ढुङ्गा ढुङ्गामा कोरिँदै मूर्तिकला
मुस्ताङ, ९ वैशाख । घरपझोङ गाउँपालिकाले पन्ध्र दिने घरपझोङ मूर्तिकला कार्यशाला शुभारम्भ गरेको छ । घरपझोङ गाउँपालिकाको आयोजना तथा ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँको सहकार्यमा मूर्तिकला कार्यशाला आयोजना गरिएको हो । मुस्ताङ जिल्लाको समग्र धार्मिक तथा सांस्कृतिक सम्पदा एवम् यहाँको मौलिकता, रहनसहन, जैविक विविधतालाई झल्काउने गरी मूर्तिकलामार्फतबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित...
वीरगञ्ज हुँदै छ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात
पर्सा, ९ वैशाख । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा छ खर्ब ९४ अर्ब पाँच करोड रुपैयाँका वस्तु तथा सामान आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने ८० अर्ब ४४ करोड रुपैयाँ अर्थात् १३ प्रतिशत बढी आयात...
सरकारले अटिजमलाई शैक्षिक सीमामा होइन, जीवन विकाससँग जोड्नुपर्छ : अध्यक्ष अमात्य
प्रमिला कार्की काठमाडौँ, ९ वैशाख । सरकारले सातै प्रदेशमा अटिजम नमुना विद्यालय स्थापना गर्ने घोषणा गरेको छ । विश्व अटिजम सचेतना दिवस (अप्रिल २) को अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा आयोजित विशेष कार्यक्रममा यो निर्णय घोषणा गरिएको हो । कार्यक्रममा सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, सचिवहरू, शिक्षा तथा स्वास्थ्य क्षेत्रका...
वैदेशिक रोजगार विभागबाट तीन बिचौलिया पक्राउ
काठमाडौँ, ९ वैशाख । वैदेशिक रोजगार विभाग ताहचलमा सेवाग्राहीलाई दुःख हैरानी दिने तीन बिचौलिया पक्राउ परेका छन् । प्रहरी वृत्त कालिमाटीबाट खटिइएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१३ स्थित विभागबाट सेवाग्राहीलाई अभद्र व्यवहार गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । मोरङ घर भइ हाल सामाखुसी बस्ने ५३ वर्षीय किशोरप्रसाद श्रेष्ठ, सिन्धुपाल्चोक घर...
म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले
म्याग्दी, ८ वैशाख । गर्मी बढ्न थालेपछि म्याग्दीका घुम्ती पशु गोठहरू हिमाली भेगका लेकतर्फ सार्न थालिएको छ । हिउँदयाममा चिसो छल्न र आहराका लागि बेँसीका फाँटहरूमा ल्याइएका भेडाबाख्रा र गाईभैँसीका गोठ लेकतर्फ लैजान थालिएको हो । धवलागिरि गाउँपालिका–३ हुुचिन र सोलवाङमा पाँच महिना राखेको गोठ लेकतर्फ लैजान मुनाको जौबारीमा सारेको...
जिल्ला प्रशासनमा एकद्वार प्रणालीमार्फत सेवा सुरू
खाँदबारी, ८ वैशाख । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले सेवा प्रवाहलाई सहज, छरितो र नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरू गरेको छ । सो प्रणालीमार्फत नागरिकता, राहदानीलगायत महत्त्वपूर्ण सेवा अब एउटै स्थानबाट उपलब्ध गराइने भएको छ । सेवाग्राहीले अब विभिन्न शाखा धाउनुपर्ने झन्झट समाप्त भएको छ । सोमबारदेखि एकद्वार प्रणालीमार्फत...
विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
काठमाडौँ, ८ वैशाख । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रौतहट बौधीमाई नगरपालिका–७ का २५ वर्षीय मिथिलेश कुशवाहा, भोजपुर नगरपालिका–७ का ४४ वर्षीय केदार बहादुर भण्डारी, सप्तरी सुरूङगा नगरपालिका–५...
राज्यका निकायलाई सुदृढ बनाएर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री शाह
काठमाडौँ, ८ वैशाख । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकायहरूलाई खारेज गर्नुको सट्टा सुधारमार्फत सुदृढ बनाइ सरकारको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज आयोगका पदाधिकारी तथा कर्मचारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले योजना निर्माण र नीतिगत अनुसन्धान व्यवस्थित...
राहुघाट जलविद्युत् आयोजना : ९५ प्रतिशत भौतिक प्रगति
म्याग्दी, ८ वैशाख । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९५ प्रतिशत भौतिक प्रगति भएको छ । सुरुङ, बाँध र विद्युत्गृहको भौतिक संरचना निर्माण, उपकरण जडान अन्तिम चरणमा पुगेको आयोजना परीक्षण उत्पादनको तयारीमा जुटेको हो । आगामी जेठभित्र परीक्षण उत्पादन...