प्याराग्लाइडिङले रङ्गिँदै सुर्खेतको आकाश
रुपनी जिएम सुर्खेत, ५ वैशाख । सुर्खेतको आकाश केही वर्ष प्याराग्लाइडिङका कारण रङ्गिन थालेका छन् । कर्णाली प्रदेशको राजधानीसमेत रहेको यो सहर पछिल्लो समय साहसिक पर्यटनको नयाँ केन्द्रका रूपमा विस्तार भएको हो । चुरे पहाडको काखबाट उडान भर्दा तल देखिने हरियाली वन, फैलिएका बस्ती र टाढासम्म फैलिएको भू–दृश्यले जो कोहीलाई...
विराटनगर आँखा अस्पतालमा ‘डिजिटल ट्रेनिङ हब’ सञ्चालन
विराटनगर ५ वैशाख । नेपालको आँखा स्वास्थ्य क्षेत्रमा नवप्रवर्तन, गुणस्तर र पहुँच विस्तारमा नयाँ मानक स्थापित गर्ने ध्येयले विराटनगर आँखा अस्पतालमा अत्याधुनिक ‘डिजिटल ट्रेनिङ हब’ सञ्चालन ल्याइएको छ । नेपाल नेत्रज्योति सङघद्वारा सञ्चालित सो अस्पतालमा अर्बिस इन्टरनेशनलसँगका सहकार्यमा लहान आँखा तथा कान स्वास्थ्य सेवा प्रणाली ((लिक्स)अन्तर्गत पहिलो पटक ‘डिजिटल ट्रेनिङ...
‘जेनजी’ आन्दोलनमा रौतहट कारागारबाट भागेका कैदी पोखरामा पक्राउ
गण्डकी, ४ वैशाख । गत भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा रौतहट कारागारबाट भागेका कैदी ३० वर्षीय केदार परियारलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ । हाडनाता जर्बजस्ती करणी मुद्दामा रौतहट जिल्ला अदालतबाट २५ वर्ष कैद सजाय पाएका परियारलाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरी कास्की कारागार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका...
सङ्खुवासभामा जडीबुटी निकासीबाट चार करोड बढी राजस्व सङ्कलन
खाँदबारी, ४ वैशाख । जिल्ला वन कार्यालय सङ्खुवासभाले चालु आर्थिक वर्षमा जडीबुटी बिक्री तथा निकासीबाट चार करोड रूपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । जिल्लामा चालु आर्थिक वर्ष २०८२/८३ मा चिराइतो, मजिटो र रुद्राक्ष निकासीबाट चार करोड २१ लाख ६२६ रूपैयाँ राजस्व सङ्कलन भएको डिभिजन वन कार्यालयले जनाएको छ ।...
प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
पर्सा, ४ वैशाख । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आज वीरगञ्जको नारायणी रङ्गशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गर्दै उपाधि रक्षा गरेको हो । फाइनल खेलमा पहिलो व्याटिङ गरेको सृदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा सबै विकेट गुमाउँदै १६१...
रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : पर्यटन प्रवर्द्धनमा जोड
केदार मगर खोटाङ, ४ वैशाख । लोपोन्मुख वन्यजन्तुको संरक्षण र पर्यटन प्रवर्द्धनमा जोड दिने उद्देश्यले आजदेखि जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन–२०८३’ सुरू भएको छ । जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने तथा लोपोन्मुख वन्यजन्तुको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा पहिलोपटक दिक्तेल बजारमा जैविक विविधता तथा...
पर्वतको हम्पाल र कोखेडाँडामा पर्यटकको आकर्षण बढ्यो
लक्ष्मीप्रसाद सापकोटा पर्वत, ४ वैशाख । यो समय घुमघामका लागि अनुकूल मानिन्छ । जताततै लालीगुराँस फुल्नुका साथै मौसम पनि हरियाली बनेको छ । अहिले नयाँ वर्षको अवसर, सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिनेलगायत कारण घुम्न मन पराउनेहरूलाई अनुकूल समय बनेको हो । नेपालका प्रचलित पर्यटकीय क्षेत्रहरूमा आन्तरिक तथा बाह्य...
जानकी जन्म महोत्सवको सांस्कृतिक सन्देश
निरञ्जन कुमार साह धनुषा, ४ वैशा । मिथिलाको प्राचीन धार्मिक नगरी जनकपुरधाम पुनः एकपटक आस्था, परम्परा र सांस्कृतिक चेतनाले भरिने तयारीमा छ । प्रत्येक वर्षझैँ यस वर्ष पनि जानकी मन्दिरमा जानकी जन्म महामहोत्सव भव्य रूपमा आयोजना हुँदैछ । यही वैशाख ५ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने यो महोत्सव केवल धार्मिक...
पाठ्यपुस्तक समयमै नपुगेको र आपूर्ति अभाव भयो भन्ने ‘भाष्य’ गलत हो : प्रवक्ता कुँवर
मनिषा बस्नेत काठमाडौँ, ४ वैशाख । नयाँ शैक्षिक सत्र २०८३ सुरू हुने संघारमा देशभरका विद्यालय र विद्यार्थीहरू नयाँ किताबको प्रतिक्षामा छन् । यही प्रतिक्षालाई समयमै पूरा गर्न जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक बिक्री वितरणलाई तीव्र बनाएको छ । चैत १६ गतेदेखि सुरू भएको पाठ्यपुस्तक बिक्री वितरण अहिले सातै...