के हो दाँत स्केलिङ, के यसले दाँत कमजोर बनाउँछ ?
हाम्रो समाजमा अझै पनि मेसिनले दाँत सफा (स्केलिङ) गर्यो भने दाँत झन् हल्लिन्छ, सिरिङ सिरिङ हुन्छ र कमजोर हुन्छ भनेको सुनिन्छ। तर के साँच्चै यो कुरा सहि हो त ? के हो स्केलिङ ? हरेकपटक हामीले खाना खाईसकेपछि दाँतमा एक प्रकारको लेउ जम्मा हुन्छ। जसमा दाँत, गिजा र दाँतको नसालाई...
शरीर स्लिम बनाउने ४ उपायहरु, जसले सात दिनमै दिन्छ परिणाम
सबै केटीहरुका लागि अहिलेको मुख्य समस्या भनेको कसरी सुन्दर देखिने भन्ने हो । त्यसमा पनि आफ्नो लुक्स र शरीरलाई कसरी अरुको भन्दा आकर्षक बनाउनेतर्फ नै उनीहरुको बढी ध्यान जान्छ । तर पनि कयौंपटक मोटो शरीर र कपडाभन्दा बाहिर निस्किएको पेटले उनीहरुलाई ठूलो समस्यामा पारिदिन्छ । आफ्नो शरीर फिट बनाउने चाहना...
महिलाहरु यस्ता समस्यादेखि सधै रहनुहोस् सावधान ! वेवास्ता गर्दा ज्यानै जान सक्छ !
व्यस्तताका कारण आजभोलि महिलाले आफूलाई समय दिन पाउँदैनन्। महिलाको यो गल्तीका कारण स्वास्थ्यमा कयौँ समस्या देखिने गर्दछन्। जसका कारण कतिपय महिलाले अकालमा ज्यान गुमाउनु परेको छ। हरेक महिलाले कामसँगै आफ्नो पनि विशेष ध्यान दिनु पर्ने हुन्छ। तत्र यस्तो रोगबाट ग्रसित हुनुपर्दछ, जसका कारण ज्यानै गुमाउनु पर्ने हुन्छ। आज हामी तपाईलाई...
पशुपंक्षीको कलेजो खादा स्वास्थ्यमा फाईदा कि बेफाइदा ?
मासुमा रुची हुनेहरुका लागि पशुपंक्षीको मुटु, कलेजो, फोक्सो पनि निकै स्वाद लाग्ने गर्दछ साथै स्वास्थ्यका लागि पनि त्यतिकै लाभदायक मानिन्छ । यस्तो परिकार बनाउने काइदा पनि फरक हुन्छ । यद्यपी मन खोलेर भने खान हच्किन्छन् । कारण, यस्ता खानेकुराले स्वास्थ्यमा असर गर्छ कि भनेर । खासगरी कलेजोको सन्दर्भमा धेरैले डर...
महिलाको शरिरमा देखिने निलो दाग बोक्सीले टोकेर हो त ?
कुन संस्कारबाट हामी हुर्केका छौं भनी बुझ्ने हो भने बोक्सी, भूतप्रेतबारे धेरै कुरा थाहा हुन्छ । बाबुबाजे लगायतबाट हामीले धेरै कुरा ग्रहण गरेका हुन्छौं । उहाँहरुबाट हामीले वंशाणु गुण त लिएका हुन्छौ नै, साथसाथै उहाहरुको चिन्तन, विश्वास र सोचाई पनि नजानिदो ढंगले ग्रहण भएको हुन्छ । ती पुराना संस्कारहरु पहिलेभन्दा...
मुख तथा स्वासको दुर्गन्ध हटाउने अचूक औषधि
टिमुर नेपाली भान्सामा सुपरिचित मसला हो । यो अहिले विशेषगरी अचारका रूपमा प्रयोग हुँदै आइरहेको छ । यसको प्रयोग परम्परादेखि औषधीका रूपमा पनि हुँदै आइरहेको छ । औषधीय गुण भएको टिमुरका फाइदा अनेक छन् ।अध्ययनका अनुसार टिमुर उच्च रक्तचाप, दाँतको दुखाइ, मुखको दुर्गन्धलगायतका विविध समस्यामा उपयोगी हुन्छ । गिजाबाट बग्ने...
छालामा एलर्जी भयो ? घरमै छन् ओखती
अनुहारमा डण्डीफोर आयो ? रातो दाग त छैन ? कतै छालामा एलर्जी त भएको छैन ? बढ्दो प्रदूषण र धुवाँधुलोका कारण छालामा नकारात्मक असरहरू देखिन थालेका छन् । हिजोआज प्रदूषणका कारण अनुहारमा डण्डीफोर तथा अनेक दाग आउने समस्याबाट पीडित हुनेको संख्या बढ्दै छ । यसलाई छालाको एलर्जी भन्ने गरिन्छ ।...
तपाईको ट्वाइलेट कस्तो छ ?
तपाईको ट्वाइलेट कस्तो छ ? यो प्रश्न तपाईलाई वाहियात लाग्न सक्छ । वेकारको लाग्न सक्छ । किनभने ट्वाइलेटसँग हाम्रो खास सरोकार रहन्न ।जब हामी स्वास्थ्यको कुरा गर्छौं, सरसफाईको कुरा गर्छौं, सजावटको कुरा गर्छौं घर, बगैंचा, सयनकक्ष, बैठक कक्ष, भान्साको ख्याल राख्छौं । स्वास्थ्यको कुरामा त भान्सा अभिन्न रुपमा जोडिने नै...
बुढापाकाले कान किन कम सुन्छन् ?
हाम्रो कानमा विशेषगरी तीन भाग हुन्छ । बाहिरी भाग, मध्यम भाग र भित्री भाग । यो तीन भागको समन्वयबाट नै हामीले कुनै पनि कुरा सुन्ने गर्छौं । उमेर बढ्दै गएपछि वृद्धवस्थामा कानको भित्री भागका नसाहरु खिइँदै जान्छ, जसले श्रवणशक्ति कम हुँदै जान्छ । वृद्धावस्थामा कुनै पनि व्यक्तिले एक्कासि कान सुन्न...