रास्वपाको योजना समग्र देशको विकास गर्नु हो : सभापति लामिछाने
ललितपुर, ४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपाको योजना समग्र देशको विकास गर्नु रहेको बताउनुभएको छ । रास्वपाद्वारा ललितपुरमा नवनिर्वाचित सांसदका लागि आयोजित अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रमको समापन समारोहलाई आज सम्बोधन गर्दै उहाँले सांसदले आफ्नो क्षेत्रको विकास गरेर मात्रै देशले न्याय नपाउने भएकाले समग्र मुलुकको विकासमा...
प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा
काठमाडौँ, ४ चैत । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजाअर्चना गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथको दर्शन गरी पूजाअर्चना गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्रीले मुलुकलाई शान्ति र स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ, सहयोग प्राप्त भएकोमा कृतज्ञता व्यक्त गर्नुभयो...
लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिको आवाज र सामाजिक न्यायको विषयलाई संसद्मा पुर्याउने छु : श्रेष्ठ
काठमाडौँ, ४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसद भूमिका श्रेष्ठले लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिको आवाज र सामाजिक न्यायको विषयलाई संसद्मा पुर्याउने बताउनुभएको छ । रास्वपाले लितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा नव निर्वाचित सांसदका लागि आयोजना गरेको दुई दिने आवासीय अभिमुखीकरणमा सञ्चारकर्मीसँग कुरा गर्दै भूमिकाले लैङ्गिक तथा अल्पसङ्ख्यक...
दुर्घटनामा परेको हेलिकोप्टरका घाइतेको उद्धार
काठमाडौँ, ४ चैत । खोटाङमा दुर्घटनामा परेको एयर डाइनेष्टीको हेलिकोप्टरमा घाइते भएकाहरूको उद्धार गरिएको छ । आज बिहान काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको ‘नाइन एन–एएफक्यु’ होलिकोप्टर खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालबेसीस्थित अवतरणका क्रममा बिहान करिब ११ः५५ बजे असन्तुलित भइ दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो ।...
लागुऔषधसहित सात जना पक्राउ
झापा, ४ चैत । लागुऔषध खैरो हिरोइनसहित सात जना पक्राउ परेका छन् । भद्रपुर नगरपालिकाका दुई स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार भद्रपुर–६ स्थित श्रवण यादवको घरमा गए राति खानतलासी गर्दा खैरो हिरोइन बरामद भएको थियो । लागुऔषध कारोबारमा संलग्न भएको...
राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुन आवश्यक : अर्थमन्त्री खनाल
काठमाडौँ, ४ चैत । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले उपलब्ध तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गरी राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री खनालले हाल बैंकिङ प्रणालीमा ब्याजदर घटेको र तरलता पर्याप्त रहेको अवस्थामा त्यसलाई उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले ठुला पूर्वाधार...
जग्गा विवादमा आमाको हत्या
कञ्चनपुर, ४ चैत । दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया आमा बिन्द्रा श्रेष्ठको हत्या गरेका छन् भने धारिलो हतियार प्रहार गरेर बहिनीलाई घाइते बनाएका छन् । कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हेमबहादुर शाहीका अनुसार गए राति भएको उक्त घटनामा अभियुक्तकी आमाको घटनास्थलमै मृत्यु भएको हो ।...
म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना
म्याग्दी, ४ चैत । म्याग्दी जिल्लाको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ । एकाइको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले मङ्गलबार उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन पालिका प्रतिबद्ध रहेको बताउँदै गाउँको विकासलाई आफूले प्राथमिकता राखेको उल्लेख गर्नुभयो । मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर...
नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन
पर्वत, ४ चैत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको बजेटसहित नौ करोड २ लाख रूपैयाँमा नगरपालिकाको ४२ कोठे भवन निर्माण भएको छ । नगरपालिकाका इन्जिनियर प्रवीण गौतमका अनुसार फलेवास–५ झकलकमा स्थानीयले निःशुल्क उपलब्ध गराएको ६० रोपनी आठ आना जग्गामा चारतले भवन निर्माण भएको हो । रङरोगन,...