Category: TNV News Update

अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन
TNV News Update

अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

अर्घाखाँची, २ चैत । डिभिजन वन कार्यालयले यहाँस्थित वन डढेलो नियन्त्रण तथा डढेलोबाट हुनसक्ने क्षति न्यूनीकरणका गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काले वन डढेलो नियन्त्रण र जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउन विशेष वन डढेलो नियन्त्रण दस्ताको नियुक्ति गरिएको जानकारी दिनुभयो । डिभिजन वन...
‘पहाड’ मा नेपाली समाजको कथा
TNV News Update

‘पहाड’ मा नेपाली समाजको कथा

काठमाडौँ, २ चैत । निर्देशक तुलसी घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरेर चलचित्र ‘पहाड’ निर्माण गरिएको बताउनुभएको छ । आगामी वैशाख १ गते प्रदर्शन मिति तय गरिएको सो चलचित्रको आइतबार श्रव्यदृश्य (टिजर) सार्वजनिक गर्दै निर्देशक घिमिरेले चलचित्रको कथाले...
पेट्रोल र डिजेलको मूल्यमा भारी वृद्धि
TNV News Update

पेट्रोल र डिजेलको मूल्यमा भारी वृद्धि

काठमाडौँ, २ चैत । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको खुद्रा बिक्री मूल्यवृद्धि भएको जनाएको छ । निगमका अनुसार नयाँ मूल्य आइतबारदेखि लागु हुने गरी समायोजन गरिएको छ ।...
योगमाया आयुर्वेद विश्वविद्यालय केन्द्रीय कलेज स्थापनासँगै स्नातकोत्तर सञ्चालन
TNV News Update

योगमाया आयुर्वेद विश्वविद्यालय केन्द्रीय कलेज स्थापनासँगै स्नातकोत्तर सञ्चालन

खाँदबारी, २ चैत । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयअन्तर्गत केन्द्रीय कलेज स्थापना तथा स्नातकोत्तर तहका कक्षा सञ्चालनको औपचारिक उद्घाटन गरिएको छ । आइतबार यहाँ आयोजित एक विशेष कार्यक्रमकाबीच विश्वविद्यालयको केन्द्रीय कलेज उद्घाटन गर्दै उच्च शिक्षाका कार्यक्रम सुरू गरिएको घोषणा गरिएको हो । विश्वविद्यालयका उपकुलपति डा.रमेश ढुङ्गेलले सम्बोधन...
कृष्णप्रसाद भट्टराई स्मृति फुटबल : बसाहा क्लब सेमिफाइनलमा
TNV News Update

कृष्णप्रसाद भट्टराई स्मृति फुटबल : बसाहा क्लब सेमिफाइनलमा

धरान, २ चैत । इटहरीमा जारी तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण स्व.कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगितामा उदयपुरको बसाहा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । इटहरीस्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा आइतबार भएको खेलमा उदयपुरको बसाहा क्लबले न्यु स्टार क्लब बराहा क्षेत्रलाई ‘ट्राइब्रेकर’मा ४–३ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो...
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
TNV News Update

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ, १ चैत । देशका विभिन्न क्षेत्रबाट लागुऔषधसहित १४ जना पक्राउ परेका छन् । काठमाडौँ, सुनसरी, चितवन, सप्तरी, बर्दिया, कैलाली र पर्साबाट अवैध लागुऔषधसहित १४ जना पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई, चितवनको भरतपुर महानगरपालिका–३ कमलनगरको सब्जीमण्डबाट दुई, सप्तरीको तिरहुत गाउँपालिका–२ बडहराबाट दुई,...
प्रधानमन्त्रीसँग काङ्ग्रेस सभापति थापासहित पदाधिकारीको भेट
TNV News Update

प्रधानमन्त्रीसँग काङ्ग्रेस सभापति थापासहित पदाधिकारीको भेट

काठमाडौँ, १ चैत । नेपाली काङ्ग्रेसका सभापति गगन थापासहितका पदाधिकारीको टोलीले आज प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेको छ । सभापति थापा, पार्टी उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाललगायत सहभागी टोलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गरेको हो । गृहमन्त्री ओमप्रकाश अर्यालसहितको उक्त भेटमा प्रधानमन्त्री कार्कीले विभिन्न भूमिकामा रहेर...
राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा श्रेष्ठ
TNV News Update

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ, १ चैत । राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्श कुमार श्रेष्ठ मनोनीत हुनुभएको छ । प्रधानमन्त्री एवम् कोषका संरक्षक सुशीला कार्कीले श्रेष्ठलाई आगामी पाँच वर्षका लागि उक्त पदमा मनोनयन गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो । यसअघिका अध्यक्ष ऐनबहादुर शाहीले पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा सिन्धुलीका...
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
TNV News Update

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ, १ चैत । पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा ३१ लाख रूपैयाँभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरणअनुसार फागुनमा भक्तजनले पाथीभरामा ३१ लाख १० हजार रूपैयाँ भेटी चढाएका छन् । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका...