Author: The Nepali Video

काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ
TNV News Update

काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ

काठमाडौँ, १७ चैत । काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा लिएको हो । गत भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले उक्त आन्दोलनमा बल प्रयोग...
मन्त्रालयका देहायको कार्य गर्न ‘फास्ट ट्रयाक डेस्क’ स्थापना गर्ने मन्त्री गौतमको निर्णय
TNV News Update

मन्त्रालयका देहायको कार्य गर्न ‘फास्ट ट्रयाक डेस्क’ स्थापना गर्ने मन्त्री गौतमको निर्णय

काठमाडौँ, १७ चैत । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मन्त्रालयका देहायको कार्य गर्न ‘फास्ट ट्रयाक डेस्क’ स्थापना गर्ने निर्णय गर्नुभएको छ । मन्त्री गौतमले मन्त्रालयका कामकारबाहीलाई छिटो, प्रभावकारी र पारदर्शी बनाउन फास्ट ट्रयाक डेस्क स्थापना गर्ने निर्णय गर्नुभएको हो । उहाँले उक्त डेस्कमार्फत मन्त्रालयभित्र भइरहेका कामहरूको अवस्था नियमित...
म ‘पहाड’की तारा हुँ, पुलको काम गरेकी छु : पञ्चमी घिमिरे
TNV News Update

म ‘पहाड’की तारा हुँ, पुलको काम गरेकी छु : पञ्चमी घिमिरे

आकाङ्क्ष धामी काठमाडौँ, १७ चैत । नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय निर्देशक तुलसी घिमिरेको निर्देशनमा निर्माण भएको फिल्म ‘पहाड’ आगामी वर्ष २०८३ साल वैशाख १ गतेदेखि प्रदर्शनमा आउँदै छ । यसै फिल्ममार्फत उहाँकी छोरी पञ्चमी घिमिरेले अभिनय यात्रा सुरू गर्नुभएको छ । नेपाल न्युज बैङ्कसँग गरिएको विशेष संवादमा पञ्चमीले...
पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल
TNV News Update

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

गुल्मी, १७ चैत । जिल्लाको इस्मा गाउँपालिका–२ अन्तर्गत छल्दीटारी र पालुखा जोड्ने झोलुङ्गे पुल निर्धारित समयभन्दा पाँच महिनाअगावै निर्माण सम्पन्न भएको छ । सडक पूर्वाधार विकास कार्यालय तम्घासमार्फत निर्माण गरिएको एक सय ४६ मिटर लामो सस्पेन्सन (एनटाइप) पुलको निर्माण आस्था सम्झना जेभी अर्घाखाँचीले निर्माण समयअघि नै सम्पन्न गरेको हो ।...
आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह
TNV News Update

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ, १७ चैत । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आगामी आर्थिक वर्षको बजेट सन्तुलित बनाइने बताउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सोमबार कर्णाली प्रदेशका सङ्घीय सांसदहरुसँगको छलफलमा उहाँले बजेटमार्फत कर्णाली प्रदेशलाई न्यायोचित सम्बोधन गरिने विश्वास दिलाउनुभयो । “कर्णालीलाई आगामी बजेटमा न्यायोचित सम्बोधन गरिन्छ, बजेट सन्तुलित हुन्छ”, प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै...
अहिंसाको शिक्षाले सबैमा करुणा र दयाभाव राख्न प्रेरित गर्छ : उपराष्ट्रपति यादव
TNV News Update

अहिंसाको शिक्षाले सबैमा करुणा र दयाभाव राख्न प्रेरित गर्छ : उपराष्ट्रपति यादव

काठमाडौँ, १७ चैत । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैन धर्मका २४औँ तीर्थकर भगवान् महावीरको जयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण जैन धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि र आध्यात्मिक उन्नतिका लागि शुभकामना दिनुभएको छ । महावीरको आज दुई हजार ६२५औँ जयन्ती विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । जैन धर्मावलम्बीले यस पर्वलाई...
भोजपुर–बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
TNV News Update

भोजपुर–बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

भोजपुर, १७ चैत । भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरियालीले ढाकिएको पहाडको काखैभरि सर्प बाङ्गोटिङ्गो रूपमा तल झर्दै गएको यो सडकको दृश्यले जो कोहीलाई पनि सहजै आकर्षित गर्ने गर्दछ । भोजपुर नगरपालिका–१२ मा पर्ने...
रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश
TNV News Update

रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश

काठमाडौँ, १६ चैत । सर्वोच्च अदालतले नेपाली काङ्ग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामुक्त माग गर्दै दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन पक्राउ गर्नुको आधार र कारणसहित लिखित जवाफ माग गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले आज कारण देखाऊ आदेश गर्दै सूचना पाएको मितिले तीन दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ...
संघीय संसद्‌को अधिवेशन चैत १९ मा बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस
TNV News Update

संघीय संसद्‌को अधिवेशन चैत १९ मा बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ, १६ चैत । सरकारले मन्त्रीपरिषद्को बैठकमार्फत आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले संघीय संसद्‌को दुवै सदनको अधिवेशन चैत १९ गते बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले...