गैँडाको आक्रमणबाट एक जनाको मृत्यु
चितवन, १७ माघ । गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–३ बस्ने ५५ वर्षीय तेजबहादुर पाठक रहेका छन् । आज दिउँसो घर नजिक बाटोमा गैँडाको आक्रमणबाट घाइते भएका पाठकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले जानकारी दिनुभयो । मृतकको...
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै
मुस्ताङ, १७ माघ । भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध बनेको माथिल्लो मुस्ताङ जोड्ने (कागबेनी–कोरला) सडकको बाक्लो हिउँ पन्छ्याउन सुरु भएको छ । शुक्रबारदेखि कोरलानाका जोड्ने सडकको हिउँ पन्छ्याउन सुरु गरिएको हो । अवरुद्ध नेपाल–चीन जोड्ने कोरला सडकअन्तर्गत आज बिहानदेखि हिउँ पन्छाएर लोमान्थाङसम्मको सडक सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालयसहित...
विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छाया दर्शन’
पूर्णप्रसाद मिश्र काठमाडौँ, १७ माघ । पशुपतिनाथ मन्दिरमा विशेष पूजा आराधना गरी भक्तजनलाई पशुपतिनाथको शिवलिङ्गको दर्शन गराएर छाया दर्शन गराइएको छ । पशुपति क्षेत्रमा छाया दर्शन हेर्न भक्तजनको घुइँचो लागेको छ । पशुपति क्षेत्रमा आज जम्मा भएर लाम लाग्ने भक्तजनलाई छाया दर्शन गराइने पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी अनिता...
बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर
सङ्गीता राई धरान, १७ माघ । बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुन केही दिन मात्र बाँकी रहँदा धरानमा प्रतियोगिताबारे चर्चा चुलिएको छ । प्रत्येक वर्ष आयोजना हुँदै आएको बुढासुब्बा गोल्डकपले खेलकुद प्रवर्द्धन मात्र नभइ धरानको आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्ष उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।...
मतदातासँग प्रत्यक्ष संवादमा उम्मेदवार शंकर पोखरेल
दाङ, १७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नम्बर २ मा उम्मेदवार बन्नुभएका नेकपा (एमाले) महासचिव शंकर पोखरेल मतदातासँगको भेटघाट बढाउनुभएको छ । उहाँले दाङका मतदासँग संवाद र चुनावी अजेन्डामा खुला बहसलाई चुनावी अभियानको मुख्य आधार बनाउँदै जनताको घर–घर पुग्नुभएको हो । घोराही उपमहानगरपालिका–६...
फागुन २१ को निर्वाचन : जनविश्वासको परीक्षा
आकाङ्क्षा धामी नेपाली राजनीति आज गहिरो विश्वासको संकटको सामना गरिरहेको छ । यो संकट कुनै एक दल, एक सरकार वा एक नेतासम्म सीमित छैन, यो समग्र राजनीतिक संस्कृतिको असफलताको प्रतिफल हो । लोकतन्त्रको मूल आधार जनविश्वास हो, तर जब राजनीतिक अभ्यास नै जनभावनाविपरीत जान थाल्छ, तब लोकतन्त्र औपचारिक संरचनामा सीमित...
बदलिएको काङ्ग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको छ : सभापति थापा
काठमाडौँ, १७ माघ । नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले बदलिएको काङ्ग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नम्बर ४ ले आज यहाँ आयोजना गरेको निर्वाचन परिचालन मूल समिति घोषणा समारोहलाई सम्बोधन गर्दै उहाँले देश बदल्नका लागि काङ्ग्रेस बदलिएको बताउनुभयो । “समयक्रमसँगै काङ्ग्रेस...
म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट
म्याग्दी, १७ माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीअन्तर्गत ५६५ जना र सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरअन्तर्गत ९६ जना निर्वाचन प्रहरी छनोट भएका हुन् । शारीरिक परीक्षण र लिखित परीक्षामार्फत छनोट भएका निर्वाचन प्रहरीहरुलाई नियुक्तिका लागि...
नयाँपन अनुहारमा होइन, नीति, कार्यक्रम र उद्देश्यमा हुनुपर्छ : विशाल खड्का [भिडिओ]
प्रमिला कार्की काठमाडौँ, १७ माघ । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला चुनावी दौडधुपमा हुनुहुन्छ । छ महिनाको उमेरमै आमाको काखबाट छुटिनुपरेको पीडा, जनयुद्धको संघर्ष, जेल जीवन र सहिद परिवारको पृष्ठभूमिका कारण खड्का राजनीतिमा खारिएका पात्रका रुपमा चुनावी मैदानमा उत्रिनुभएको...