Author: The Nepali Video

उम्मेदवारलाई मतदाताको सुझाव : वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्
TNV News Update

उम्मेदवारलाई मतदाताको सुझाव : वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

काठमाडौँ, १८ माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिनुभएका नेपाली काङ्ग्रेसका नेता किशोरसिंह राठौरलाई स्थानीय जनताले वन्यजन्तु–मानवबीचको द्वन्द्व व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका छन् । मतदातासँगको अन्तरक्रियामा स्थानीयले बाँके र बर्दिया निकुञ्जका कारण दिनहुँजसो जङ्गली जनावर बस्तीमा पस्ने, हिंस्रक जनावरको आक्रमणबाट मानिसको मृत्यु हुनेलगायत...
सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा
TNV News Update

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

दीपक चन्द भद्रपुर, १८ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता भएसँगै देशका अधिकांश सहरी तथा ग्रामीण क्षेत्रमा चुनावी चहलपहल बढ्न थालेको छ । सामाजिक सञ्जालदेखि चिया पसल, चौतारी र बस्तीसम्म ‘यसपालि कसलाई मत हाल्ने’, ‘कस्तो प्रतिनिधि रोज्ने’ भन्ने विषयमा बहस भइरहेका छन्...
सुनचाँदीको भाउ घट्यो
TNV News Update

सुनचाँदीको भाउ घट्यो

काठमाडौँ, १८ माघ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख र त्यति नै परिमाणको चाँदीको मोल पाँच हजार ५०० रूपैयाँ कायम भएको छ । गत शुक्रबार एक...
यस पटक रास्वपाले एकल बहुमत ल्याउनेछ, मतदाताले विश्वास गर्नेछन् : तोसिमा कार्की [भिडिओ]
TNV News Update

यस पटक रास्वपाले एकल बहुमत ल्याउनेछ, मतदाताले विश्वास गर्नेछन् : तोसिमा कार्की [भिडिओ]

सबिता नयाँजू काठमाडौँ, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ ललितपुरकी उम्मेदवार डा.तोसिमा कार्कीले आगामी निर्वाचनमा रास्वपाको सकरात्मक माहोल निर्माण भएको दाबी गर्नुभएको छ । उहाँले आम नेपाली जनता फागुन २१ को निर्वाचनको प्रतीक्षामा रहेको भन्दै घन्टी चुनाव चिह्नमा अत्याधिक...
नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न
TNV News Update

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

टेकराज पोखरेल नवलपुर, १८ माघ । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न भएका ३४ पुलमध्ये ३३ पुलबाट सवारीसाधन सञ्चालन भइसकेका नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डले जनाएको छ । योजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार पूर्वी...
स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा
TNV News Update

स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

पर्वत, १८ माघ । लामो समयदेखि स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा जिल्लाको एकमात्र सुविधासम्पन्न प्रदेश अस्पताल पर्वत सङ्कटमा परेको छ । स्वास्थ्य बिमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र प्रदेश अस्पतालले तीन करोड रूपैयाँभन्दा बढी भुक्तानी पाउन नसकेको हो । गत आर्थिक वर्षदेखिको स्वास्थ्य बिमा तथा ‘डायलायसिस’बापतको तीन करोड रूपैयाँ...
अशक्तलाई घरमै नागरिकता
TNV News Update

अशक्तलाई घरमै नागरिकता

खाँदबारी, १८ माघ । सङ्खुवासभा जिल्लाको पाँचखपन नगरपालिका–३ मा अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । पाँचखपन–३ सिवुवाकी अशक्त ४३ वर्षीया चन्द्रकुमारी बानियाँलाई शनिबार घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सिर्जना थपलियाले जानकारी दिनुभयो । अति अशक्त अवस्थाकी बानियाँले सम्पूर्ण कागजातसहित जिल्ला प्रशासन कार्यालयमा गत...
सङ्खुवासभाको चैनपुरमा खुकुरी प्रहार गरी एक जनाको हत्या
TNV News Update

सङ्खुवासभाको चैनपुरमा खुकुरी प्रहार गरी एक जनाको हत्या

खाँदबारी, १८ माघ । सङ्खुवासभाको चैनपुर नगरपालिका–१० स्थित इखम्बुमा खुकुरी प्रहार गरी एक जनाको हत्या भएको छ । चैनपुर–१० इखुम्बुमा खुकुरी प्रहारबाट ४७ वर्षीय लिलाप्रसाद राईको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालले जानकारी दिनुभयो । शनिबार दिउँसो छिमेकी ५९ वर्षीय शिवकुमार राईको खुकुरी प्रहारबाट लिलाप्रसादको मृत्यु भएको...
ओखलढुङ्गालाई उच्च नेटवर्कसहितको जिल्ला बनाउने छु : अस्मिता थापा
TNV News Update

ओखलढुङ्गालाई उच्च नेटवर्कसहितको जिल्ला बनाउने छु : अस्मिता थापा

काठमाडौँ, १७ माघ । ओखलढुङ्गा जिल्लाबाट नेकपा (एमाले) प्रतिनिधिसभा सदस्य उम्मेदवार अस्मिता थापाले ओखलढुङ्गामा उच्च नेटवर्कसहतिको आइटीको काम गर्न सक्ने वातावरणको निर्माण गर्ने बताउनुभएको छ । शनिबार नेकपा (एमाले)को ओखलढुङ्गा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आयोजित प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलामा उहाँले ओखलढुङ्गाबाट जितेको खण्डमा आइटीको काम पनि घर, आँगन र स्वच्छ हावामा...