Author: The Nepali Video

जनताका असीमित आकाङ्क्षालाई संसद् र सरकारले सम्बोधन गर्नुपर्छ : अर्जुनरसिंह केसी
TNV News Update

जनताका असीमित आकाङ्क्षालाई संसद् र सरकारले सम्बोधन गर्नुपर्छ : अर्जुनरसिंह केसी

काठमाडौँ, ११ चैत । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र आकाङ्क्षालाई संसद् र सरकारले सम्बोधन गर्न सक्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले आज नै राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनियताको शपथ लिनुभएको थियो । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदबहालीपश्चात् प्रतिक्रिया दिँदै केसीले मुलुकको समग्र हितका...
सुनसान सिंहदरबार
TNV News Update

सुनसान सिंहदरबार

काठमाडौँ, ११ चैत । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग सुरू भइसकेको छ । यतिखेर सिंहदरबारका सबै मन्त्रालयमा मन्त्रीहरू भइदिएको भए प्रदेश एवम् स्थानीय तहका जनप्रतिनिधिहरू बजेट माग्न सिंहदरबारमा आइसकेका हुने थिए । जनप्रतिनिधि मात्र नभएर जिल्ला जिल्लाबाट विभिन्न राजनीतिक दलका नेताहरु अहिले सिंहदरबार आउने समय हो ।...
ज्येष्ठ सदस्य केसीले लिए पद तथा गोपनीयताको शपथ
TNV News Update

ज्येष्ठ सदस्य केसीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ, ११ चैत । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधि सभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज आफ्नो पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपतिसमक्ष केसीले प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रुपमा शपथ लिनुभएको हो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत,...
चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड
TNV News Update

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

गलकोट, ११ चैत । गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड बढेको छ । चैते दसैँको नवदुर्गा सुरू भएयता क्रमशः मन्दिरमा दर्शन गर्न आउनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । मङ्गलबार चैते दसैँ मेला पनि सुरू भएको छ । कालिका मन्दिरमा वडा दसैँको तुलनामा चैते दसैँमा बढी भक्त...
सुन तोलामा चौध हजार छ सयले बढ्यो
TNV News Update

सुन तोलामा चौध हजार छ सयले बढ्यो

काठमाडौँ, ११ चैत । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा १४ हजार ६०० रूपैयाँले बढेको छ भने चाँदी पनि तोलामा चार सय १५ रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ८८ हजार ५०० रूपैयाँ र त्यति नै...
निर्माण ढिलाइ हुनुमा ठेकेदार मात्र दोषी होइनन्, कर्मचारीको भूमिका पनि हेर्नुपर्छ : आङ दोर्जे लामा [भिडिओ]
TNV News Update

निर्माण ढिलाइ हुनुमा ठेकेदार मात्र दोषी होइनन्, कर्मचारीको भूमिका पनि हेर्नुपर्छ : आङ दोर्जे लामा [भिडिओ]

काठमाडौँ, ११ चैत । नेपाल निर्माण व्यवसायी महासंघको आगामी चैत १७, १८ र १९ गते हुने २६औँ साधारणसभा एवम् निर्वाचनका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष आङ दोर्जे लामाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । महासंघको केन्द्रीय सदस्य, उपमहासचिव र उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका लामाले निर्माण क्षेत्रको ‘क्रोनिक’ समस्या...
रौतहटमा नक्कली सुनको कारोबार गर्ने ४ जना पक्राउ
TNV News Update

रौतहटमा नक्कली सुनको कारोबार गर्ने ४ जना पक्राउ

दिपेश पौडेल रौतहट, ११ चैत । प्रहरीले नक्कली सुनलाई सक्कली भन्दै ठगी गर्ने गिरोहका चार सदस्यलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले चन्द्रपुर नगरपालिका–५ स्थित जगत रिसोर्ट होटेलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी नायब उपरीक्षक रूपा लाबुङ्गको नेतृत्वमा मंगलबार दिउँसो होटेलको कोठा...
एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
TNV News Update

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज, ११ चैत । चालु आर्थिक वर्षको प्रथम सात महिनामा एक खर्ब २३ अर्ब ६७ करोड रूपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको सोही अवधिको तुलनामा चालु आवमा इन्धन आयात बढेको छ । पेट्रोलियम पदार्थको आयातबाट ५२ अर्ब १५ करोड रूपैयाँ राजस्व सङ्कलन...
दासत्व पीडितहरूको स्मृति दिवस आज
TNV News Update

दासत्व पीडितहरूको स्मृति दिवस आज

काठमाडौँ, ११ चैत । आज दासत्व पीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस हो । मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्न देशमा यो दिवस मनाइँदै छ । यस अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा आज विशेष स्मृतिसभा हुँदै छ । सन् २००६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले दास व्यापार र दासत्वलाई मानव...