Author: The Nepali Video

मर्स्याङ्दी ड्याममा एक जना बेपत्ता, खोजीकार्य जारी
TNV News Update

मर्स्याङ्दी ड्याममा एक जना बेपत्ता, खोजीकार्य जारी

दमौली, १ वैशाख । तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरुष बेपत्ता भएका छन् । स्थानीय टिका मगर (ढल्के) भनेर चिनिने ती पुरुष नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घटनापछि सशस्त्र प्रहरी बल नेपालको टोली तत्कालै खोजीकार्यमा...
रविको ‘मिश्रित खेती’मा २७ प्रजातिका नगदेबाली
TNV News Update

रविको ‘मिश्रित खेती’मा २७ प्रजातिका नगदेबाली

झापा, १ वैशाख । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका किसान रवि नेपालले एउटै जमिनमा २७ प्रजातिका नगदेबाली लगाएर आधुनिक मिश्रित खेतीका लागि उदाहरण बन्नुभएको छ । विगत १३ वर्षदेखि व्यावसायिक कृषिमा होमिनुभएका उहाँले १२ बिघा जमिनको हरेक कुनालाई उत्पादनसँग जोडेर मिश्रित नमुनाखेती गर्नुभएको हो । चियाखेतीबाट कृषियात्रा सुरू गर्नुभएको नेपालले अहिले एउटै...
नेपालका चाडपर्व विज्ञान र प्रकृतिसम्मत छ : संस्कृतिविद् गुरुङ
TNV News Update

नेपालका चाडपर्व विज्ञान र प्रकृतिसम्मत छ : संस्कृतिविद् गुरुङ

काठमाडौँ, १ वैशाख । संस्कृतिविद् डा.जगमान गुरुङले नेपालका चाडपर्व, रीतितिथि तथा संस्कृति विज्ञान र प्रकृतिसम्मत भएको बताउनुभएको छ । नयाँ वर्ष २०८३ का सन्दर्भमा नेपालको मौलिक संस्कृति, परम्परा, प्रकृति र समाजको अन्तरसम्बन्धका विषयमा राससका प्रकाश सिलवालसँगको संवादमा प्राज्ञ गुरुङले विक्रम सम्वत् विक्रमादित्यभन्दा पुरानो समयदेखि चलेको बताउँदै यी सम्वत् र परम्पराहरु...
पानीको सङ्कटले हरायो जुडशीतल पर्वको रौनक
TNV News Update

पानीको सङ्कटले हरायो जुडशीतल पर्वको रौनक

गोपालप्रसाद बराल महोत्तरी, १ वैशाख । नयाँ वर्ष पारम्भका दिन आज मधेसको मिथिला क्षेत्रमा हिलो खेलेर वर्षभरि सहकाल होस् भन्ने कामना गर्दै जुडशीतल पर्व मनाइन्छ । तर, यस क्षेत्रका अधिकांश बस्तीमा पानीका स्रोतका मुहान चैतमै सुकेर, पोखरी, डबरा (ससाना पोखरी आकारका खाल्डा)मा धाँजा फाटेपछि यहाँ माटोको हिलो देखिएको छैन ।...
गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन
TNV News Update

गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन

काठमाडौँ, १ वैशाख । गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्डको अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा आज गृहमन्त्री गुरुङले सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले काममा ढिलासुस्ती स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ । त्यसैगरी काममा ढिलाइ भएको विषयमा उहाँले चिनियाँ ठेकेदार कम्पनीलाई...
नयाँ वर्षले सबैमा नयाँ ऊर्जा, आशा र उत्साह सञ्चार गरोस् : पूर्वराष्ट्रपति भण्डारी
TNV News Update

नयाँ वर्षले सबैमा नयाँ ऊर्जा, आशा र उत्साह सञ्चार गरोस् : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, १ वैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्षले सबैमा नयाँ ऊर्जा, आशा र उत्साह सञ्चार गरोस् भन्ने कामना व्यक्त गर्नुभएको छ । नयाँ वर्ष २०८३ को आज शुभकामना सन्देश दिँदै उहाँले नयाँ वर्षले विगतका कतिपय असमझदारी, निराशा र अवरोधहरूलाई चिर्दै व्यक्तिगत, सामाजिक तथा राष्ट्रिय जीवनलाई समुन्नत बनाउने दिशामा अघि...
राष्ट्रिय हित र विधिको शासनका लागि सबै मिलेर अघि बढौँ : पूर्वप्रधानमन्त्री कार्की
TNV News Update

राष्ट्रिय हित र विधिको शासनका लागि सबै मिलेर अघि बढौँ : पूर्वप्रधानमन्त्री कार्की

काठमाडौँ, १ वैशाख । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्‌भाव अभिवृद्धिका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ । नयाँ वर्ष २०८३ का अवसरमा शुभकामना दिँदै उहाँले सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको हो । पूर्वप्रधानमन्त्री कार्कीले बितेका अनुभवहरूबाट सिक्दै आगामी दिनलाई अझ उज्यालो,...
कलाकारहरू भन्छन् : नयाँ वर्ष उत्सव मात्र होइन, जीवनशैली र संस्कृतिको प्रतिबिम्ब हो
TNV News Update

कलाकारहरू भन्छन् : नयाँ वर्ष उत्सव मात्र होइन, जीवनशैली र संस्कृतिको प्रतिबिम्ब हो

आकाङ्क्षा धामी , काठमाडौँ, १ वैशाख । नेपाली कलाकारहरूले नयाँ वर्षलाई आ–आफ्नो अनुभव र दृष्टिकोणअनुसार फरक–फरक रूपमा व्याख्या गरेका छन् । कलाकारहरू रविन्द्र सिंह बानियाँ, सिर्जना अधिकारी र लोकगायक बिमलराज क्षेत्रीले नयाँ वर्षको महत्त्व, यसको बदलिँदो स्वरूप र व्यक्तिगत अनुभूति साझा गर्नुभएको छ । अभिनेता बानियाँले सानोदेखि सुन्दै आएको ‘मनपर्ने...
इटहरी गोल्डकप : युवा समाज मोरङ सेमिफाइनलमा
TNV News Update

इटहरी गोल्डकप : युवा समाज मोरङ सेमिफाइनलमा

सुनसरी, १ वैशाख । सुनसरीको इटहरीमा सोमबारदेखि सुरू भएको १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा युवा समाज मोरङ प्रवेश गरेको छ । राष्ट्रिय जागृति क्लबको आयोजनामा इटहरीस्थित रङ्गशालामा सुरू भएको रात्रिकालीन प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न उद्घाटन खेलमा जस्ट जोन एफसी, नाइजेरियालाई ३–२ गोल अन्तरले पराजित गर्दै युवा...