Author: The Nepali Video

न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित
TNV News Update

न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित

सोमबार बिहान न्युयोर्कको लागार्डिया विमानस्थलमा एक विमान रनवेमा ठोक्किँदा विमानस्थलका उडानहरू रद्द भएका छन् । एयर क्यानाडा एक्सप्रेसको यात्रुवाहक जहाज माउन्ट्रियलबाट उत्रँदै गर्दा रनवेमा रहेको गाडीमा ठक्कर दिएको बताइएको छ । विमानको अगाडिको भाग र ककपिट क्षेत्र गम्भीर रूपमा क्षतिग्रस्त भएको दृश्यहरू सामाजिक सञ्जालमा देखा परेका छन् भने उद्धार र...
सडक छेउका टहरा भत्काउन दरवाङवासी अग्रसर
TNV News Update

सडक छेउका टहरा भत्काउन दरवाङवासी अग्रसर

म्याग्दी, ९ चैत । मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त रुपमा घरको पेटी र टहरा भत्काउन थालेका छन् । गाउँपालिकाको केन्द्रसमेत रहेको दरवाङ बजारको सडक विस्तार र कालोपत्र गर्नका लागि सञ्चालित योजना कार्यान्वयनमा स्थानीयवासीले संरचना भत्काएर सघाएका हुन् । मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले सडक छेउमा रहेको...
जलवायु परिवर्तनको बढ्दो असर : तापक्रम वृद्धि र विषम् मौसमीय घटनाको जोखिम बढ्दै
TNV News Update

जलवायु परिवर्तनको बढ्दो असर : तापक्रम वृद्धि र विषम् मौसमीय घटनाको जोखिम बढ्दै

पार्वती भण्डारी काठमाडौँ, ९ चैत । हरेक वर्ष २३ मार्चमा विश्व मौसम दिवस मनाउने गरिन्छ । यसै अवसरमा नेपालमा पनि आज विभिन्न कार्यक्रमहरुगरी मौसम दिवस मनाइँदै छ । विश्व मौसम संगठनसम्बन्धी महासन्धि कार्यान्वयनमा आएपछि सन् १९५० देखि विश्व मौसम दिवस मनाउन थालिएको हो । मौसम दिवसमा बढ्दो सहरीकरणका कारण वातावरण...
बुवाआमाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना
TNV News Update

बुवाआमाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

खोटाङ, ९ चैत । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माध्यमिक विद्यालयमा पाँच लाख रुपैयाँको ‘मुगाधन र भलशोभा स्मृति अक्षयकोष’ स्थापना गरिएको छ । स्व मुगाधन र भलशोभा राईका छोरा ९९ वर्षीय कर्णबहादुर राई, छोरी ८७ वर्षीया कुमारीकृष्ण राई, स्व छोरा राजबहादुर र भुँइचालबहादुर राईको परिवारले विद्यालयमा अक्षयकोष स्थापना...
रुखबाट लडेर मृत्यु भएको भनिएका युवाको हत्या भएको खुलासा
TNV News Update

रुखबाट लडेर मृत्यु भएको भनिएका युवाको हत्या भएको खुलासा

म्याग्दी, ९ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा एक महिनाअघि रुखबाट लडेर मृत्यु भएको भनिएका युवाको हत्या भएको खुलासा भएको छ । गत फागुन ७ गते दानाका २४ वर्षीय सौरव भनिने सुकमन विकको गैयाभाट जङ्गलमा घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको भनेर दाहसंस्कार गर्ने तयारी भएको थियो । घटनाको...
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
TNV News Update

सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

राजकुमार पराजुली काभ्रेपलाञ्चोक, ९ चैत । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरू गरिएको जम्मा १६ किलोमिटरको उक्त सडक विस्तारमा हालसम्म ६७ प्रतिशत भौतिक प्रगति भएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । आयोजनाले थपिएको समयमा काम सम्पन्न गर्ने जनाएको छ...
परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै
TNV News Update

परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

भीष्मराज ओझा काठमाडौँ, ८ चैत । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमिको संरक्षण गरिने भएको छ । चरनभूमिको संरक्षण गर्न ‘नेपालका उच्च हिमाली चरनभूमि संरक्षणका लागि धार्मिक नेतृत्वको पुनर्जीवन’ नामक चार वर्षे परियोजना सुरू गरिएको हो । यसका लागि नेपाल सरकारले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ)...
कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि बसाहा क्लबलाई
TNV News Update

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि बसाहा क्लबलाई

धरान, ८ चैत । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बसाहा क्लब उदयपुरले जितेको छ । इटहरीस्थित जनता कलेजको खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा बसाहा क्लबले लोहोरुङ एफसी सङ्खुवासभालाई १–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै बसाहा क्लबले चार लाख चार हजार रूपैयाँ नगद...
जलवायु परिवर्तनले पानीका स्रोतमा बढ्दो सङ्कट : जलवायुविज्ञ डा.रेग्मी
TNV News Update

जलवायु परिवर्तनले पानीका स्रोतमा बढ्दो सङ्कट : जलवायुविज्ञ डा.रेग्मी

आकाङ्क्षा धामी काठमाडौँ, ८ चैत । आज (मार्च २२) संसारभर ‘विश्व जल दिवस’ मनाइँदै छ । पानीको महत्त्व, आवश्यकता र संरक्षणमा जनचेतना फैलाउने उद्देश्यले सन् १९९३ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस मनाउन सुरू गरिएको हो । ‘जल नै जीवन हो’ भन्ने मूल मन्त्रका साथ नेपालमा पनि यसदिन पानीका स्रोतहरूको...