Author: The Nepali Video

पर्यटक अभावमा वनकरिया बस्तीको ‘होमस्टे’ बन्द
TNV News Update

पर्यटक अभावमा वनकरिया बस्तीको ‘होमस्टे’ बन्द

बागमती, १० वैशाख । मकवानपुरको मनहरी गाउँपालिका–४ मुसेधापस्थित लोपोन्मुख वनकरिया बस्तीको घरवास ‘होमस्टे’ बन्द भएको छ । लोपोन्मुख वनकरिया बस्तीलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गरी, वनकवरिया समुदायको आर्थिक उत्थान र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको होमस्टे पर्यटकको अभावमा बन्द भएको हो । तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराई बसेको घरलाई स्तरवृद्धि...
बाघखोरमा बाघको प्रतिमासहितको ‘पार्क’ निर्माण
TNV News Update

बाघखोरमा बाघको प्रतिमासहितको ‘पार्क’ निर्माण

म्याग्दी, १० वैशाख । पर्यटकलाई आकर्षित गर्न म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको बाघखोरमा पार्क निर्माण गरिएको छ । भकिम्लीको मुसुङ र भुकभुके टोलको शिर, स्वर्गाश्रम र बेलढुङ्गाको फेदीमा प्रयोगविहीन अवस्थामा रहेको सार्वजनिक पाखोलाई संरक्षण र व्यवस्थापन गरेर पार्क बनाइएको हो । बेनी नगरपालिका र दाताको सहयोग तथा स्थानीयवासीको श्रमदान जुटाएर पर्यटकका...
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
TNV News Update

मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

इलाम, १० वैशाख । विसं २०५० मा हरि बहादुर तामाङले पसल सुरू गर्दा इलामको फिक्कल बजार अहिलेजस्तो भिडभाड थिएन । साँघुरो सडक, पातलो बस्ती, साना घरहरू थिए । उहाँले भन्नुभयो, “गाउँमा सडक थिएनन् । बजारमा खाजा पसल प्रशस्त थिएनन् । हिँडेर बजार आउनेहरु मेरैमा खाजा, खाना खान्थे ।” उहाँ सूर्योदय...
ट्राफिक प्रहरीद्वारा काठमाडौँमा पछिल्लो २४ घन्टामा २३ लाख २० हजार राजस्व सङ्कलन
TNV News Update

ट्राफिक प्रहरीद्वारा काठमाडौँमा पछिल्लो २४ घन्टामा २३ लाख २० हजार राजस्व सङ्कलन

काठमाडौँ, ९ वैशाख । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूमाथि कडाइ गर्दै ट्राफिक प्रहरीले पछिल्लो २४ घन्टामा २३ लाख २० हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ । उपत्यकामा पछिल्लो समय बढ्दो सवारी चाप, अव्यवस्थित यातायात र दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै विशेष अभियान सञ्चालन गरिँदा यस्तो उल्लेखनीय परिणाम देखिएको...
प्रदेश सरकार सञ्चार क्षेत्रको समग्र विकासको पक्षमा छ : मुख्यमन्त्री शाह
TNV News Update

प्रदेश सरकार सञ्चार क्षेत्रको समग्र विकासको पक्षमा छ : मुख्यमन्त्री शाह

कैलाली, ९ वैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश सरकार सञ्चार क्षेत्रको समग्र विकासका पक्षमा रहेको बताउनुभएको छ । सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सङ्घीय सरकारको परिपत्रको विरोधमा नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले घोषणा गरेको दबाबमूलक अभियानअन्तर्गत महासङ्घको सुदूरपश्चिम प्रदेश समितिले आज धनगढीमा आयोजना गरेको छलफल कार्यक्रममा...
वैशाख १७ गते सङ्घीय संसद्को अधिवेशन आह्वान
TNV News Update

वैशाख १७ गते सङ्घीय संसद्को अधिवेशन आह्वान

काठमाडौँ, ९ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते बिहीबार दिउँसो २ बजे सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रीपरिषद्को यहीँ वैशाख ८ गतेको बैठकको सिफारिसमा सङ्घीय संसद् भवन, सिंहदरबारमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान...
मछिन्द्र क्लब इलाम गोल्डकपको फाइनलमा
TNV News Update

मछिन्द्र क्लब इलाम गोल्डकपको फाइनलमा

इलाम, ९ वैशाख । मछिन्द्र फुटबल क्लब इलाममा जारी तेस्रो इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा पथरी ११ मोरङलाई ५–२ गोलअन्तरले हराउँदै मछिन्द्रले फाइनल यात्रा तय गरेको हो । मध्यान्तर अगाडिको खेलमा मछिन्द्रका मिलन चाम्लिङ राईले १२औँ मिनेटमा पहिलो गोल गरेका थिए । पथरी ११ का...
वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा
TNV News Update

वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौँ, ९ वैशाख । काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि सक्रिय रूपमा लागिपरेको ट्राफिक प्रहरीले आज मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गर्ने १२ वटा सवारीसाधन आज नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा काठमाडौँ महानगरपालिकाको संयुक्त टोलीले आज उपत्यकाका विभिन्न स्थानमा गरेको विशेष चेकजाँच अभियानका क्रममा ती...
जैविक विविधता तथा वन्यजन्तुको सम्बन्धको दीर्घकालीन खोजी
TNV News Update

जैविक विविधता तथा वन्यजन्तुको सम्बन्धको दीर्घकालीन खोजी

कृष्णराज गौतम काठमाडौँ, ९ वैशाख । जैविक विविधता संरक्षण तथा पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन’ले वनस्पति, जीवाणु र तिनीहरूको आपसी सम्बन्धलाई दीर्घकालीन बनाउने प्रतिबद्धता प्रकट गरेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाद्वारा यही वैशाख ४ देखि ६ गतेसम्म सञ्चालित सम्मेलनले पृथ्वीमा रहेका सम्पूर्ण प्राणीको सहअस्तित्वलाई...