Author: The Nepali Video

विभिन्न देशका राजदूतहरूद्वारा हात्तीवन–चम्पादेवीमा ‘आरोग्य पदयात्रा’
TNV News Update

विभिन्न देशका राजदूतहरूद्वारा हात्तीवन–चम्पादेवीमा ‘आरोग्य पदयात्रा’

कीर्तिपुर, ५ वैशाख । नेपालस्थित विभिन्न देशका राजदूतहरूले नेपालको स्वच्छ हावापानी र स्वस्थ्य जीवन शैलीको प्रशंसा गर्दै दक्षिणकाली नगरपालिका–३ मा आज पैदलयात्रा गरेका छन् । पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा परराष्ट्र मन्त्रालयले उहाँहरूलाई हात्तीवन–चम्पादेवी पदमार्गमा ‘आरोग्य पदयात्रा’ गराइएको हो । यात्रामा काठमाडौँस्थित राजदूतहरू, कूटनीतिक समुदायका अन्य सदस्य तथा सरकारका उच्च...
सर्लाहीमा एक महिनामा १३२ अपराधका घटना दर्ता
TNV News Update

सर्लाहीमा एक महिनामा १३२ अपराधका घटना दर्ता

सर्लाही, ५ वैशाख । जिल्ला प्रहरी कार्यालय सर्लाहीले चैत महिनामा जिल्लाभर १३२ वटा आपराधिक घटना दर्ता भएको जनाएको छ । सर्लाहीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विन्देश्वर यादवका अनुसार ज्यानसम्बन्धी, चोरी, सामाजिक तथा सवारी ज्यानसँग सम्बन्धित विभिन्न मुद्दा दर्ता भएका छन् । यसैगरी, बैंकिङ कसुर, जुवातास, ठगी र हातहतियारसम्बन्धी ३५...
विमानस्थलबाट लागुऔषधसहित एक विदेशी पक्राउ
TNV News Update

विमानस्थलबाट लागुऔषधसहित एक विदेशी पक्राउ

काठमाडौँ, ५ वैशाख । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजा/भाङको तेल जस्तो देखिने तरल पदार्थ रहेको एक दशमलव २५ लिटरको पाँच थान बोतलसहित एक जना अमेरिकी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागरिक राहदानी नम्बर ए ८३४८८४८७ वाहक ४६ वर्षीय ओग्नियन पेट्रोभ रहेको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले...
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन सुरू
TNV News Update

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन सुरू

ताप्लेजुङ, ५ वैशाख । ताप्लेजुङ जिल्लामा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन सुरू भएको छ । मौसम अनुकूल बन्दै जाँदा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्न थालेको हो । कञ्चनजङ्घा क्षेत्र चैतको पहिलो सातादेखि जेठको तेस्रो सातासम्म भ्रमणका लागि उपयुक्त समय मानिन्छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन...
पनौतीमा विषादी अवशेष न्यूनीकरण गर्न ‘फुड बैङ्क’
TNV News Update

पनौतीमा विषादी अवशेष न्यूनीकरण गर्न ‘फुड बैङ्क’

काभ्रेपलाञ्चोक, ५ वैशाख । काभ्रेपलाञ्चोकस्थित पनौतीमा प्रविधिको प्रयोगद्वारा तरकारी तथा फलफूलका विषादीको अवशेष न्यूनीकरण गर्न फुड बैङ्क सञ्चालनमा ल्याइएको छ । पनौती नगरपालिका–४ स्थित ठाडोबाटोमा राष्ट्रिय कृषि कम्पनी नेपालको सहायक कम्पनी आरकेसिएनएल फुड बैंक लिमिटेडले सो ‘फुड बैङ्क’ सञ्चालनमा ल्याएको हो । कम्पनीले ‘ओजोन वास’ प्रविधिद्वारा तरकारी तथा फलफूलको बाहिरी...
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
TNV News Update

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मी, ५ वैशाख । गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा चार पटक हवाई उडान सञ्चालन हुने भएका छन् । नेपाल वायुसेवा निगमले काठमाडौँबाट गुल्मीका लागि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार उडान भर्ने तालिका सार्वजनिक गरेको हो । यसअघि आइतबार, मङ्गलबार र बिहीबार उडान सञ्चालन हुँदै आएको थियो । नेपाल वायुसेवा निगमका...
मुस्ताङको छुसाङमा राताम्मे पहाडमा गुफाभित्र गुम्बा
TNV News Update

मुस्ताङको छुसाङमा राताम्मे पहाडमा गुफाभित्र गुम्बा

मुस्ताङ, ५ वैशाख । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङमा राताम्मे पहाडको भित्ता खोपेर निर्माण गरिएका गुफाभित्र पनि गुम्बा छ । यो गुम्बामा प्रतिस्थापन गरिएको मूर्तिहरूको इतिहास बुझ्दा गुफाभित्र रहेको गुम्बा करिब एक हजार २०० भन्दा बढी पुरानो हो । जोमसोम हुँदै कागबेनी(कोरला सडकको नजिकै भिरालो सतहमा अवस्थित गुफाभित्रको गुम्बालाई ‘मिन्ची...
‘ब्रान्ड’ बन्दै ‘जस्बिरे चिया’
TNV News Update

‘ब्रान्ड’ बन्दै ‘जस्बिरे चिया’

मनोज अधिकारी इलाम, ५ वैशाख । विसं २०४२ मा पत्रकार तथा लेखक स्वर्गीय भैरव रिसाल स्विस सरकारको सहयोगमा सञ्चालित एक आलुखेतीसम्बन्धी परियोजनामा काम गर्न हालको इलाम नगरपालिका–४ जस्बिरे गाउँ आइपुग्नुभएको थियो । रिसालले यहाँ आउँदा आलुखेती मात्र सिकाउनुभएन । उहाँले चिया रोप्न पनि सिकाउनुभयो । त्यतिखेर चियाखेतीबारे ज्ञान आर्जन गर्नुभएका...
विश्व सम्पदा दिवस : ९२० क्षतिग्रस्तमध्ये अझै ३१० सम्पदा पुनर्निर्माण हुन बाँकी
TNV News Update

विश्व सम्पदा दिवस : ९२० क्षतिग्रस्तमध्ये अझै ३१० सम्पदा पुनर्निर्माण हुन बाँकी

आकाङ्क्षा धामी काठमाडौँ, ५ वैशाख । सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले आज (अप्रिल १८ तारिख) दिन विश्व सम्पदा दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को)अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि यो दिवस मनाउन थालिएको हो । यस वर्ष विश्व...