विदेशको ज्ञान, स्वदेशमा कमाइ
नारायण अधिकारी चितवन, २४ चैत । दश वर्ष दुवइमा मजदुरी गरेर फर्कनुभएका टीका बहादुर गुरुङले मायाँटारमा घरबास सुरु गरे पछि विदेश फर्कने सोच बदल्नुभएको छ । इच्छाकामना गाउँपालिका–३ मायाँटारमा बाटो छेउमा आफैँ वसेको घरबाट उहाँले घरबास सुरु गर्नुभएको हो । विसं १९७८ मा बनेको पुरानो सैलीको घरमा बाटो हिँड्नेहरुलाई बास...
आलु उत्पादन वृद्धि हुने आशामा किसान उत्साहित
रसुवा, २४ चैत । चैत महिनामा परेको वर्षाले यहाँका किसान यस वर्ष आलु उत्पादन बढ्ने आशामा उत्साहित देखिएका छन् । सोमबार परेको वर्षा र हिमपातले आलुबालीलाई आवश्यक चिस्यान पुगेकाले उत्पादन वृद्धि हुने आशा उत्तरी रसुवाका किसानको छ । उच्च भेगमा परेको हिउँले जमिनमा प्राकृतिक चिस्यान कायम राख्दा आलुखेतीलाई विशेष फाइदा...
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
झापा, २४ चैत । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले बिचौलियालाई नाकाको बसपार्क, भन्सार र बजार क्षेत्रबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले पक्राउ परेका सबै पुरुष रहेका बताउनुभयो । लामो तथा छोटो...
धार्मिक पर्यटकीयस्थल मालिका जोड्ने तेस्रो सडकको पनि मार्ग खुल्यो
म्याग्दी, २४ चैत । म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल मालिका धुरी तीनतर्फबाट सडक सञ्जालमा जोडिएको छ । समुद्री सतहदेखि तीन हजार ४०० मिटर उचाइमा रहेको मालिका मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा अवस्थित छ । मङ्गला गाउँपालिका–२ हिदीदेखि मालिकाको फेदीमा रहेको जुगेदेउराली जोड्ने सडकको मार्ग खुलेपछि यातायातको साधन प्रयोग गरेर मालिका जाने...
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालन गर्न माग
रुपन्देही, २४ चैत । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई यथाशीघ्र सञ्चालन गराउन सिद्धार्थनगर नगरपालिकाका जनप्रतिनिधिले सरकारसँग माग गर्नुभएको छ । सोमबार भैरहवामा आयोजित सिद्धार्थनगर नगरपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहमा उहाँहरूले विमानस्थल सञ्चालन गर्न सङ्घीय सरकारसँग आग्रह गर्नुभएको हो । समारोहमा नगरप्रमुख इश्तियाक अहमद खाँले अर्बौँ लगानीमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय...
राष्ट्रियसभाका उपाध्यक्ष भण्डारीको राजनीतिक यात्रा
काठमाडौँ, २३ चैत । राष्ट्रियसभाको नवनिर्वाचित उपाध्यक्ष लीला कुमारी भण्डारी सुदूरपश्चिम प्रदेशबाट उक्त पदमा पुग्ने पहिलो महिला हुनुहुन्छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट राष्ट्रियसभा सदस्य हुनुभएका भण्डारी सभाको आजको बैठकमा निर्विरोध रुपमा उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । उक्त पदमा एक मात्र उम्मेदवारी परेकाले उहाँलाई सभाका अध्यक्ष नारायणप्रसाद...
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा.वाग्ले
काठमाडौँ, २३ चैत । अर्थमन्त्री डा.स्वार्णिम वाग्लेले आगामी जेठ १५ मा प्रस्तुत गरिने बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)का प्रतिनिधिसँग सिंहदरबारस्थित कार्यकक्षमा आज भएको छलफलमा उहाँले वर्तमान आर्थिक, नीतिगत र समसामयिक विषयमा सरकारको धारणा स्पष्ट पार्दै सरकारको नीति राजनीतिक सुशासनसँगै आर्थिक सुशासन कायम...
ओली–लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौँ, २३ चैत । सर्वोच्च अदालतले नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आगामी बिहीबारभित्र अनुसन्धान सम्पन्न नभएमा हिरासत मुक्त गर्न आदेश दिएको छ । न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले जिल्ला अदालतबाट यही चैत २२ गते भएको आदेश...
मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात
मुस्ताङ, २३, चैत्र । मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र-१ को मुक्तिनाथ क्षेत्रलगायत मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात भएको छ । मुक्तिनाथ क्षेत्रमा आज दिउँसोदेखि निरन्तर हिमपात भइरहेको छ । मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले मुक्तिनाथ क्षेत्रमा जारी हिमपात यो सिजनकै सबैभन्दा बाक्लो भएको बताउनुभयो । “मुक्तिनाथ क्षेत्रमा यसअघि छ पटक सम्म...