो...
समानुपातिकतर्फ एक करोड सात लाख मत गणना
TNV News Update

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ, २७ फागुन । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड सात लाख २० हजार ५६७ मत गणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको आज बिहान ३ः३० सम्मको विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५१ लाख १९ हजार ६१९ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले १७...
कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैन : वरिष्ठतम् न्यायाधीश मल्ल
TNV News Update

कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैन : वरिष्ठतम् न्यायाधीश मल्ल

काठमाडौँ, २६ फागुन । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कुनै पनि डर, त्रास र धम्कीबाट न्याय सम्पादन हुन नसक्ने बताउनुभएको छ । सर्वोच्च अदालतले आज अन्तरराष्ट्रिय महिला दिवस तथा न्यायाधीश महिला दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा वरिष्ठतम् न्यायाधीश मल्लले न्याय सम्पादन डर र त्रासमा हुन नसक्ने बताउनुभएको हो...
गृहमन्त्री र चिनियाँ राजदूतबिच भेटवार्ता
TNV News Update

गृहमन्त्री र चिनियाँ राजदूतबिच भेटवार्ता

काठमाडौँ, २६ फागुन । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले उहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूबिच नेपाल–चीन सम्बन्धका साथै आपसी सहयोगका विविध विषयमा विचार–विमर्श भएको थियो । गृहमन्त्रीले राजदूत चाङको कार्यकालको सफलताको कामना गर्दै दुई देशबिचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो...
सूर्यमुखी बगानले बढायो कृषि पर्यटन
TNV News Update

सूर्यमुखी बगानले बढायो कृषि पर्यटन

चितवन, २६ फागुन । भरतपुर महानगरपालिका–१५ फूलबारीस्थित श्रीपुरमा प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले लगाउनुभएको सूर्यमुखी बगानमा अहिले फूल ढकमक्क फुलेसँगै अवलोकन गर्ने मानिसको भीड देखिन थालेको छ । करिब साढे दुई बिघा क्षेत्रफलमा फुलेका सूर्यमुखी फूल हेर्न आउनेको जमात दिनदिनै बढ्दै गएको छ । यहाँ कोही टिकटक बनाउँदै भेटिन्छन् भने कोही...