पार्टीले प्रमुख प्रतिपक्षी दलको जिम्मेवारी सशक्त रूपमा बहन गर्छ : आङ्देम्बे
काठमाडौँ, १४ वैशाख । नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीले प्रमुख प्रतिपक्षी दलको जिम्मेवारी सशक्त रूपमा बहन गर्ने बताउनुभएको छ । संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएपछि आज दलको कार्यालय सिंहदरबारमा सञ्चारकर्मीसँग उहाँले सत्तामा रहेकालाई सही काम गर्न सशक्त भूमिका निर्वाह गरिने बताउनुभयो । संसदीय दलको नेताका हैसियतमा...
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
सिरहा, १४ वैशाख । सिरहा र धनुषा जिल्ला जोड्ने निर्माणाधीन कमला नदीमा बनाइएको अस्थायी बाँध गएराति बाढीले बगाउँदा आवतजावतमा समस्या भएको छ । पुलको ‘डाइभर्सन’ भन्दा करिब ३०० मिटर अगाडि बनाइएको माटोको बाँध बगाएपछि सवारी सञ्चालन अवरुद्ध भएको छ । स्थानीय रामचन्द्र यादवका अनुसार बाँध भत्किएपछि सयौँ सवारीसाधन बिचमै अलपत्र...
आर्थिक स्थायित्व कायम गर्दै मुलुकमा दिगो र समावेशी आर्थिक वृद्धि : गभर्नर पौडेल
काठमाडौँ, १४ वैशाख । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा.विश्वनाथ पौडेलले आर्थिक स्थायित्व कायम गर्दै मुलुकमा दिगो र समावेशी आर्थिक वृद्धिलाई सहयोग पुर्याउने नेपाल राष्ट्र बैङ्कको प्रतिबद्धता रहेको बताउनुभएको छ । नेपाल राष्ट्र बैङ्कको आज ७१औँ वार्षिकोत्सवमा उहाँले सरल, नियमन, प्रभावकारी सुपरिवेक्षण, नीतिगत सुधार तथा प्रविधिमैत्री वित्तीय प्रणालीमार्फत मुलुकको आर्थिक समृद्धिमा...
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
काठमाडौँ, १४ वैशाख । नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजाने बताउनुभएको छ । सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा आज सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले पार्टी केन्द्रीय समितिमा रहेका र नरहेकाको पनि सहमतिमा भीष्मराज आङ्देम्बे पार्टी संसदीय दलको नेतामा निर्विरोध निर्वाचित हुनुभएको बताउनुभयो । संसदीय...
पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
पोर्चुगल, १४ वैशाख । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली यहाँ स्वयंसेवी अग्निनियन्त्रक (बोम्बेइरो) बन्न सफल भएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ निवासी ४२ वर्षीय धरमराज भण्डारी यहाँ पहिलो नेपाली अग्निनियन्त्रक बन्न सफल हुनुभएको हो । करिब डेढ वर्ष लामो अग्निनियन्त्रण, आपतकालीन सेवा तथा उद्धारसम्बन्धी कोर्स र कठिन तालिम...
‘लालीबजार’ केवल फिल्म होइन, सामाजिक सन्देश हो : अभिनेता बानियाँ [भिडिओ]
आकाङ्क्षा धामी काठमाडौँ, १४ वैशाख । षट्कोण आर्ट्सको ब्यानरमा निर्माण गरिएको नेपाली चलचित्र ‘लालीबजार’ यही वैशाख १८ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । पश्चिम नेपालको बर्दिया जिल्ला, विशेषगरी राजापुर क्षेत्रलाई मुख्य लोकेसन बनाएर छायांकन गरिएको यस फिल्मले ऐतिहासिक तथा सामाजिक यथार्थलाई समेटेको निर्माण टिमले जनाएको छ । फिल्ममा स्वस्तिमा...
सात वर्षीय बालकले राखे कीर्तिमान
जमुना वर्षा शर्मा पोखरा, १४ वैशाख । ‘हिमालले उमेर सोध्दैन, केवल साहस र दृढ इच्छाशक्ति खोज्छ’ यही उक्तिलाई सात वर्षीय भारतीय बालक तेगवीर सिंहले चरितार्थ गरिदिएका छन् । विश्वकै चुनौतीपूर्ण र सुन्दर पदमार्गमध्येको एक मानिने अन्नपूर्ण सर्किटअन्तर्गत पाँच हजार ४१६ मिटर उचाइको थोरङ्लापास सफलतापूर्वक पार गर्दै उनले विश्वकै सबैभन्दा कान्छो...
शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता
काठमाडौँ, १४ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा नेपालको शिक्षा, विज्ञान तथा प्रविधि र खेलकुदसहितको क्षेत्रमा चीन सरकारको सहयोग र सहकार्यबारे कुराकानी भएको थियो । विशेषगरी विद्यालयको पूर्वाधार, पठनपाठनमा ‘डिजिटल’ प्रणालीलगायत संस्थागत...
सुकुमबासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गा संरक्षणको काम सुरू गर्न डङ्गोलको निर्देशन
काठमाडौँ, १४ वैशाख । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सुकुम्बासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गाको संरक्षणका लागि काम थाल्न निर्देशन दिनुभएको छ । थापाथलीस्थित बागमती नदी किनारामा शनिबार खाली गराइएको स्थानको निरीक्षण गर्दै उहाँले आइतबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई अहिले तथा यसपछि खाली गराइने ठाउँहरुको सुरक्षा र...